मलालाको संघर्ष

स्वात उपत्यकाबाट तालिवान खेद्ने अभियान थाल्नु अघि सेनाले व्यापक प्रचास प्रसार ग¥यो । दुई तर्फी भिडन्तमा पर्ने डरले मिङ्गोराका अधिकांश बासिन्दा शहर छाडेर गएका थिए । तीन महिनामा शहर भित्र बस्न लायक शान्ति स्थापना भए पछि जियाउद्दीनले परिवारलाई पुनः सवात उपत्यका ल्याए । तीन महिना आफ्नो शहर र घरबाट टाढा हुनु पनि मलालाका लागि डरलाग्दो सपना जस्तो भएको थियो । घर फर्कन पाउँदा उसलाई ज्यादै खुशी लागिरहेको थियो तर मिङ्गोरा शहर पहिलेको जस्तो भिडभाड थिएन । यो शहर पहिले जति जीवन्त थियो, त्यो जीवन्तता उसले पाइन । पहिला यही ठाँउमा यही बेला कस्तो ट्राफिक जाम हुन्थ्यो तर यो बेला ट्राफिक जाम थिएन । अझै पनि पाकिस्तानी सेना विभिन्न अग्ला ठाँउमा पोजिसन बनाएर बसेका दखिन्थे ।
मलालाका छिमेकीका कैयाँै घरमा गाली लागेका थिए तर उसको घरमा कुनै गोलीका दाग थिएनन् । उसको घरको टीभी चाहिँ चोरी भएको रहेछ । त्यसो त उसको घर मात्र होइन, छिमेकका कैयौँ बहुमूल्य बस्तु चोरी भएको थाहा पाई । मलालालाई सबैभन्दा बढी माया आफ्ना किताबको लाग्थ्यो । यत्तिका महिना उसले आफ्ना प्यारा किताबलाई छुन पनि पाएकी थिइन । ऊ घरबाट निस्कँदा ब्यागमा मिलाएर आफ्नो स्कुलका किताब राखेकी थिई । कसैले यसलाई हानी नपु¥याओस् भनेर घरबाट निस्कनुअघि कुरानका केही शब्द फुकेकी थिई ताकि कसैको बुरी नजर नलागोस् । उसले अल्लाहसँग प्रार्थना पनि गरेकी थिई, किताबलाई सकुशल राखिदेऊ, प्रभु भन्दै । नभन्दै किताबलाई केही पनि भएको थिएन । उसले किताब सुरक्षित राखिदिएकोमा अल्लाहलाई धन्यवाद दिई ।

उसलाई आफ्नो स्कुल के भयो होला भन्ने कौतुहल जागेको थियो । उसको अब्बासँग ए खुशहाल स्कुल पुग्दा ऊ प्रभु भन्दै । नभन्दै किताबलाई केही पनि भएको थिएन । उसले किताब सुरक्षित राखिदिएकोमा अल्लाहलाई धन्यवाद दिई । उसलाई आफ्नो स्कुल के भयो होला भन्ने कौतुहल जागेको थियो । उसको अब्बासँग ए खुशहाल स्कुल पुग्दा ऊ अचम्ममा परेकी थिई । उसको स्कुल पुरै रणसंग्रम थियो । खसिको टाउको काटिएको र त्यत्तिकै छरिएको देखिन्थे । कक्षाकोठा बिच्छे फोहोर देखिन्यो । स्कुलका भित्तामा गोलिको पर्रा लागेर दुलो पनि परेको थियो । स्कुलको कालोपाटीमा तालिवान बिरुद्धका नारा लेख्रिएका थिए । पाकिस्तान सेनाः जिन्दावादको नाराले पुरै कोठा भरिएका थियो ।
जियाउद्दिन आफ्नो अफिसमा छिरे त्यहाँ एउटा चिठ्ठी थियो । चिठ्ठी खोलेर पढ्दा त उनि छक्क परे । लेखिएको थियो तिमेरकै कारणले तालिवान स्वात छिरे । तिमेरका कारणले हाम्रा कयौं हुनहार शैनिक गुमाउनु प¥यो । जियाउद्दिनलाई दिक्क लाग्यो । उनले मलाला सँग गनगन गरे । हामिलाई सुरुमा तालिवानले प्रभाव पारे । त्यसपिछि मारे । अव अहिले आएर उल्टै सेनाले हमिमाथी दोश थोपरि रहेको छ । सन् २००९ को जुलाई २४ मा पाकिस्तानी प्रधानमन्त्री युसुफ राजा गिलानिले तालिवानलाई पुरै धपाईएको भन्दै घोषणा गरेका थिए । यस घोषणालाई मलालाले चाहिँ पत्याएकी थिईन । किन भने राजनीति गर्नेहरुले प्रायः सत्य बोलेको उसले पाएकि थिईन् । तर केही शान्ति भने उसले पाई । तर धेरैले यसलाई मुर्दा शान्ति भन्थे , जुन मलालालाई पनि ठिक लाग्थ्यो ।
स्वात उपत्यकामा भएको अप्रेसनको दौडान १२८ सेना र १६ सय बिद्रोहीहरु मारिएका थिए । तर फजुल्लाह र मुख्य मानिसहरु पक्राउ परेका थिएनन् । केही भन्थे, तिनलाई पाकिस्थानी जासुसी संस्था आईएसआईले सुरक्षा दिएर अफगानिस्थान पु¥यायो । फजुल्लाहको प्रबक्ता मुस्लिम खान र अर्को प्भावशाली सदस्य मोहमुदलाई चाहिँ जेलमा राखिएको थियो । यसैबिच राहतको कुरा चाहिँ मुल्लाह एफएम बन्द भएको थियो । शान्ति हुन थालेपछि सहरमा मानिसहरु बिस्तारै फर्कन थाले । अगस्त १ मा पुनः स्कुलको घण्टि बज्न थाल्यो । मलालाका लागि यो सबैभन्दा सुखद क्षण थियो । पुराना साथिहरु पुनः एकठाउँ भेट भएर गफिन थाले । को को कहाँकहाँ भागे, सबैको बेलिबिस्तार हुन थाल्यो । यसैबिचमा सबैलाई मलालालेनै बिबिसिमा गुल्मकैको नाउँमा डायरी लेख्ने गरेको कुरा थाहा भयो । केटीहरु चाहिँ त्यो डायरी वुवा जियाउद्दिनले लेखिदिएको ठान्दथे ।

