यसकारण बलेवा महोत्सव (प्रथम बलेवा महोत्सव बिषेश)

महोत्सवः बलेवा क्षेत्रको एकता

भरत बागलुङे
पृष्ठभूमीः
पवित्र कृष्णगण्डकी तटवर्ती बलेवा क्षेत्र बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारदेखि दक्षिण रहेको जिल्लाकै एउटा ऐतिहासिक, धार्मिक र प्राकृतिक रुपमा सुन्दर क्षेत्र हो । समशितोष्ण हावापानी रहेको यो भेग दक्षिण पूर्वी मोहोडामा पैmलिएर रहेको छ, यहाँ विभिन्न भाषा, धर्म र जातजातीका मानिसहरुको बसोवास रहेको पाइन्छ । यस भेगमा सयौं प्रजातिका चराचुरुङ्गी, जन्तुजनावर देख्न सकिन्छ भने यहाँ धान, मकै, कोदो, मास, बोडी, सिल्टुंग, गहत, आलु, पिंडालु, र सबै प्रकारका हरिया तरकारीहरु उत्पादन हुने गर्छन्, आँप, रुखकटहर, भुईंकटहर, बेलाउँती, निबुवा, भोगटे, कागती, नासपाती, केरा आदि यहाँ उत्पादन हुने फलपूmलहरु हुन् ।
यहाँका बासिन्दाको मुख्य पेशा कृषि रहेपनि सरकारी जागीर, व्यापार व्यवसाय, भारतीय तथा बेलायती सेना र वैदेशिक रोजगारीमा समेत यहाँका बासिन्दा उल्लेख्य रुपमा रहेको देखिन्छ । यस क्षेत्रमा नेपालमै प्रशिद्ध (बानपा–१२ अमलाचौरमा) कालभैरव मन्दिर रहेको छ, जुन १७८१ मा आगोको ज्वालाको रुपमा मध्यरातमा काठमाण्डौको हुनमानढोकाबाट उत्पत्ति भई पाल्पाहुँदै बलेवाको अमलाचौरको शीरमा आएर प्रतिस्थापित भएको किंवदन्ती रहेको छ, अमलाचौरमा रहेको कोतघर, विभिन्न पुरातात्विक महत्वका मठ मन्दिर देवालय, प्राकृतिक शौन्दर्यता झल्कने स्थलहरु, सरङ्गीमा रहेको सुनखौली गुफा र कालीगण्डकी किनारामा रहेको लिंगेढुँगा हेर्न लायक स्थानमा पर्छन् ।
पृथ्वी मावि यहाँको एक मात्र माध्यमिक तहको पढाई हुने विद्यालय हो । अर्कोतिर बलेवा पुरानो पर्वत राज्यअन्र्तगत सानो थुम राज्य रहेको र पर्वतका बम मल्ल राजाहरुले यहाँ उमराव (थुम क्षेत्र प्रशासक) नियुक्त गरेर उनीहरुको माध्यमबाट शासन गर्ने गरेको इतिहास पाइन्छ र यसको केन्द्र पाउजाकोट थियो । यहाँ कोट, दरवार, कालभैरव स्थान, भुमे (लोकपाल) काली र गणेशस्थान (मन्दिरहरु) थिए, जो विभिन्न गुठीहरुद्वारा संचालन हुन्थे । यसको सीमा पूर्व कालीगण्डकी, पश्चिम टिमुरखोला, उत्तर काँठेखोला र दक्षिण ठ्यौलेखोला थियो । संवत् १८४२ मा पाउजाकोटमा विद्रोहीले आगो लगाएपछि सोही साल यहाँ खटाइएका उमराव बली पाध्याले सुरक्षाका हिसाबले कोटघर, हातहतियार र काल भैरवलाई अहिलेको स्थान (बा.न.