राजमो बागलुङको अध्यक्षमा पुनः अमर थापा

२७ सदस्यीय कार्यसमिति चयन गर्दै सकियो छैटौं सम्मेलन

बागलुङ, २२ मंसिर–राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा पुनः अमर थापा चयन भएका छन् । राष्ट्रिय जनमोर्चाको छैटौं जिल्ला सम्मेलनले थापालाई निर्बिरोध अध्यक्षमा चयन गरेको हो । दुइ दिनसम्म चलेको बन्द सत्रपछि २७ सदस्यीय कार्यसमिति र ८ जना बैकल्पिक सदस्य बनेको हो ।
थापा नेतृत्वको समितिको उपाध्यक्षमा धर्मबहादुर कुँवर, सचिवमा भीमलाल पोखरेल, सहसचिवमा दिलकुमारी पुन र कोषाध्यषमा डिलबहादुर दर्जी चयन भएका हुन् । त्यस्तै सदस्यमा खीम बिक्रम शाही, थमन घर्ती, दीपक थापा, कृष्ण पौडेल, थानेश्वर सुवेदी, दुर्गादेवी घर्ती, रुद्राकुमारी क्षेत्री, मनबहादुर बिक, लक्ष्मण पुन, बिष्णु बस्नेत, नेत्र बुढाथोकी तीर्थ थापा चयन भएका छन् । त्यस्तै सदस्यहरुमै लोकनाथ शर्मा, हिराबहादुर थापा, कृष्णा पुन, ठाकुर शर्मा, धनबहादुर अदै, लिलादेवी शर्मा, दिलबहादुर श्रीष, पदम श्रेष्ठ, बोमबहादुर थापा र केशकुमारी बुढा चयन भएका हुन् ।
सम्मेलनले योगेन्द्र पौडेल, खड्गबहादुर बिक, प्रेम गौतम, ताराकुमारी पुन, कोपिला थापा, दिलकुमारी श्रीष, आशा कुमारी रोका र पूर्णा चालिसेलाई बैकल्पिक सदस्यमा चयन गरेको छ । लेखा समितिमा मित्रदत्त ढकाल, पुस्कर सापकोटा, कृष्ण आचार्य, सुनमाया ढकाल र दुर्गा भण्डारीलाई चयन गरेका थिए । त्यस्तै सल्लाहकारमा कृष्ण थापा, काजी गाउँले, बेदीलाल सापकोटा, टंक केसी, टिकाराम शर्मा, गौरीश्वर पाण्डे, अर्जुन खत्री, तमबहादुर घर्ती र अमर खत्रीलाई चयन गरेको छ । संघियताको बिरोधमा अडिग राजमोले १७ बु“धे प्रस्त्ँव पारित गर्दै संघियता खारेज नभएसम्म देशको राष्ट्रियता खतरामा पर्ने निष्कर्ष निकालेको छ । सम्मेलनले सरकार भ्रष्ट्राचारी र माफियाको चंगुलमा फसेको भन्दै तत्काल सुशासन कायम गर्न माग पनि गरिएको छ ।