चार्डपर्वः संस्कृति की विकृती ?

बर्षा यामको अन्त्य हुनै लाग्दा नेपाली हरुका महान चार्ड पर्वहरु जस्तै नेपाली महिला दिदी बहिनीहरुको महान चाड हरितालिका तिज, महान चार्ड दशैं तिहार तथा नेपाल सम्वत छट लगायतका पर्व हरुको आगमन क्रमशः हुन लागि रहेका छन् । यसै क्रममा नेपाली महिला दिदी बहिनीहरुको विशेष चाडको रुपमा मानिने हरीतालिका तिज भने घर आगनमा छाईरहेको छ । महिला दिदी बहिनीहरुलाई घर–माईत गर्न भ्याई नभ्याई छ । कैयन चेली भेटीहरु आ–आफ्नो बाध्यता र विवशताका कारण माईति जान नपाउँदा माईती सम्झने र निराश हुँदै कर्म स्थल वा कर्मघरमै वसिरहेका होलान् । जे होस काम विशेषले टाढा रहेता पनि वा जन्मघर जान नपाएता पनि कर्म स्थानमै भए पनि सम्पुर्ण नेपाली दिदी बहिनीहरुको महान चाड हरितालिका तिज शुखमय र मंगलमय बनोस । सबै दिदी बहिनीहरु हाँसी खुसी चाड मनाउन सकुन, सबै सुखी र सबै स्वास्थ्य रहुन यहि मंगलमय हार्दिक शुभकामना । चाडबाड हाम्रा धरोहर र सम्पत्तिहुन । यिनको संरक्षण र जगेर्ना गर्नु हामी सबैको कर्तव्य पनि हो । आ–आफ्नो रितिरिवाज संकृति अनुसार चाडवाडहरु मनाउने तरिका पनि फरक फरक रहेका पाईन्छ । नेपाल बहुजाति र बहुभाषी जन समुदायहरु बसोबास गर्ने एक बहुभाषि, बहुजाति र विभिन्न धर्म संस्कृति भएको मुलुक हो । जस अनुसार यहाँका जातजातिहरु कसैले तिज कसैले दशैं तिहार कसैले नेपाल सम्वत सकैले छट अनी कसैले गौरा पर्व त कसैले इद लगायत ल्होसार लगायतका पर्वहरु आ–आफ्नै रिति र संस्कृति अनुसार मनाउने गरेको पाईन्छ । पछिल्लो समयमा आईपुग्दा सम्म (०६२÷०६३ को राजनितीक परिवर्तन पश्चात) नेपालमा धर्म संस्कृति प्रति ठुलो प्रहार भैरहेको छ । यहाँका राजनितीक पार्टिका प्रमुख नेताहरनै नेपालमा परम्परा देखी चलि आएका धर्म संस्कृति लाई यो वा त्यो वहानामा प्रहार गर्न तल्लिन भैरहेका छन् । त्यसै अनुरुप ८० प्रतिशत भन्दा धेरै नागरिकहरुले मान्दै आएको राष्ट्रिय धर्म हिन्दु माथि प्रहार गरि धर्म निरपेक्षता घोषणा गरिएको मा आम नागरिकहरुलाई चित्त बुझिरहेको छैन् । त्यसैगरि नागरिकहरुले मनाउने चार्ड वाडहरु माथि पनि प्रहार गर्ने चेष्टा यहाँका राजनितीक नेतृत्व लगायत जात जातीहरुबाट समेत प्रपन्चहरु भैनै रहेका छन् । विदेशीको ईशारामा धर्मपरिवर्तनगराउने एक जातिले मान्दै आएका धर्म संस्कृतिलाई अर्को जातिबाट लाञ्छाना वा अवहेलना गरि द्वेष उत्पन्न गराउने जस्ता कु चेष्टा पनि भै रहेकै छन् । तसर्थ सम्पूर्ण जात जाति र भाषा भाषीहरुले एक अर्काको धर्म संस्कृतिको सम्मान गर्दै आ–आफ्नै रिति अनुरुप चाड पर्व र धर्म संस्कृति मनाउनु नै आजको आवश्यकता हो । वर्तमान परिवेशमा चाडवाड र धर्म संकृति कुरा गरी रहँदा चाड वाडहरु अहिले संस्कृती नभै विकृतिको रुपमा मनाईने गरेको पाईन्छ । संस्कृतिको जर्गेनाको लागि मनाईने चाड पर्व भड्किलो खर्चिलो र विकृत हुँदै गै रहेका छन् । आज भोलि नै नेपाली महिला दिदी बहिनीहरुले मनाईरहेको चाड हरितालिका तिजको कुरा गर्दा पनि यो चाड पनि विकृत भै सकेको छ । तिजको पुरानो मौलिकता हराएको छ भने सर्व साधारणले मान्नै नसक्ने गरि भड्कीलो भएको छ । तिज आउन मपिहना दिन अगाडि देखी पार्टि प्यालेस र रेष्टुँरामा तामझामका साथ कार्यक्रम मनाउने र मौलिकताको सट्टामा आयातित संकृतिको सिको गर्ने कार्यले नेपाली मौलिकतामा ह्रास आएको छ भने पर्व भड्कीलो पनि भएको छ । परम्परागत रुपमा गाईने गितका भाकाहरु फेरीएका छन् । दिदी बहिनीहरु जम्मा भएर गाईने सासु बुहारी, नन्द भाउजु, वा अमाजु बुहारी बिचका तिता मिठा बेदनाका पोका र समाजमा रहेका विकृतिको पर्दाफास गर्ने वेदनाका पोका फुकाउने चौतारी र चौर अनि भाकाहरु बलदिएका छन् । डिस्को बार र पाँच तारे होटल, रेष्टुँरा र पार्टि प्यालेसमा तिज मनाउने परम्पराले हुँदा खाने र निम्न आय भएकाहरुलाई घर बाहिर निस्कनै मुस्कील हुने बनाईदिएको छ । चार्ड पर्व र संस्कृतिको कुरा गरिरहँदा तिज मात्रै नभई अन्या चाड पर्व दशैं तिहार पनि उत्तिकै भड्कीका र बिकृत भैरहेका छन् । चाडको नाममा अनावश्यक खर्च र रवाफ पर्दशन गर्ने वली चडाउने जुवा तास खेल्ने खेलाउने कार्यले कयौंका घरखेतपनि भएका छन् । चाड मनाउने नाममा खर्च बढाएर अर्काको देखासिकी गर्दा चाड मनाई सकेपछि पुन्पुरोमा हात राख्नुपर्ने परिस्थिती सिर्जना हुनेमा समयमानै सजग बनौं । आफ्नो क्षमता अनुसार चाड वाड मनाउँ अरुको सिको वा नक्कल नगरौं । आभस्–आफ्नो रिती अनुसार चाड पर्व मनाऔं र संकृतिलाई बिकृति नवनाऔं यहि शुभकामना ।