काठमाडौंस्थित दुई संस्थाबाट साहित्यकार रोशन सम्मानित

बागलुङ, १ फागुन – काठमाडौंस्थित दुई संस्थाबाट साहित्यकार काजीरोशन सम्मानित भएका छन् । रोशनले नेपाली साहित्यमा पु¥याएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो । ज्योती साहित्य प्रतिष्ठान काठमाडौंले रोशन ज्योती साहित्य सम्मान–२०७५ बाट सम्मानित गरेको हो । रोशनलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेदीले सम्मानपत्रमार्फत सम्मान गरेका हुन् ।

ज्योती साहित्य प्रतिष्ठानका अध्यक्ष मनीराज सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रोशनको बारेमा प्रतिष्ठानका सदस्य गंगा आचार्यले जानकारी दिएकी थिइन् । रोशनलाई यसअघि डा. हर्क बहादुर बुढा मगर स्मृति प्रतिष्ठानले सम्मान गरेको थियो ।