यसबिच, अमेरीकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा पढेर आएकी सिजा सहिदले स्लामा बादमा बसेर नारी बृत्ति विकासका लागि काम गरिरहेकी थिईन् । उनले मलाला र उनका साथिहरुलाई युद्धको तनाव भुलाउन र उनीहरुले भोगेको पिडादायी घटना सुनाउन स्लामाबाद भ्रमणको निम्तो दिईन् । मलालाका लागिपनि साथिहरुसँगको यो यात्रा रोचक बन्न पुग्यो । सिजाले सबै केटीहरुलाई डायरी कसरी लेख्ने, पत्रकारीता कसरी गर्ने, लगायतका तालिममात्र दिईनन् प्रभावशाली महिला नेतृहरुसँग भेट पनि गराईदिईन । मलालाले जिन्दगीमा पहिलो पटक ‘म्याग्डोनाल्ड’ रेष्टुरेण्टमा खानाको स्वाद लिईन् । अन्य राम्रा राम्रा रेष्टुँरा पनि घुमि । यसबिच टेलिभिजनहरुमा अन्तरवार्ता पनि दिई । त्यसोत मलालाका साथिहरुपनि बोल्नमा पोख्त भैसकेका थिए । त्यसैलेत सिजाले पछि जियाउद्दिनसँग भन्थि अहो मैलेत एकजना मात्रै मलाला होलान भनेको त तपाईंको स्कुलमा मलालानै मलालापो रहेछन् । सिजालेनै सेनाका मेजर जेनेरल अथार अव्वासलाई भेट गराईदिइन् । उनि सेनाका प्रबक्ता थिए । उनिसँग मलाला र उसका साथिहरुले कयौं प्रश्न सोधे र अव्वासलाई उल्टै जिल्याईदिएका थिए । प्रभावित भएका अव्वासले मलालाकी प्रिन्सिपल म्याडम मरियम र मलालालाई आफ्नो भिजिटिङ कार्ड दिँदै भनेका थिए । तपाईंहरुलाई जस्तोसुकै सहयोग चाहिए फोन गर्नुहोला । सहयोग गर्न कन्जुस्याईं गर्ने छैन् । स्लामावाद भ्रमणको अन्तिम दिन स्लामावाद क्लवमा पत्रकारहरु पत्रकार सम्मेलन गरिएको थियो । आफ्नो अनुभव बाँड्दै गर्दा मोनिवा त घुँक्क घँुक्क रोएकी थिइ । मलालो पनि आँसु थाम्न सकिन् । स्वात फर्किँदा अव आफ्ना दुःखका दीन गएहोलान भन्ने मलालाले सोचेकी थिई तर उसले सोचेजस्तो भैदिएन् । घर फर्किँदा उसले आफ्नो अव्वाको अनुहार मलिन देखि । कुरा बुझ्दा स्कुल बन्द भएका बेलाको पैसा शिक्षक र कर्मचारीहरुले मागिरहेका थिए । उनिहरुको माग पनि जायजनै थियो । किनभने उनिहरको आम्दानीको एउटै बाटो स्कुलनै थियो । स्कुल बन्द भएको बेला ऋणपान गरेर जिवन धानेका थिए उनिहरले । झन यहि बेला एउटि शिक्षिका मिस हेराको बिहे हुन लागेको थियो । उनको बिहे खर्चको बाटोपनि यहि एउटा थियो । सबैलाई स्कुल बन्द भएका बेलाको दिनुपर्ने रकम दशलाख भन्दा बढि थियो । र यो रकमको लागि जियाउद्दिनसँग कुनै बाटो थिएन् । म्याडम मरियमलाई यो कुरा पनि थाहा थियो । त्यसैले जियाउद्दिन सँग सल्ला गरिन् । हामिले आर्मि सँग पैसा माग्दा के होला ? जियाउद्दिनलाई विश्वास थिएन् , तिनिहरुले के देलान र ? जियाउद्दिनले मरियमलाईनै यो मामिला सल्ट्याउने जिम्मा दिए । मरियामले एउटा ईमेल लेखिन् । जेनेरल अव्वासलाई । अव्वासले रावलपिण्डीस्थित सेना मुख्यालय घुम्न जाँदा जे परेपनि भन्नुहोला सक्दो सहयोग गर्छु भनेका थिए । मरियमले स्कुल बन्द हुँदाको समस्या र कर्मचारीलाई खुवाउनु पर्ने तलवको बारेमा बताउँदै आवश्यक परेको ११ लाख रुपैयाँ माग गरेकी थिईन् ।

