गल्कोटमा बाढीको कारण ५ करोड बराबरको छेती

३ सय रोपनी खेतीयोग्य जमिनमा बाढी

बागलुङ, ३ वैशाख – गलकोटमा आइतबार देखि भिषण बर्षा भएको थियो । बर्षाका कारण गलकोट नगरपालिकामा करिब ५ करोड बराबरको क्षेति भएको छ । ३ सय रोपनी खेतीयोग्य जमिनमा बाढी पसेको छ । गलकोट नगरपालिका बाड नम्बर १ ददिलाभाटिमा बढि क्षति पुगेको छ भने गलकोट नगरपालिकाका करिब २ दर्जन बढि घर बाढीकाकारण बिस्थापित भएका छन् । बाढिले बस्ती जोखीममा पर्दा सामान्य तटबन्ध गर्न करिब १ करोड ५० लाख लाग्ने गलकोट नगरपालिकाले जनाएको छ । त्यस्तै गलकोट नगरपालिकामा प्राप्त बिबरण अनुसार करिब १ करोड बराबरको कृषि उपज तथा पशुचौपायहरु, करिब ५० लाख बराबरको खानेपानी, ५० लाख बराबरको लुघ जलबिद्युत गृह, २० लाख बराबरको सिचाँइकुलो तथा ग्रँमीण सडक अबरुद्ध हुदा १ करोड बराबरको क्षति पुगेको छ ।

खोला आसपासमा रहेका तटिय क्षेत्र,हटिया बजार, नरेठाटी बजार तथा अन्य बजार क्षेत्र समेत जोखिममा परको छन् ।नयाँ वर्षको दिनको भीषण असिना पानी सहितको बाढीले गलकोट नगरपालिकाको दुदिलाभाटि, नरेठाँटि हटिया लगाएतका क्षेत्रमा भएको प्राकृतिक बिपत ब्यबस्थापनको लागी गलकोट नगरपालिका बिपद ब्यबस्थापन समितीको आयोजनामा सर्ब्दिलय आकस्मीक बैठक सोमवार सम्पन्न भएको छ । बैठकले गलकोट नगरपालिकामा भएको बिपतको ब्यबस्थापन बिस्थापित तथा प्रभाबितलाई राहात सहयोग गर्न बिपत ब्यबस्थापन कोष सञ्चालन गर्ने निणय गरेको छ । गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे र उपप्रमुख रेनुका काउचाले १÷१ महिनाको भत्ता तथा सुबिधा उत्त कोषमा जम्मा गरि बिपत ब्यबस्थापन कोष सुरु गरेका छन ।

उत्त खातामा गलकोट नगर्पा्लिकाका सम्पुर्ण जनप्रतिनिधीले एक महिनाको सुबिधाको न्यूनतम ३० प्रतिशत जम्मा गर्ने, गलकोट नगरपालिका क्षेत्रमा कार्यरत कर्मचारीको बैठकबाट उत्त कोषमा राहात सहयोग गर्ने, र अन्य संघ सस्था, देश बिदेशमा रहेका ब्यक्तीबाट सहयोग संकलन गरि बिपतमा रहेका ब्यक्तिलाई अपिल गर्ने निर्णय भएको छ । गलकोट नगरपालिकामा असिना पानीबाट प्रभाबितलाई सहयोग गर्न गलकोट नगरपालिकाको बिपद ब्यबस्थापन कोष र्माफत एकद्धार प्रणालिमा गरिने भएको हो । बैठक गलकोट नगरपालिकाका नगर प्रमुख तथा बिपद ब्यबस्थापन समितिका सयोजक भरत शर्मा गैरेको अध्यक्षता, प्रशासकिय अधिकृत तुल बहादुर बिकको सञ्चालनमा सम्पन्न् भएको थियो ।