बलेवा महोत्सव आजदेखि शुरु

बागलुङ, २ फागुन – प्रथम बलेवा महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । बिहिबारदेखी बलेवाको नारायणस्थानमा सुरु हुने महोत्सवको तयारी पुरा भएको मुल आयोजक समितिले जनाएको छ । दश दिनसम्म बलेवा बिमानस्थल छेउमा सञ्चालन हुने महोत्सवका लागि अतिथीदेखी कलाकारसम्म र स्टलदेखी यातायात व्यवस्थापन सम्मका सबै तयारी पुरा भएको मुल आयोजक समितिका संयोजक भरत पौडेलले बताए ।

महोत्सवको बिहिबार दिउँसो नेपाल उद्योगा बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवलाई प्रचार–प्रसार गर्ने उद्देश्यले बुधबार मोटरसाईकल ¥याली सम्पन्न भएको छ । बलेवा बिमानस्थलबाट सुरु भएको ¥याली भैरवस्थान, पैञ्युपाटा, माल्ढुंगाहुँदै बलेवा बिमानस्थल पुगेर समापन भएको थियो । महोत्सवमा हरेक दिन बिशिष्ट अतिथी रहने आयोजकले जनाएको छ ।

सबै दिनका बिशिष्ट अतिथीका लागि पत्राचार गरिसकीएको पौडेलले बताए । झण्डै एक सय स्टल रहेको महोत्सवमा स्टल व्यवस्थापन, रमाईलो मेला, बालउद्यान लगायतका काम चलिरहेका छन् । कृष्ण गण्डकी क्याम्पसको शैक्षिक उन्नयनका लागि एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष राखिएको महोत्सवमा सहयोग जुट्ने क्रम बढेको पौडेलले बताए ।