पा. १२, अमलाचौर काहुले) मा स्थानान्तरण गरेको इतिहास पाइन्छ । यहाँका उल्लेखनीय स्थानहरुमा भकुण्डेको बराह ताल, भ्युटावरदेखि सोह्र वटा सुन्दर हिमाली दृष्य देख्न पाइने पैयुँपाटाको क्षेत्रपालको डाँडो, मुलाबारी, पाग्जाकोट, सत्रमुरी धान फल्ने दमुक फाँट र त्यससँग जोडिएको ऐतिहासिक किंबदन्ती बलेवा खाने राक्षसको प्रतिरुप पत्थर, दमाहा ढुङ्गा, लम्सारचौरमा रहेका एकसय आठ शिवलिंग सहितका पाञ्चायन मन्दिर, लक्ष्मीनारायण संस्कृत पाठशाला र मन्दिर, धापेखोलास्थित गल्छी (नीलदह) बागलुङ जिल्लाकै दोस्रो जेठो विद्यालय त्रिभुवन मावि तथा बलेवाको पहिलो क्याम्पस बलेवा पैयुँपाटा बहुमुखी क्याम्पस, घडेरीको कृष्णमन्दिर, काउँडाँडाको गणेश मन्दिर, नारायणस्थानमा रहेको बलेवा एयरपोर्ट त्यससँग जोडिएको रमणीय र सुन्दर डुंगाचौर सामुदायिक वन क्षेत्र, ऐतिहासिक नारायण मन्दिर, कैया–बडागाउँ जोड्ने नेपालकै अग्लो झोलुङे पुल, मोदीवेणीधामसँगै रहेको ऐतिहासिक लक्ष्मीनारायणको मन्दिर, वृद्धाआश्रम, बलेवा कुश्मा जोड्ने यान्त्रिक पुल, बलेवा कुश्मा जोड्ने नेपालकै अग्लो बंजीजम्प, भगवती मन्दिर । दृष्टिविहीन बालबच्चाले आवासीय रुपमा रही अध्ययन गर्ने विशेष शिक्षा संचालन भएको जनता धन माध्यमिक विद्यालय, नेपालमै चर्चामा रहेको अब्बल सामुदायिक विद्यालय गणेश माध्यमिक विद्यालय, नेपानेमा रहेको धौलागिरि प्राविधिक शिक्षालय, कैयामा रहेको शिवमन्दिर, धापेखोला किनारामा रहेको दमाहा ढुङ्गा, बलेवा क्षेत्रको कुश्मीसेराको जैमिनीघाट प्रशिद्ध जैमिनी ऋषिको तपस्यास्थल पनि हो हालको बलेवा क्षेत्रमा पर्ने अमलाचौर, पैयुँपाटा र नारायणस्थान तथ्याङ्क विभागको स्रोतबाट प्राप्त तथ्याङ्क अनुसार १२,५०४ को आवादी र २८.०१ वर्ग कि. मी.मा पैmलिएको एउटा रमणीय क्षेत्र हो ।
राजनैतिक रुपमा बलेवा क्षेत्र राणाकालदेखि चर्चित ठाउँ हो, २००७ सालको जनक्रान्तिदेखि ०४६ साल, माओवादी जनयुद्ध र २०७२÷०७३ को बसन्त विद्रोहसम्म यहाँका आमनागरिकको त्याग, बलिदान र सहभागीता उल्लेख्य रहेको पाइन्छ । बलेवाको उन्नयनमा यहाँका थुप्रै बासिन्दाहरुको योगदान रहेको छ । २०४६ पछि बलेवा क्षेत्रबाट प्रतिनिधिसभामा २०४८ सालमा मिन बहादुर खत्री, २०५१ सालमा पुनः मिन बहादुर खत्री, २०७० सालमा संविधानसभाको निर्वाचनबाट प्रकाश शर्मा पौडेल, समानुपातिकमा नरबहादुर थापा, दिनानाथ शर्मा र २०७४ मा संघीय संसदमा बलेवाका डाक्टर सुर्य पाठक बागलुङ निर्वाचन क्षेत्र नं. १ र देवेन्द्र पौडेलले बागलुङ २ बाट निर्वाचित भएर जिल्लाको नेतृत्व गर्ने अवसरप्राप्त गर्नुभएको छभने यसै क्षेत्रबाट हाल राष्ट्रियसभामा प्रतिनिधित्व गर्नुहुने दिनानाथ शर्माले नेपाल सरकारको शिक्षामन्त्रीको कुशल नेतृत्व समेत गरिसक्नु भएको छभने यसै भेगकी चेली चम्पा खड्काले बागलुङ निर्वाचन क्षेत्र नं. १ मा भएको उप–चुनावमा विजयी भई सहकारी तथा गरिवी निवारण राज्यमन्त्री बन्नु भएको थियो ।
