गल्कोट नगरपालिकामा मोबाइल एप्स संचालनमा

बागलुङ, ७ मााघ – जिल्लाको गल्कोेट नगरपालिकाले मोवाईल एप्समार्फत आफ्ना गतिविधि सार्वजनिक गर्ने कार्य थालनी गरेको छ । नगरपालिकाले मोवाईल एप्समार्फत सर्वधारणको सहजताका लागि नगरका सबै काम जानकारी हुने वातावरण मिलाएको हो । नगरपालिकाका नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कार्यको बिषयमा जानकारी गराउने उद्देश्यले सुरुवात गरिएको एप्समार्फत सर्वसाधारणलाई सहजता प्रदान गररिने प्रमुख प्रसाशकीय अधिकृत कृष्णराज गौतमले जानकारी दिए । प्रबिधिको विकाससँगै मोवाईल एप्सको प्रयोग बढेकाले सर्वसाधारणको सहजताका लागि नगरपालिकाले आफ्नै एप्स सञ्चालनमा ल्याएको हो ।

‘सबैका हातमा मोबाईल फोन छन्, मोबाईलको प्रयोग गरेर सबै सुबिधाको बिषयमा जानकारी दिन हामीले आफ्नै एप्स बनाएका हौं’ गौतमले भने– ‘नगरका काममा पारदर्शीताको लागि मोवाईल एप्स एउटा राम्रो प्रयोग हुनेछ ।’ नगरलाई प्रबिधिमैत्री बनाउनका लागि काम कारवाही र सर्वसधारणले पाउने सुबिधाका बिषयमा अनलाईन, मोवाईल एप्स र डिजिटल सूचना पार्टिमार्फत जानकारी गराईंदै आएको छ । ‘नगर भित्रका सबै सर्वसाधारणलाई एप्सको सुबिधा लिनको लागि आग्रह गरेका छौं’ नगर प्रमुख भरत शर्मा गैरेले भने– ‘सूचनाको अधिकार प्रत्याभुत गर्न हामीले प्रबिधि मैत्रिनगर बनाउने अभियानमा छौं ।

’ हरेक आर्थिक बर्षको बजेट, निती तथा कार्यक्रम, सञ्चालित योजनाहरु, जनप्रतिनिधि र कर्मचारीको बिबरण तथा भएगरेका कामको प्रगति समेत एप्समा राखिएको छ । यस्तै विपतबारेका सुचना, नगरभित्रका महत्वपूर्ण ऐतिहाशिक एवं धार्मिक स्थलहरु, आपत्कालीन नम्बर समेत एप्समा समावेश गरिएको छ । नागरिकका आवश्यक सल्लाह सुझाव र गुनासो समेत एप्समा समावेश हुने भएकाले समय अनुकुल परिमार्जन गरिने नगरपालिकाका उपप्रमुख रेनुका काउचा मगरले जानकारी दिईन् । मोवाईलको पहुँच भएका सर्वसाधरणको लागि नगरपालिकाका सबै गतिविधि नियाल्न सजिलो माध्याम भएको नगरपालिकाले जनाएको छ ।