छन्त्याल सिदार्थले जित्यो कालिका कप उपाधि

बागलुङ, ३ वैशाख – प्रसिद्ध बागलुङ कालीका मन्दिमा आयोजित मेलामा जारी खुला कालीका कप पुरुष भलिबल प्रतियोगिता छन्त्याल सिद्धार्थ चस्मा घरले उचालेको छ । चैतेदशै मेलाको अवसरमा गुठी व्यवस्थापन समितिले आयोजना गरेको प्रतियोगिताको फाइनलमा नेपाली सेनाको टिमलाई जितेर उसले उपाधि उचालेको हो । सोमबार दिउसो भएको फाइनल खेलमा नेपाली सेनाको २३ नम्बर बाहिनीलाई छन्त्यालले सोझो सेटमा हराएको थियो । चैतेदशै मेलाको अवसरमा बागलुङ भगवती गुठी व्यवस्थापन समितिले खुला भलिबल प्रतियोगिता आयोजना गरेको थियो । छन्त्यालले २५–१९, २५–२२, र २५–१८ को सेटले आर्मीलाई हराएको हो ।

कप जितेको छन्तयालले १ लाख ५१ हजार नगद, कप, मेडल र प्रमाणपत्र पायो । दोश्रो हुने आर्मीले १ लाख रुपैयाँमा चित्त बुझायो । सोमबारै भएको अर्को खेलमा काठेखोला गाउँपालिकालाई हराएर अनेरास्ववियु बागलुङले तेस्रो पुरस्कार जित्यो । उसले ५० हजार नगद पुरस्कार पाएको खेल व्यवस्थापन समितिका सदस्य मनबहादुर थापाले बताए । प्रतियोगिताका लागि ८ टिमले भाग लिएका थिए । प्रतियोगितामा उत्कृष्ठ खेलाडीमा आर्मीका ओमकार थापा घोषित भए । त्यस्तै अनुशासित टिममा काठेखोला गाउँपालिका घोषित भयो । उनीहरुले ५÷५ हजार नगद पुरस्कार पाए ।