राष्ट्रिय रुपमा सफल उद्यमी चन्द्र ढकालदेखि चर्चित लेखक कवि भूपिन, अन्र्टाटिका महादेशमा पुग्ने पहिलो नेपाली भुवनसिं विश्वकर्मा, अर्का उद्यमी दक्ष पौडेल बलेवाको माटोले जन्माएका व्यक्तित्वहरु हुनुहुन्छ । बलेवाको माटोले थुप्रै डाक्टर, इन्जिनियर, प्राध्यापक, गायक, कवि, लेखक, कुशल प्रशासक, राजनीतिज्ञ, उद्यमी, व्यवसायी संचारकर्मी जन्माएको छ । यसपाली पवित्र बलेवाको माटो र यसको प्रचार–प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र यहाँ उत्पादन हुने कृषिजन्य, पशुजन्य उत्पादनलाई प्रवद्र्धन गर्नेे, यहाँका उद्यमी व्यवसायीलाई प्रोत्साहन गर्ने र यस महोत्सवको सुखद अवसर पारी कृष्णगण्डकी क्याम्पसको शैक्षिक उन्नयनका लागि चन्दा सहयोग सङ्कलन गरिनेछ र यसरी सङ्कलित रकम महोत्सवमा खर्च नगरी अक्षयकोषको रुपमा रकमलाई बैंक या सहकारीमा खाता खोली जम्मा गरिनेछ र नमासिने गरी शैक्षिक अक्षयकोष संचालन गरिनेछ । नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानको आयोजना, कृण्ण गण्डकी क्याम्पसको सह–आयोजना र सुरताल इभेन्टस प्रा.लि.को व्यवस्थापनमा यही मिति २०७५ साल फाल्गुण २ देखि १२ गतेसम्म बाग्लुङ नगरपालिका–१४ साविक बलेवा नारायणस्थान स्थित बलेवा एयरपोर्टको नजिकै प्रथम बलेवा महोत्सव सुसम्पन्न हुन गैरहेको छ । बलेवा क्षेत्रको पहिचान र यस क्षेत्रको प्रचारप्रसार गर्नमा यो महोत्सव महत्वपूर्ण साबित हुने हामीले अपेक्षा राखेका छौं । (बागलुङे बलेवा महोत्सव मुल आयोजक समितिका अध्यक्ष हुन् ।
‘महोत्सवले संभावनाको उजागार गर्नेछ’
बलेवालाई चिनाउने माध्यामको रुपमा महोत्सवलाई मैले लिएको छु । बलेवा धेरै सम्भावना बोकेको क्षेत्र हो, पर्यटनका हिसाबले यहाँका कयौं सम्पदाहरु आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक रहेका छन् । बलेवा बिमानस्थलदेखी गाजाको धुरी सम्मको प्रचार–प्रसारका लागि यो महोत्सवले बिशेष अर्थ राख्छ ।
