बलात्कार आरोपमा तीन पक्राउ

बागलुङ, २२ मंसिर– ललाई फकाई १७ बर्षकी किशोरीलाई शुक्रवार जवरजस्ति करणी गरेको आरोपमा बागलुङका तीन युवा पक्राउ परेका छन् । मदिरा सेवन गराएर लठ्याएपछि बागलुङ नगरपालिका ४ उपल्लाचौरमा ती किसोरीलाई युवाहरुले सामुहिक करणी गरेको प्रहरीले जनाएको छ । स्थानीय किसोरीलाई बोलाएर मदिरा सेवन गराएपछि करणी गरेको सूचना पछि करणीमा संलग्न २२ बर्षिय रामु कुंवर, ३३ बर्षिय हस्तबहादुर खत्री र २२ बर्षिय डेल्चन कार्कीलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बिज्ञप्ती मार्फत जनाएको हो । पक्राउपछि उनीहरु संग थप अनुसन्धान गरिरहेको भैरहेको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाउनासाथ प्रहरीले अभियुक्तको खोजी गरेको थियो । उनीहरुलाई बागलुङ बाटै पक्राउ गरिएको प्रहरीको भनाई छ ।