गायक ‘विहुँकोेटे साईलो’को सालैजो वोलको गीत ‘जन्मेको गाउँ’ को अडियो सार्वजानिक

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले काँठेखोला–५ विहँुमा शनिवार आयोजित कार्यक्रमका विच ‘जन्मेको गाउँ’ गीतको अडियो सार्वजानिक गरे ।

बागलुङ, १३ माघ – बागलुङे कलाकार गायक प्रेम श्रीस मगर ‘विहुँकोेटे साईलो’ ले आफ्नै स्वरमा तयार पारिएकोको बागलुङको पुरानो संस्कृति झल्काउने सालैजो वोलको ‘जन्मेको गाउँ’ गीतको अडियो सार्वजानिक भएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले काँठेखोला–५ विहँुमा शनिवार आयोजित एक कार्यक्रमका विच ‘जन्मेको गाउँ’ गीतको अडियो सार्वजानिक गरे । अडियो सार्वजानिक गर्दै मन्त्री लम्सालले सालैजो धौलागिरीको पुरानो संस्कृति भएको वताए । कला, संस्कृतिको संरक्षण गर्दै अगाडि बढ्न सकेमा नेपाललाई सांस्कृतिक पर्यटक पनि भित्राउन सजिलो हुने र त्यसमार्फत पनि आयआर्जनमा समेत टेवा पुग्ने मन्त्री लम्सालले भनाई थियो । नेचर र कल्चर दुवै हाम्रा सम्पती हुन, मन्त्री लम्सालले भने–यसको संरक्षण र समवद्र्धन गर्ने दायित्व पनि हामी सवैको हो ।
अडियो सार्वजानिक कार्यक्रमममा आफ्नै भनाई राख्दै कलाकार श्रीसमगरले जन्मेको गाउँ आफ्नो यसक्षेत्रतर्फको प्रयाश भएकाले यसलाई सुनेर सल्लाह सुझाव दिन आग्रह गरे । हामी कलाकारहरु संस्कृतिलाई बचाई राख्नुपर्छ भन्ने अभियानमा छौ, कलाकार बिहुँकोटे साईलोले भने–मलाई यसतर्फ लाग्न प्रेरणा दिने र सहयोग गर्ने सवैमा आभारी छु । ताराखोला डिजिटल फिल्मस् प्रा.लि.को ब्यानरमा तयार पारिएको यो गीतको शब्द कलाकार स्वयम प्रेम श्रीस मगर विहँकोे साईलोको रहेको छ भने स्वर विहुँकोे साईलो र गायिका सरु पुनको रहेको छ । जय नेपाल फिल्मस् प्रा.लि.ले दृष्य निर्माण गरेको यो गीतमा लय कमल जिएम, स्टुडियो प्रिज्म श्रीपाल र विशेष सहयोगीमा शिव शर्मा सुवेदी, टंक केसी, गोविन्द केसी र रुपा पुन रहेका छन । गायक श्रीसले रेशु मगर, वुद्धिमाया पुन, निरु विरहीप्रति विशेष आभार प्रकट गरेका छन ।