कविता : म

तिमी सर्वहाराको मुक्तिको कुरा गर्यौ
म त्यसैमा लामबद्द भए
फेरि वर्गदुश्मनको कुरा गर्यौ
लडाईको लागि तयार भए
हतियारको लागि हतियार भन्यौ
हतियार बोक्न तयार भए
जनयुध्दमा लामबद्द हुन भन्यौ
जनयुध्दमा सामेल भए
वम, ग्रिनेट, जिलेट, एम्वुस, राईफल बोक्न भन्यौ
ती सबै बोके
अगाडि बढ भन्यौ अगाडि बढे पछि हट भन्यौ पछि हटे
कालोलाई सेतो भन भन्यौ भने,
पश्चगमनलाई अग्रगमन भन भन्यौ भने
मैले तिमिले जे गर भन्यौ त्यहि गरे जे भन भन्यौ त्यहि भने
र त आज म सत्यलाई सत्य भन्न डराएको छु
अन्यायको बिरुध्द बोल्न डरायको छु
के हो अधिकार र मुक्ति थाहा पाईको छैन
चारै तिर अँध्यारो छ तर अँध्यारो भन्न डरायको छु
म आज एउटा कठपुतली जस्तै भएक‍ो छु
मेरो आत्मबल हराएको छ
तर तिमी खुसि छौ किन कि तिम्ले नराम्रोलाई राम्रो भन्न बाध्य पारेका छौ।
२४औं जनयुधद दिवसको शुभकामना।