बिष्णु खत्रीको नयाँ पन्चेबाजा ‘जाउँला ढोरपाटन’ सार्बजनिक

गीतमा तुलबीर थापाले साया भण्डारीलाई ढोरपाटन गएर सिकार खेल्ने र रनबन घुम्ने कुराले लठ्याएका छन ।

बागलुङ, २९ माघ – लोकदोहोरी गायक बिष्णु खत्रीको नयाँ पन्चेबाजा ‘जाउँला ढोरपाटन’ मगलवार सार्बजनिक भएको छ । बागलुङको गल्कोटमा छायांकन गरिएको गीतलाई बिष्णु खत्रीको अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो । गीतमा लय शब्द बिष्णु खत्रीको रहेको छ भने स्वर बिष्णु खत्री र रुपा बस्नेतको रहेको छ । रेकर्डिङ्गदेखि नै चर्चामा रहेको यो गीतको भिडियोमा तुलबीर थापा र साया भण्डारीले अभिनय गरेका छन । गीतमा तुलबीर थापाले साया भण्डारीलाई ढोरपाटन गएर सिकार खेल्ने र रनबन घुम्ने कुराले लठ्याएका छन । भिडियोलाई दिलिप रेग्मीले निर्देशन गरेका भने भने मरुभूमि नारायणको छायांकन तथा रोशन धितालको सम्पादन रहेको छ । यो गीतको एरेन्ज संगीतकार आशिष अविरलले गरेका छन ।
गीतको भिडियो :