हामीकहाँ रहेको भकुण्डेको होम–स्टे, मुलाबारी, भैरवस्थानको मन्दिर, बलेवामा रहेका अन्य धार्मिक संस्थाहरु, यहाँ रहेको प्रकृतिक सौन्दर्यताको लागि यो महोत्सव महत्वपुर्ण रहेको छ । स्थानीय उत्पादनको प्रबद्र्धनका लागि समेत महोत्सव महत्वपुर्ण रहेको छ । यो महोत्सव बलेवाको चिनारी मात्रै हुने छैन यहाँका उत्पादनको बजारीकरणको लागि पनि महत्वपुर्ण हुने छ भन्ने मलाई लागेको छ । बलेवाभन्दा पछिल्लो समय साविकको अमलाचौर, नारायणस्थान र पैँयुपाटा गाविसलाई मात्रै धेरैले चिन्छन् तर बलेवा क्षेत्रमा भकुण्डे लगायत अरु दुई वटा साविकका गाविस पनि हुन् । भकुण्डे पनि बलेवा हो भन्ने बिषयमा हामीलाई जानकारी रहेको भएपनि नयाँ पुस्तालाई धेरै जानकारी छैन् । नयाँ पुस्तालाई जानकारी गराउनकै लागि यो महोत्सवले ठुलो योगदान गर्ने छ । हामी कयौं सम्भावना बोकेर बसेका छौं तर त्यसलाई प्रयोगमा ल्याउन सकेका छैन् । यो महोत्सवले यहाँ कृषि पर्यटन र व्यापारमा रहेको सम्भावनाहरुको खोजी र उजागर गर्ने छ ।
यो पहिलो महोत्सव हो । नागारयणस्थानमा सञ्चालन हुने यो महोत्सवले निरन्तरता पाउने छ । पालै–पालो सबै बलेवाका वडाहरुमा महोत्सव गर्ने योजनामा हामी छौं । त्यही अनुसारको भद्र सहमती बलेवालीहरुको बिचमा भएको छ । जसका कारण एक वडालाई अर्को वडा सँगको सम्बन्ध बिस्तारमा समेत प्रथम बलेवा महोत्सवले सहयोग पुग्छ भन्ने मलाई पूर्ण विश्वास लागेको छ । –बानपा–१० का वडाध्यक्ष प्रेम थापासंग ढोरपाटनले गरेको कुराकानीमा आधारित ।
महोत्सवः बलेवा क्षेत्रको एकता
बलेवा सांस्कृतिक हिसाबले निकै राम्रो पहिचान बनाएको क्षेत्र हो । देश–बिदेशमा बलेवाको प्रसिद्धि कायम रहँदा रहँदै पनि हामीले बलेवालाई सोचेको जस्तो तरिकाबाट विकास गर्नै सकिरहेका छैनौं । यहाँ कयौं मठमन्दिर धार्मिक सम्पदाहरु छन् । यहाँसम्म आउने आन्तरिक पर्यटक बढाउनका लागि पनि हामीले केही न केही गर्नैपर्ने थियो । पर्यटनमा व्यापक परिवर्तन ल्याएर यहाँ पर्यटक भित्राउने र यहाँ रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गर्नका लागि महोत्सव आवश्यक थियो सोहीअनुसार पहिलो बलेवा महोत्सव आयोजना भएको छ ।

महोत्सवले पर्यटनको प्रबद्र्धन मात्रै गर्ने छैन् । बलेवा क्षेत्रको एकता, एकीकृत विकासका लागि साझा एजेण्डा बनाउने र अघि बढ्ने कुरामा सबै बलेवालीहरुलाई गोलबन्द गर्ने छ । कृषि, पशुपालन, तरकारी खेती र फलफुल खेतीको बाटोमा लागेको बलेवा क्षेत्रमा उत्पादित बस्तुहरुको बजारीकरणका लागि पनि यो महोत्सव महत्वपुर्ण रहेको छ । कालीगण्डकीदेखी भकुण्डेको शिरलाई जोड्ने र प्रसिद्ध कालभैरवको काखमा सबैलाई रमाउने वातावरण सिर्जना गर्न महोत्सवको महत्वपुर्ण भूमिका रहने छ । हामी बहुजाति, बहुभाषी बहुधार्मिक मानिसहरु बलेवामा मिलेर बसेका छौं ।