आश्चर्यः जेनर अव्वासले पैसा पठाईदिए र सबै कर्मचारीहरुले तीन महिनाको रकम एकमुष्ठ हात पारे । त्यो बेला सबैको अनुहार खुसी छाएको देख्दा मलाला पनि खुसी भएकी थिई । अझै मिस हेराले आँखाभरी आँसु पारेर जियाउद्दिनलाई धन्यवाद भनेको देख्दा मलालाका आँखा पनि रसाएका थिए । स्वातमा अझै आतंक जारीनै थियो । जियाउद्दिनका एकजना साथि, अकिल स्वात होटल एसोसिण्टका सदस्य जाहिद खानलाई नोबेम्वरको एक रात तालिवानले एम्बुसमा परेका थिए । तर उनको ज्यान जोगीयो । डेसेम्बर एक २००९ मा स्थानिय राजनीतिक नेता डा. शमशेर अलि खानलाई त आत्मघाति बममा मारिएको थियो । यसबिच जिल्ला बाल सांसद स्वातको निर्वाचन गरियो । मलाला सभामुखकको रुपमा निर्वाचित भै । उसलाई सभामुख महोदय भनेर अरुले सम्बोधन गर्दा मज्जा लागेको थियो । यो सांसद एक बर्षका लागि हुन्थ्यो र प्राय हरेक महिना बैठक हुने गर्दथ्र्यो । बैठकले बालहितका लागि बिभिन्न घोषणा पत्र जारी गर्दथ्यो । यसबिच, मोनिवा, आयशा र उसले पत्रकारीता तालिम पनि लिए । तालिम लगत्तै मलालाको स्कुले जाँच सुरु भयो । यस पटक मलिका एनुरलाई मलालाले जिती । थोरै अन्तरका साथ जितेकी थिई मलालाले । मलिका एनुर पिलपिल गर्न थाल्दा म्याडम मरियमले भनेकि थिईन् । तिमी खाली पढाईमा मात्र सिमित छेउ । मलालाको जस्तो तिमी पनि अन्य अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिने गर ।

वास्तवमा मनिका एनुरकी आमा अलिपारम्परीक थिईन् । उनी खेलकुदमा भाग लिएको, बाहिरी अन्य गतिविधिमा सकृय भएको रुचाउँदिन थिईन् । अनि मलिका एनुर पनि आफ्नी आमालाई खुसी बनाउन बढी मेहनत गर्थि, आफ्नो मनले मागेका कुरा भन्दा पनि उसको आमाको रुचिमा ध्यान दिन्थी । अतिरिक्त गतिबिधिले पढाईमा बाधा गर्छ भनेर मलिका एनुरलाई सम्झाउँथिन् । त्यसैले पनि उ बाहिरी गतिविधिमा ध्यान दिन्न थीई । तर नूरलाई सम्झाउँदै म्याडम मरियम भन्थिन्, पाठ्यपुस्तक जति महत्वपूर्ण छन्, उति नै अतिरिक्त क्रियाकलाप पनि । तिमी मलालाजस्तै अन्य कुरामा पनि ध्यान देऊ ।

