देशलाई तीन बर्षमा अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नती गरेरै छाड्छौंः प्रधानमन्त्री

बागलुङ, ७ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका प्राथमिकता र जिम्मेवारी बदलिएको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले सरकार गरिबी, वेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध केन्द्रित भएको बताए । सरकार आर्थिक विकास र सामाजिक न्याय सहितको परिपूर्ण लोकतन्त्रलाई विस्तार सुदृढ गर्ने दिशामा अग्रसर रहेको भन्दै प्रधानमन्त्रीले सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नती गरेरै छाडे प्रतिबद्धता व्यक्त गरे ।

सन् २०३० भित्र दिगो विकास लक्ष्यहरु हासिल गर्ने अभियानमा सरकार रहेको प्रधानमन्त्रीको भनाई थियो । उनले सरकार हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गर्दै अवसरलाई गुम्न नदिन कटिवद्ध रहेको पनि बताए । यतिखेर सरकार समृद्ध नेपाल, सुखी नेपालीको ध्येयका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित छ ।

स्वदेश र विदेशका लगानीकर्ताहरुको संलग्नतामा आउँदो चैत महिना लगानी शिखर सम्मेलनको आयोजना गरिंदैछ’ प्रधानमन्त्रीले भने ।समृद्धि प्राप्तिको वर्तमान सहयात्रामा विदेशी मित्रहरुको समेत सङ्लनता हुने र लगानी शीखर सम्मेलन मार्फत विकास अभियानमा पनि पनि सहकार्य हुने अपेक्षा आफूले राखेको प्रधानमन्त्रीले बताए ।