बागलुङ उद्योग बाणिज्य संघको मतदान सकियो

९३ प्रतिशत मत खस्यो

बागलुङ, २२ मंसिर– बागलुङ उद्योग बाणिज्य संघको आगामि १८ औं कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न भएको मतदान सकिएको छ । निर्वाचन समितिका अनुसार शनिवार शाँझ ५ बजे मदतान कार्यक्रम सम्पन्न भएको हो । बागलुङ उद्योग बाणिज्य संघमा रहेका १ हजार २ सय २२ मतदाता मध्ये १ हजार १ सय ३३ जनाले मतदान गरेका छन् । शुक्रबार ५५ औं साधारण सभा सम्पन्न गरेको उद्योग बाणिज्य संघले आगामि कार्यकालका लागि नेतृत्व चयन गर्न शनिवार मतदान सम्पन्न गरेको हो । निर्वाचन समितिका अनुसार शनिवार रातिदेखीरु मतगणना थालिने छ । आईतवार दिउँसो सम्म नतिजा सार्वजनिक हुनेगरी मतगणना थालिने निर्वाचन अधिकृत भुमिश्वर गौतमले जानकारी दिए । अध्यक्ष, महिला सदस्य २, उद्योग सदस्य २ र १४ जना खुल्ला सदस्य सहित ३८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । व्यवसायीहरुको साझा प्यानलबाट दयाराम पौडेलले अध्यक्षको उम्मेदवारी सहित प्यानलको नेतृत्व गरीरहेका छन भने र लोकतान्त्रीक प्यानलबाट युवराजराजभण्डारीले अध्यक्षको उम्मेदवारी सहित प्यानलको नेतृत्व गरेर चुनावी मैदानमा छन् ।