सशस्त्रको जागिरसंगै संगीतमा लगाव

जागिरसँगै गीत संगीतको यात्रामा अघि बढ्ने काम निकै कठिन काम हो तर राष्ट्रसेवक कर्मचारी भएर पनि यहाँका एक युवाले आफ्नो कलाकारितालाई निरन्तर अघि बढाएका छन् । काठेखोला गाउँपालिका–२ भीमापोखराका केपी कुमार जलन जागिरसँगै आफुलाई गीत संगीतमा उभ्याउन सफल भएका छन् । विद्यालयमा हुने कार्यक्रमदेखि मेलापात र घाँसदाउरा गर्दा गाउँका कुना कन्दरामा गीत गाउने जलन आजभोली सशस्त्र प्रहरीको व्यारेकदेखी सार्वजनिक स्थलहरुमा हुने कार्यक्रममा जम्ने गरेका छन् । आँफैले लय शव्द बनाएका केही गिती एल्बमहरु बजारमा ल्याएपछि जलनलाई सार्वजनिक कार्यक्रमको बाटो खुलेको हो । उनले प्रहरीमा जागिर गर्न थालेको आठ बर्ष पुग्यो, गीत संगीतको यात्रालाई समेत आठ बर्ष उमेरकै बनाएको जलन बताउँछन् । विद्यालय जिवनमा गीतका एल्बम बनाएर बजारमा ल्याउन आर्थिक अभावका कारण संगीतको यात्रा अघि बढाउन नसकेको बताउने जलन जागिरे बनेपछि भने बिस्तारै जम्न थालेको बताउँछन् । पढ्ने बेलामा विद्यालयमा हुने कार्यक्रममा होस वा छिमेकी विद्यालयका कार्यक्रममा किन नहोस सहभागी भएर पुरस्कार जितेरै फर्किने जलनलाई गीत प्रतिको मोह भने सानै उमेरदेखि भएको बताउँछन् ।

गाउँघरमा हुने सानादेखि ठूला कार्यक्रम तथा विद्यालयमा हुने कार्यक्रममा गीत गाउँदा शिक्षक, साथीभाई तथा बुबाआमाले राम्रो छ भन्दा धेरै खुसी हुने उनलाई त्यही प्रेरणाले ठुला कार्यक्रम र गिती एल्बमसम्म पु¥याएको जलनले सुनाए । ‘गाउँघरमा गीत गाउँदा सबैले स्वर राम्रो छ, पछि ठूलो कलाकार हुन्छस् भन्दा धेरै खुसी लाग्थ्यो र त्यही हौसलाले नै अहिले यहाँसम्म आईपुगे’ जलनले भने ‘मलाई अहिले केपी कुमार जलन भनेर चिनाउन शिक्षक, साथीभाई र बुबाआमाको ठूलो सहयोग रहेको छ ।’ २०६२ सालमा ‘सरर रेलमा चढी जाउ’ नामक गिती संग्रह फेवा डिजीटल रेकर्डिङ स्टुडियो पोखरामा रेकर्ड गराए पनि पहिले पैसा नभएर गीत निकाल्न नसकेको गुनासो गर्दै जलनले अहिले फौजी पेशामा लागेपछि गीत निकाल्न सकेको बताए । जलनले आफ्नै शब्द, संगीत र स्वरमा पछिल्लो समय बागलुङ बजार डुलेको रोइला गीत बजारमा ल्याएका छन् । उनलाई उक्त गीतमा रितु ब्रोकनले साथ दिएकी छिन् । समय सन्र्दभ र बास्तविक सेरोफेरोमा रहेर सृजना गर्ने जलनले पहिले पनि दुई वटा गीतहरु बजारमा ल्याइसकेका छन् र उक्त गीतहरु राम्रोसँग बजारमा बिकेका थिए ।

धौलागिरीका बागलुङ, पर्वत र म्याग्दीका धेरै ठाउँका कार्यक्रमहरुमा गीत गाउँदै जाँदा आफ्नै शब्द, संगीत र स्वरमा टि–दाईम म्युजिक प्रा.लि.द्वारा ‘माया हाँसेर लाउ’ नामक एल्बम बजारमा ल्याएका थिए । उक्त गीतमा जलनलाई चर्चित गायिका सर्मिला गुरुङले साथ दिएकी थिइन । जलनका अनुसार उनलाई बजारमा चिनाउनको लागि उनको दोस्रो एल्बम ‘उराठलाग्दो त्यो रानी वन’ले ठूलो सहयोग गरेको छ । उक्त गीतमा अहिलेकी चर्चित गायिका पूर्णकला विसीले साथ दिएकी छिन् । उक्त गीतले पिआरविटी र युटुवबाट राम्रो प्रतिक्रिया पाएको जलनले बताए । लोकदोहोरी प्रतिष्ठान बागलुङको सदस्य समेत रहेका जलनले आफुले सधैभरि गीतसंगीतमा लागिरहने बताए । जलनले पहिले बागलुङ बजारमा रहेर म्याग्दीबाट प्रकाशित हुने रुप्से साप्ताहिकमा पनि संवाददाताको रुपमा काम गरेको बताए । जलनले अब छिट्टै काटेको फेदैमा बसेर, बग्यो सलल, सरर रेलमा चढि जाउँ जस्ता लोकदोहोरी गीत बजारमा ल्याउन लागिरहेको बताए । –तारानाथ आचार्य÷बागलुङ