बाउबासंघको नयाँ नेतृत्वका लागि मतदान सुरु

साँझ ५ बजे सम्म मतदान गर्न पाईने

बागलुङ, २२ मंसिर– बागलुङ उद्योग बाणिज्य संघको आगामि १८ औं कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । निर्वाचन समितिका अनुसार शनिवार बिहान ८ बजे देखी जिल्ला सदरमुकाम बागलुङ बजारको बाल मन्दिर प्रथमीक विद्यालयको प्राङ्गडमा मतदान सुरु भएको हो ।
शुक्रबार ५५ औं साधारण सभा सम्पन्न गरेको उद्योग बाणिज्य संघले पुर्व निर्धारित कार्यक्रम अन्तरगत शनिवार मतदान सुरु गरेको हो । शनिवार बिहानै देखी बाल मन्दिर परिसरमा उम्मेदवार, सुभचिन्तक तथा मतदाताहरुको भिड लागिरहेको छ । बिहान १० बजे सम्म १५ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । झण्डै १ हजार दुई सय भन्दा बढि मतदाता रहेको उद्योग बाणिज्य संघको निर्वाचनमा शनिवार साँझ ५ बजे सम्म मतदान गर्न पाईने व्यवस्था मिलाईएको छ ।
अध्यक्ष, महिला सदस्य २, उद्योग सदस्य २ र १४ जना खुल्ला सदस्य सहित ३८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।