यो कुरा सबैलाई जानकारी छैन् । यहाँ रहेको मेलमिलाप, सांस्कृतिक परम्परा र कला क्षेत्रको प्रचारका लागि पनि यो महोत्सव महत्वपुर्ण सावित हुने छ । देशभरि नै बिक्री हुने काठका ठेका हाम्रोमा बन्छन्, मुस्लिमदेखी हिन्दु सबै मिलेर एउटै बस्तीमा बस्छन्, माझी समुदायदेखी क्षेत्री ब्राम्हण, नेवार, मगर, आदिवासी जनजाती, दलित महिला सबै मिलेर बस्ने क्षेत्रको रुपमा बलेवालाई चिनाउनका लागि यो महोत्सव महत्वपुर्ण सावित हुने छ ।
बलेवा धार्मिक, सांस्कृतिक र कृषि उत्पादनका हिसाबले मात्रै होईन प्राकृतिक हिसाबले समेत मिलेको क्षेत्र हो जसको ज्वलन्त उदाहरण महोत्सवकै अवसरमा यहाँ परिक्षण गरिएको प्याराग्लाईडिङ सफल हुनु हो । अबको हाम्रो अर्को सम्भावना भनेको प्याराग्लाईडिङ हो, यसको नियमित सञ्चालनका लागि महोत्सवको अवसरमा परिक्षण गरेर दबाव सिर्जना भएको छ । यो पनि महोत्सवको उपलव्धीको रुपमा हामीले लिन सक्छौं । –बानपा–१२ का वडाध्यक्ष गुरुदत्त पाठकसंग ढोरपाटनकर्मी तारानाथ आचार्यले गरेको कुराकानीमा आधारित ।
महोत्सवः शैक्षिक उन्नयनको कडी

मुख्यतः प्रथम बलेवा महोत्सवलाई बलेवाको चिनारीको रुपमा हामीले लिएका छौं । महोत्सवमार्फत बलेवाको ख्यातीलाई थप बिस्तार गर्ने योजनामा हामी छौं । बलेवामा नै सञ्चालनमा रहेको कृष्णगण्डकी क्याम्पसको सहयोगार्थ भएको यो महोत्सव शैक्षिक उन्नयनको कडी पनि हो । पहिले रहेका ६ वटा गाविसबाट ३ वटा गाविसमा सिमित भएको बलेवालाई एकतृत गर्नका लागि यो महोत्सवले बिषेश महत्व राखेको छ ।
बलेवामा मानव निर्मित हुन वा प्राकृतिक र धार्मिक तथा सांस्कृतिक कयौं सम्पदाहरु छन् । हामीलाई थाहा छ पर्यटन क्षेत्रको विकास नगरेसम्म आर्थिक समृद्धि सम्भव छैन् । हाम्रो बलेवाको मुख्य स्रोत भनेको पनि पर्यटननै हो । त्यसैले पर्यटनको प्रबद्र्धनका लागि यो महोत्सव आयोजना गरिएको हो । यो महोत्सवले कृष्ण गण्डकी क्याम्पसलाई सहयोग र पर्यटकीय क्षेत्रको प्रचार–प्रसार मात्रै गर्ने छैन बलेवाको समग्र विकासका लागि यहाँ रहेको राजनीतिक पहुँच भएका सबै पार्टिसँग सम्बन्धित व्यक्तिहरुलाई एकै ठाउँमा जम्मा गर्ने वातावरण पनि सिर्जना गर्दैछ । हामीले सांसदहरुलाई जम्मा गरेर सझा धारणा बनाउने योजना बनाएका छौं । जुन सफल हुने छ र बलेवामा रहेका सबै क्षेत्रको विकासका लागि दबाव सिर्जना गर्ने काम पनि महोत्सवले गर्ने छ । बलेवाको एकताको कडीको रुपमा यो महोत्सव विकास हुनेमा शंका छैन् ।
