ढोरपाटनको प्रदेश यात्रा

विगत १६ वर्षदेखी बागलुङ बजारलाई आफ्नो कर्मभूमि बनाई धौलागिरी अञ्चलका चार वटै जिल्लामा वितरण गरी नागरिकलाई प्रेसको पहुँचमा ल्याउन सफल ढोरपाटन दैनिक पत्रिका बागलुङ तथा ४ नं. प्रदेशको राजधानी पोखरावाट समेत प्रकाशन शुरु भएको छ । बागलुङ तथा पोखराबाट एकै पटक आफ्नो प्रकाशन शुरु गरेकोमा सर्वप्रथमतः नियमित स्तम्भकारको हैसियतले पत्रिकाको निख्तरता, जवाफदेहिता, निप्पक्ष र यथार्थपरक समचारमा आगामी दिनमा आफै निखारता प्राप्त गर्न सफल बनोस् भनि शुभकामना दिन चाहान्छु । मा पत्रिका प्रकाशन तथा समचार सम्प्रेषण गर्नु निकै चुनौतिपूर्ण कार्य हो । समाजमा रहेका अनेकौं विकृति, विसंगती, अन्याय, अत्याचार र भ्रष्टाचार अनि बेथितिका विरुद्ध मोफसलबाट आवाज मुखरित गर्नु अर्थात समचार सम्प्रेषण गर्नु निकै नै चुनौतीको विषय हो ।
ढोरपाटन पत्रिका पनि यि सबै आरोह र अवरोहका कैयन पहाड र समुद्रलार्य छिचोल्दै अहिलेको अवस्थामा आइपुग्नमा पक्कै नै यसका सम्पादक लगायतका सम्पूर्ण टिमहरुको प्रमुख भूमिकालाई नकार्न सकिदैन । बागलुङ बजार जस्तो सानो र मोफसलबाट नियमित पत्रिका प्रकाशन गर्नु निकै नै कठिन विषय हो । त्यसका बावजुद ढोरपाटन दैनिकका सञ्चालक तथा प्रकाशन मण्डलको अथक मेहेनत तथा प्रयासका कारण अहिले ढोरपाटन दैनिक पत्रिका प्रदेश नं. ४ को राजधानी पोखराबाट समेत प्रकाश हुन थालेको छ । नियमित पत्रिका प्रकाशनको व्यवस्थापन गर्नु निकै नै चुनौतीपूर्ण  विषय हो । एकातिर पत्रिका वितरणको माध्यमले जम्मा गरेको रकमले पत्रिका सञ्चालन गर्नु प्रायः असम्भव विषय होभने अझै हाम्रो जस्तो सञ्चारमााध्यमको पहँच जनस्तरसम्म नपुगेको र पत्रिकाको महत्व कम मात्रैले बुझेको स्थानमा नियमित पत्रिका प्रकाशन गर्नु गाह्रो विष्य हो । त्यसैमा पनि समाजमा रहेका अनेकत विकृति र विसंगति र जिम्मेवार निकायबाट बेला–बेलामा हुने अनियमितताको विषयमा समाचार संकलन र प्रकाशन गर्नु अझै कठिन विषय हो । यस्ता विषयमा अनेक समचार, लेख रचना प्रकाशन तथा प्रसारण गरेकै कारण पत्रिका सम्पादन मण्डल तथा लेखकहरुलाई कयन प्रशासनिक झमेला, धाक–धम्की लगायत डर–त्रासको अवस्था पनि बेला बखत नभएका हैनन् । तर पनि पत्रिका तथा पत्रकारहरुको दायित्व नै कसैको करकापमा नपरी यथार्थपरक समचार सम्प्रेषण गर्नु नै हो र ढोरपाटन पत्रिकाले आफ्नो जिम्मेवारी वहन गरिनै रहेको छ । शुरुको दिनको अनेक चुनौतीलाई पुरा गर्दै ढोरपाटन दैनिक पत्रिका सोह्र वर्षमा प्रवेश गरिरहँदा यसले आफ्नो प्रकाशनको कार्यक्षेत्रलाई समेत विस्तार गरेको छ । पत्रिका प्रदेश ४ को राजधानी पोखराबाट समेत प्रकारन शुरु भएकोमा लेखक तथा पाठकको हिसाबले हार्दिक धन्यवादसहित उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु । प्रदेशवाट समेत पत्रिकाको प्रकाशनको कार्य गरिरहँदा यस पत्रिकाले विगतमा जस्तै आगामी दिनहरुमा समेत आम पाठक वर्ग तथा विज्ञापनदाताको मन जित्न सफल बनोस् भन्ने कामना पनि व्यक्त गर्न चाहन्छु ।
मुलुक लोकतन्त्रहुँदै गणतन्त्रमा प्रवेश गरिसकेको अवस्थामा देशमा संघिय शासन व्यवस्था सञ्चालनमा छ । संघबाट प्रदान हुने नागरिकका सेवा सुविधा प्रदेश राजधानीबाट प्रदान भैरहेको अवस्थामा ढोरपाटन दैनिक पत्रिकाले आफ्नो प्रकाशनलाई प्रदेश स्तरमा पु¥याउन स्वभाविक नै हो । पत्रिका प्रदेश स्तरबाट प्रकाशन भैरहँदा हाम्रो जस्तो विकट जिल्लाका गाउँका कुना कन्दरका नागरिकहरुका पिरमर्का, दुःख कष्ट र दैनिक जिवनयापनमा भोग्नु
परको कठिनाईहरु मुखरित हुनबाट वञ्चित नबनुन् । प्रदेशभरिकै आम नागरिकका दैनिक जिवनयापनमा देखा पर्ने अनेक समस्या र समाधानको श्रोत बन्न सफल बनोस् ढोरपाटन दैनिक पत्रिका । मुलुकमा अनेकौं अनियमितता र भ्रष्टचार, बलात्कार, अत्याचारको खेती मौलाइरहेको अवस्थामा यस्ता घटनाहरुको चिरफार र रोकथामको आमनागरिकमा सारथी बनोस् ढोरपाटन दैनिक पत्रिका असहाय र निमुखाको आवाज बुलन्द गर्ने साधन बनोस् ढोरपाटन । त्यसैगरी अनेक कला अनि गला हुनेहरुको साधन र आवाजविहिन हरुको आवाज बनोस् ढोरपाटन दैनिक पत्रिका । लेखकको तर्फबाट पत्रिका र यसको सम्पादक तथा प्रकाशन मण्डलमा यहि शुभकामना ।