जुलाई २०१० मा मलाला १३ वर्षकी भई तर त्यो बेला स्वात उपत्यकामा ठूलो बाढी आयो । यति ठूलो बाढी त कहिल्यै आएको थिएन भनेर बूढापाका भन्थे । मलालाको पूरै स्कुल डुबेको थियो । स्वात उपत्यकाका ४२ वटा पुलहरुमध्ये ३२ पुल बगेका थिए । सडक हेर्दाहेर्दै ध्वस्त भएका थिए । मलालाको स्कुलमा भएको क्षतिलाई मिलाउन जियाउद्दीनलाई ९० हजार श्रृण लागेको थियो । बाढीका कारण २ हजार मानिसहरु मरेका थिए । १४ लाख मानिसहरु प्रभावित त भए नै ७ हजार स्कुल क्षतिग्रस्त भएका थिए । यो बाढीका कारण संयुक्त राष्ट्रसंघका अध्यक्ष बान कि मुनले बक्तव्य निकालेर स्लो मोसनको सुनामी भएको घोषणा गर्दै संसारभरका मनकारीहरुलाई सहयोग गर्न आग्रह गरेका थिए ।

पहिला भूकम्प गएर यहाँका बासिन्दाको उठिबास लगाएको थियो, त्यसपछि तालिबान आएर मान्छेलाई ज्यूँनु न मर्नु पारेका थिए, त्यसपछि सेनाको अपरेशनले पनि यहाँका बासिन्दाले दुःख पाए अब अहिले जब मान्छेहरु बिस्तारै उठ्न खोज्दै थिए, ठूलो बाढीले सबै तहसनहस पारिदियो । यस्तो तहसनहसमै हो, तालिबानले फाइदा खोज्ने । यो बाढीले पु¥याएको क्षतिका बेला सरसहयोगका हातहरु बढ्न थाले । स्वयं जियाउद्दीन र उनको संस्था मिलेर पैसा उठाएर बाढीग्रस्त क्षेत्रमा सहयोग पु¥याए तर त्यति सानो सहयोगले के हुन्थ्या र । इस्लामावादकी मनकारी शिजा पनि सहयोग गर्न मिङ्गोरा आइन । यसबीचमा सहयोग गने भनेका अतिवादी इस्लामी समूह नै थिए । जहाँ मानिस र सहयोग पुग्न सक्तैनथे, त्यहाँ पुगेर तिनले सहयोग गर्थे । यस्तो पीडाका बेला भने राष्ट्रपति फ्रान्सको भ्रमणमा थिए । मलालाले अब्बालाई सोध्थी, म त कुरा कुरै बुझिदनँ अब्बा, हाम्रा राजनीति गर्नेहरुलाई यस्तो बेला सहयोग गर्नुपर्छ, सान्त्वना दिनुपर्छ भन्ने बुद्धि पलाउँदैन ? जियाउद्दीन भन्थे, जानी, म पनि उनीहरुका कुरा बुझ्दिनँ ।
इस्लामी समूहपछि सहयोग गर्नेमा पाकिस्तानी सेना पथ्र्यो अमेरिकी पनि सहयोगका लागि आइपुग्थे । तालिबानका लागि यस्तो सङ्कट आफ्नो प्रभाव जमाउने बाटो थियो । उनीहरु भन्थे, अंग्रजी नयाँ वर्षको बेला तन्नेरीहरु गीतसङ्गीतमा रमाएको हुनाले ईश्वरले सबैलाई चेतावनी दिन यो बाढी पठाएका हुन् । केहीले पत्याउँथे पनि । धन्न त्यो बेला मुल्लाह एफएम थिएन, नत्र यो हल्लालाई उनीहरुले ठूलो औजारको रुपमा प्रयोग गर्ने थिए । यसबीच, तालिबानले स्वात विश्वविद्यालयका उप कूलपति डा. मोहम्मद फारुखलाई अफिसमै गाली हानी हत्या गरिदिएका थिए । उनी इस्लाम धर्मका ज्ञाता थिए । जमाते इस्लामी पार्टीको पूर्व सदस्य पनि थिए । उनी तालिबान विरुद्ध कुनै पनि किसिमको आलोचना गर्न डराउँदैन थिए । उनलाई तालिबानले छाडेनन् । यस्तो अवस्थामा मलालाको मन झनै कडा हुन्थ्यो र भन्थ्यो, मैले नेता नै हुनु छ । यो देशमा गतिलो नेता नभएका कारण पनि जनताले दुःख पाएका हुन् । (अच्युत कोइरालाद्वारा लिखित मलाला पुस्तको अंश)