पालै–पालो बलेवा क्षेत्रका सबै वडामा महोत्सव गर्ने र शिक्षा स्वास्थय तथा पुर्वाधार निर्माणको क्षेत्रमा सहयोग पु¥याउने हाम्रो लक्ष छ । बलेवा बिमानस्थल, कुश्मासँग जोडिएका अग्ला तथा यान्त्रिक पुलहरु, बिमानस्थल, भैरवस्थान, भकुण्डे गाजाको दह पदमार्ग लगायतका क्षेत्रको प्रचार–प्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटक भित्राउने गतिलो माध्याम हो प्रथम बलेवा महोत्सव । –बानपा–१३ का वडाध्यक्ष नारायण पौडेलसंग ढोरपाटनकर्मी तारानाथ आचार्यले गरेको कुराकानीमा आधारित ।
/>समग्र विकासका लागि महोत्सव

शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको बलेवामा शैक्षिक उन्नयनकै लागि हामीले महोत्सवको आयोजना गरेका हौं । धार्मिक सांस्कृतिक र प्राकृतिक हिसाबले धनी रहेको बलेवा शिक्षामा पनि पहिलेदेखी धनी क्षेत्र हो । यहाँ रहेका बिद्यालय देशकै नमुना बने, यहाँ रहेका क्याम्पस पनि लामो समयदेखी निरन्तर सञ्चालनमा छन् । कृष्ण गण्डकी क्याम्पसको दिगो सञ्चालनका लागि अक्षयकोष स्थापनार्थ हामीले पहिलो बलेवा महोत्सवको आयोजना गरेका हौं । नेपालमा बिरलै शैक्षिक क्षेत्रको उन्नयनका लागि महोत्सव भएका छन् होला तर हामीले यो पालि आँटेका छौं ।
बलेवाको सांस्कृतिक पहिचान गराउन महोत्सवको महत्वपुर्ण भुमीका रहने छ । हामीसँग धेरै सांस्कृतिक सम्पत्तिहरु छन् तर तिनको प्रचार–प्रसार गर्न सकिरहेका छैनौं । यहाँ कयौं पर्यटनका हिसाबले सम्भावना बोकेका क्षेत्र छन् । हामीले एक÷दुई जना कराएर मात्रै ति क्षेत्रहरुको पहिचान भएन्, महोत्सवका माध्यमबाट सबै पर्यटकीय क्षेत्रको पहिचान गराउने योजनामा हामी छौं । बलेवामा बिमानस्थल छ, मुलावारीदेखी भकुण्डेमा होम–स्टे र भैरवस्थान सम्म सम्भावना नै सम्भावना छन् ।
तर हामीले पर्यटक भित्राउन सकेका छैनौं । बलेवामा उत्पादन हुने कृषि उपजको प्रचार–प्रसार र बजारीकरण गर्न सकिरहेका छैनौं । यि सबै क्षेत्रको एकीकृत विकासका लागि सबै साझा एजेण्डा बनाउन महोत्सवले बिशेष अर्थ राख्छ । कुश्मासँग जोडिएको यान्त्रिक पुल बलेवामा जोडिन्छ तर हामी कुश्माको यान्त्रिक पुलको रुपमा चिन्छौं । अग्लो पुल बलेवामा नै जोडिन्छ त्यो पुलको पहिचान पनि अलगै छ । महोत्सवामा आउने दर्शकले बलेवा र कुश्मासँग जोडिएका पुल तथा बन्जिजम्पको बिषयमा पनि जानकारी पाउने छन् र त्यसले बलेवाको विकासमा थप टेवा पुग्छ भन्ने लागेको छ ।
