एमबिएलको शाखारहित बैंकिङ

बागलुङ, २ फागुन – माछापुच्छ्रे बैंकले काठेखोला गाउँपालिका–७ रेशमा शाखा रहित बैंकीङ कार्यक्रम संचालन गरेको छ । बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष अमर थापाले अभियानको शुभारम्भ गरे । उनले यो अभियानले सामाजिक सुरक्षा भत्ता बुझ्न जानुपर्ने बाध्यता भएकालाई सहज भएको बताए । त्यस्तै बैंकले पनि सामाजिक उत्तरदायित्वको भावना उजागर गरेको बताएका थिए ।

कार्यक्रममा बैंकका शाखा प्रवन्धक बिनोद त्रिपाठीले वडा अध्यक्षको समन्वयमा यो अभियान सफल भएको बताए । उनले आगामी दिनमा अझै अरु ठाउँमा पनि पुगेर शाखारहित अभियान संचालन गर्ने जानकारी दिएका थिए । वडा कार्यालयले तोकेका फोकल पर्सन बिष्णुप्रसाद गौतमको अध्यक्षता, शाखा प्रबन्धक त्रिपाठीको स्वागतमा सम्पन्न कार्यक्रममा शाखा रहित बैंकिङ कार्यक्रमका प्रमुख बिकास श्रेष्ठ, वडा अध्यक्ष प्रेम लामिछाने लगायतले बोलेका थिए ।