आर्थिक समृद्वि बाटो

नेपाललाई आर्थिक समृद्धिको बाटोमा लैजाने भन्ने अहिले सबै राजनीतिक दल र सरकारले पनि घोषणा गरेको छ । यो घोषणले नेपालीमा उत्साह थपिएको छ । देशभरका सबै स्थानीय तहका प्रमुखले पनि सबैठाउँ पुगेर आर्थिक समृद्धिकै नारा लगाइरहेका छन् । तर त्यो समृद्धि के बाट भनेर चुस्त कार्यक्रम भने बनाउन सकेका छैनन् । अर्थविज्ञहरुले भने नेपालको समृद्धि कृषि क्रान्तिबाटै संभव भएको बताउँन् । उनीहरुले दोश्रोमा पर्यटन र तेस्रोमा जलविद्युत भनेका छन् । त्यसले के देखाउँछ भने नेपाल कृषि प्रदान देश हो । यो नारालाई देशव्यापी र व्यवसायिक कृषिमा नेपालीलाई उत्साह थप्न सकियो भने अवस्य पनि सफलता पाउन सकिन्छ । दोश्रो पर्यटन हो । बिदेशीहरु नेपालको हिमाल, पहाड र पर्वत तथा खोलानाला समेत हेर्न आउँछन् । नेपालीमा भने अझै घुम्ने संस्कृतिको बिकास गर्न सकिएको छैन । बिदेशबाट आउने बढीमा २० लाख पर्यटकभन्दा तीन करोड जनतालाई बर्षको एकपटक घुम्ने वातावरण सिर्जनागर्न सकियो भने त्यसले धेरै फाइदा गर्छ । आर्थिक रुपमा चलायमान बनाउन पनि यो सहयोगी हुनेछ ।

तेस्रो काम जलविद्युत हो । त्यसका लागि नेपालले सधै दाता खोजेर हुँदैन । बरु नेपालीहरुकै लगानीमा उत्पादनको काम थाल्नुपर्छ । जतिबेला हामीले आफ्नै प्रयासमा बिजुली उत्पादन गर्छौ त्यसको फाइदा पनि नेपालीले पाउँछन् । भोलीको दिनसम्म ऋण तिरेर नसक्ने उत्पादनबाट नेपाली टाट पल्टने काम मात्र हुन्छ । तर यी तीनवटा बिषयलाई सरकारको तीन प्राथमिकता भने अहिलेसम्म पर्न सकेका छैनन् । भाषणमा गरेको कुरा व्यहारमा नगर्ने, सत्तामा पुगेपछि नेपाली जनतालाई समृद्धिको बाटोमा डोहो¥याउने मन्त्र बिर्सने संस्कृति नेपालका राजनीतक दल र नेतामा हुकिएको छ । बरु आँफै कमिसनको खेलमा लाग्ने, अस्वभाविक रुपमा भत्ता पचाउने लगायतको कामले आलोचना खेप्ने अवस्था सिर्जना हुनु दुर्भाग्य हो । गण्डकी प्रदेशले पनि पर्यटनलाई प्राथमिकतामा राखेको जानकारीमा आएको हो । त्यसकै आधारमा ग्रामीण बासिन्दाले पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु बनाउन थालेका छन् ।

सदरमुकामको कालिका भगवती र पञ्चकोटदेखि भकुण्डे, गाजा दह, जैमिनी, गलकोट र ढोरपाटन सम्मका क्षेत्रलाई बिकास गर्न स्थानीय कस्एिका छन् । तर स्थानीयको अभियानमा नगरपालिका र गाउँपालिका तथा प्रदेश र संघिय सरकार समेत लाग्न सकेको छैन । उनीहरुले बिनियोजन गर्ने बजेट, तर्जुमागर्ने कार्यक्रम र अभियानले त्यो देखाएको महसुस भएको छैन । पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थल बन्ने भएपछि खोजीएको प्याराग्लाईडिङको बिकल्प पुरा गर्न सरकारहरु सक्रिय छैनन् ।बरु जनता जागेका छन् । गलकोटको राम्चेढुंगामा प्याराग्याईडिङको सफल उडान समेत भैसक्दा राज्यका निकायले यसको बिकासमा ध्यान दिएका छैनन् । बरु गाउँले जुटेर काम गरिरहेका छन् । गाउँले मात्र जुटेर यस्ता काम संभव हुनसक्दैन् । त्यसैले राज्यको लगानी र चासो बढाउने कामा अब सबैले ध्यानाकर्षण गराउने बेला भएको छ । यो एउटा उदाहरण मात्र हो । बरु यस्ता धेरै कामा चासो राखेर जनतालाई आजैदेखि रोजगारी समेत दिलाएर बिदेश जान रोक्ने र आर्थिक समृद्धिका खाका कोर्न ढीलाई गर्न हुँदैन ।