यहाँको मिलेको बस्ती, बलेवामै पर्ने भकुण्डेको धुरीदेखी नारायणस्थानको मिलेको समथर जमिन सम्मको जानकारी पाउने एउटा उपयुक्त स्थानको रुपमा बलेवा महोत्सव आयोजना गरिएको हो । यहाँ आएर खाने पिउने रमाउनेभन्दा पनि जानकारी र शिक्षाका लागि यो महोत्सवलाई दर्शकहरुले प्रयोग गर्नुहुने छ भन्ने मैले लिएको छु । –बानपा–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीसंग ढोरपाटनकर्मी तारानाथ आचार्यले गरेको कुराकानीमा आधारित ।< >‘क्याम्पस चलाउन महोत्सवको मञ्च’

प्रथम बलेवा महोत्सव बलेवाको चिनारी दिने पहिलो अभियान हो । यो महोत्सवले यहाँ आर्थिक क्रियाकलाप संचालनमा सहयोग पुग्छ । त्यस्तै महोत्सव बलेवाको पर्यटन विकाससहित यहाँका उत्पादनको बजारीकरणका लागि महत्वपुर्ण अवसर बन्नेछ । हामीले प्रथम बलेवा महोत्सवको मञ्चलाई प्रयोग गरेर कृष्ण गण्डकी क्याम्पसलाई प्राण दिन लागेका छौं । दश बर्ष पहिला स्थापना भएको यो क्याम्पस अहिले चरम आर्थिक संकटमा फसेको छ । ६५ जना विद्यार्थीले अध्ययन गर्ने यो क्याम्पसका लागि कुनैपनि आर्थिक स्रोत छैन् । नेपाल सरकारले उपलव्ध गराएको एक जना प्राध्यापकको दरवन्दीबाहेक हामीसँग पाँच जना अल्पकालिन प्राध्यापकहरु हुनुहुन्छ उहाँहरुको तलब भत्ता उपलव्ध गराउने समेत उपाय छैन् ।
त्यसैले हामीले महोत्सवको मञ्चलाई प्रयोग गरेर कृष्ण गण्डकी क्याम्पसको शैक्षिक उन्नयनको लागि एक करोड रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने लक्षका साथ प्रथम बलेवा महोत्सवको आयोजना गरेका छौं । यहाँ व्यवसायिक क्रियाकलाप सञ्चालन सँगसँगै शैक्षिक क्षेत्रको बिकासका लागि मञ्च बनेको भनेर बुझ्दा हुन्छ । ७०/८० लाख रुपैयाँ लगानी गरेर स्थापना गरेको क्याम्पस नत बन्द गर्न सकियो नत चलाउने स्रोत छ । त्यसैले महोत्सवको माध्यामबाट संकलन भएको रकमलाई अक्षयकोष बनाउने योजना अनुसारनै महोत्सव सुरु भएको छ । हामीले बनाएको एक करोडको अक्षयकोषले बर्षमा कम्तिमा १५ लाख रुपैयाँ व्याज रकम लिन सकियो भने त्यसले क्याम्पसको सञ्चालनमा सहजता हुन्छ भन्ने लागेको छ । यो महोत्सवले वलेवा क्षेत्रको शिक्षाको बिकास गर्नेछ ।
बलेवाबासीलाई एकताबद्ध बनाउनकालागि पनि यो महोत्सव सहयोगी बन्ने छ । यो महोत्सवले बलेवालाई एकताको सुत्रमा बाधेर यहाँको शिक्षा, स्वास्थ्य कृषि तथा अन्य उत्पादनको क्षेत्रमा लगानी गर्न अरु श्रोत खोजी हुनेछ । साथै आगामी दिनमा थप महोत्सव आयोजना गर्ने प्रेरणा मिल्ने छ भन्ने मैले आशा राखेको छु ।
–कृष्णगण्डकी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कमलकुमार जिसीसंग कुराकानीमा आधारित ।