गजल

नरिसाउ प्यारी तिमि खुसाँउदा खुशी लाग्छ ।
रिसाएको देख्दा तिमि मरुँमरुँ जस्तो लाग्छ ।।
रोउँ–रोउँ रुँदा तिमि हाँस्दा हाँसु हाँसु ।
त्यस्तै बनुँ जस्तो तिमि नत्र पागल बनुँ लाग्छ ।।
म छाँया घाम तिमि अभिन्न छु तिमि बाट ।
जति छुटुँ लागे पनि तिम्रै पछि लागु लाग्छ ।।
खेलुँखेलुँ सँगै तिमि तिम्रो साथमा बसँु–बसुँ ।
अँगालोमा बाँधुँबाँधु छुट्न नदिउ जस्तो लाग्छ ।।
मुटुमाझ बस्यौ तिमि निकाल्न नै कठिन हुने ।
निकालेर भुलु भने च्यातिन्छ कि जस्तो लाग्छ ।।
रिसाए त पीडा हुन्छ हेरेर नै जिँउला बरु ।
हाँस प्यारी तिमी रोए जिउँदै मरे जस्तो लाग्छ ।।