गीत संगीतमा मौलिकता

यतिबेला नेपाली सांगीतिक बजारमा दिनकै दर्जनभन्दा धेरै तिजका गीतहरु सार्वजनिक भैरहेका छन् । २०७५ सालको तिज पर्वको अवसर पारेर गीत सार्वजनिक गर्ने होड नेपाली सांगीतिक बजारमा चलेको छ । अडियो क्यासेट तथा भिडियोका सिडी–डिभीडिको बजारमा माग नरहेको भएपनि आधुनिक डिजीटल माध्याम युट्युवमार्फत गीतहरु सार्वजनिक भैरहेका छन् । सांगीतिक बजारमा गीत सार्वजनिक गर्नेको लर्कोमा पुराना तथा नयाँ कलाकार सबै छन् । चलेका कलाकार तथा नवोदित कलाकार एउटै मैदानमा प्रतिष्पर्धामा रहेको सांगीतिक बजार नयाँ–नयाँ स्वादका गीतहरु त आएका छन् तर तीनको प्रभावका बिषयमा भने निकै कम मुल्याङकन हुने गरेको छ । पछिल्लो समय शिव अँखेलीको शब्द, बिनोद भण्डारी तथा सम्झना भण्डारीको स्वरमा बजारमा अएको गीतलाई मात्रै आधार मान्ने होभने पनि नेपाली गीत संगीतको यात्रा कतातिर मोडिँदै छ भन्ने कुरा प्रष्ट हुन्छ । तीज जस्तो पर्वमा पनि रत्यौती र ठट्यौली गीतहरुलाई प्राथमिकता दिएर गाईएका गीतहरुलाई व्यंग्य गर्दै उनीहरुले गित तयार पारेका छन् ।
तिज पर्व नारी बेदनासँग जोडिएको पर्वको रुपमा मानिँदै आएको छ । तिजको बेला नारीका बेदनामा आधारित रहेर गीत गाउने र आफ्नो भरिएको मन हलुंगो बनाउने प्रचलन छ । तर पछिल्लो समय तिजका गीतमा आएको विकृतिको बिषयमा तिजकै अवसर पारेर बजारमा आएको गीतले खवरदारी गरेको छ । नेपाली लोक संस्कृतिको बिषयमा विद्यावारिधी गरेका डा. कुशुमाकर न्यौपानेको भनाईलाई आधार मान्ने होभने रत्यौली भनेको बिहेको रातमा रतिक्रिडामा आधारित रहेर महिलाहरुले गाउने गीत हो । तर पछिल्लो समय तिजको अवसरमा रत्यौलीकै झल्को दिने खालका गीतहरु निर्वाध बजारमा आईरहेका छन् । गीत तथा संगीतले समाजको रुपान्तरणमा निकै महत्वपुर्ण भूमिका खेलेको हुन्छ । गीत संगीतको माध्यामबाट समाजमा रहेका विकृति विसंगतीको अन्त्यको बिगुल फुक्न सकिन्छ भने जनचेतनाको बिस्तारका लागि पनि गीत संगित महत्वपुर्ण माध्याम हो ।
त्यो मात्रै हैन पर्यटनको प्रबद्र्धन, प्रचार–प्रसार र विकास निर्माण तथा हरेक क्षेत्रको बिषयमा जानकारीका लागि लयबद्ध तरिकाले चेतना जगाउन गीत संगीतलाई माध्याम बनाउन सकिन्छ । यि र यस्ता प्रसस्त सम्भावनाहरु हुँदा–हुँदै पनि नेपाली गीत संगीत पछिल्लो समय बिकृतिको बाटोमा लागिरहेका छन् । नेपालमा गीत बनाउन वा गाउनका लागि कुनै परिक्षा उत्र्तिण गर्नु पर्दैन, बनाईएका र गाईएका गीतहरुको प्रभावको बिषयमा खोजी गर्ने निकाय पनि नेपालमा छैन् । र, बनेका गीतमा प्रयोग भएका शव्द, लय र स्वरको अनुगमन, नियमन र नियन्त्रण तथा कार्वाही गर्ने निकाय समेत मौन अवस्थामा छ । त्यसैले पछिल्लो समय तिज, दशैं जस्ता महत्वपुर्ण चार्डपर्वको अवसर पारेर बजारमा आउने र सिजन तथा बाह्रै महिना चल्ने हिसाबले बजारमा आउने गीतको बिषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ । यदि समयमानै ध्यान पु¥याउन नसकेमा सकारात्मक सन्देश बोकेर जान सक्ने गीत संगीतको नकारात्मक प्रभावले समाजलाई गलत बाटोमा लैजान बेर लाग्दैन् । तिजमा रत्यौली हैन बेदना पोख्ने गीत गाउने, तिहारमा ठट्यौली हैन देउसी गाउने वातावरण सिर्जना गरौं ।