जैमिनीमा जनयुद्ध दिवस मनाईयो

आर्थिक क्रान्तिमा लाग्न नेताहरुको आग्रह

बागलुङ, १ फागुन–देशमा लामो समय जरा गाडेको तानाशाहि राज्य सत्ताको अन्त्यकालागि जनयुद्धले महत्वपुर्ण भुमीका खेलेको बागलुङको जैमिनीमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । जनयुद्ध दिवसको अवसरमा नेकपा जैमिनी नगरकमिटिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा गण्डकी प्रदेश सदस्य लिला रानाले देशको आमुल परिवर्तनमा जनयुद्धको भुमीका रहेको बताए । कुश्मीशेरा बजारमा आयोजना गरीएको कार्यक्रममा नेकपाका नेताहरुले जनयुद्धको सपना साकार पार्नका लागि आर्थिक समृद्धिको बाटोमा लागेको दावी गरे । राजनितीक परिवर्तनका लागि भएको जनयुद्धले देशमा ठुलो परिवर्तन ल्याएको भन्दै नेताहरुले अव आर्थिक क्रान्तिको समय आएको बताए । कार्यक्रम नेकपाका नेता लाल बहादुर परियारको अध्यक्षता, लक्ष्मी किसानको स्वागत र सोभा प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।