बेलगाम नेता वाणी

नेपाली राजनीतिको कुरुप पक्ष भनेकै नेताको वाणी हो, नेताले जे सिकाइरहेका छन् भूईंतहसम्म तिनका कारिन्दा त्यहि भाषा र शैलीलाई आत्मासाथ गरी नेताप्रतिको वफादारिताको लयमा आफुलाई उभ्याईरहेका छन् । राजनैतिक नाफा घाटाको व्यापारमा असभ्य, अशोभनीय भाषा जब एक नेताले अर्को नेतालाई प्रयोग गर्छ त्यसले उसका पछि उभिएका कारिन्दाले त्यहि भाषा, शैलीलाई सिको गर्छ र त्यसले समाजमा भ्रम, अराजकता, उदण्डताको निर्माण गर्छ । जनतालाई थाह छ तिनको निरिहताको घोडा चढेर चतुर नेता राजनैतिक नाफा घाटाको व्यापार गर्छ, समाजमा पैmलिएको उदण्डता, अराकता र भ्रममा पद, प्रतिष्ठा र पैसाप्राप्तिको रोटी सेक्छ । २०४६ सालपछिको नेपाली राजनीति र नेतालाई पछ्याईरहँदा तिनले निर्माण गरेको भाषा, शैली, आवेग, उदण्डता र अराजकताले राजनीतिको शौन्दर्यता पुरै विलुप्त भएको छ ।

जहाँ पुग्नुपर्ने हो, जहाँ उभिनु पर्ने हो र जस्तो हामी उभिनु पर्ने हो त्यसमा केही अंशमात्र हामीले प्राप्त गर्न सकेका छौं । विकास र निर्माणको नाममा उत्तरआधुनिकवादको भद्दा नक्कलमा फसिरहेको हाम्रो राजनीति, हाम्रो भाषा, हाम्रो लवज, हाम्रो सभ्यता, हाम्रो संस्कृति, हाम्रो दैयन्दिनी त्यसले हामीलाई निलिरहेको छ, उत्तरआधुनिकतावादको फेर समातेर हामी जीवनको सुन्दर लय निर्माण गर्ने भ्रममा बाँचिरहेका छौँ । पञ्चायतले जस्तै बहुदल र गणतन्त्रले पनि हामीलाई ठगिरहेको छ । जीवनको सुललित लयको लोरी गाएर राणा र पञ्चायत आफुलाई देवताको औतार करार गरिरन्थे जब एकदिन तिनका मनको अन्तरमा जीवित शैतान सतहमा उत्रियो तिनको अन्त भयो राणा र पञ्चायतका मलामी काँग्रेस र संसदीय व्यवस्थालाई आत्मासाथ गर्ने कम्युनिष्टहरुले पुनः त्यही राणा र पञ्चायतकालिन लोरी गाएर हाम्रा आस्थाको व्यापार गरिरहेका छन् । व्यापारको यो शिलशिलामा तिनले प्रयोग गर्ने भाषा, तिनको शैली र त्यसको अन्र्तयमा निहित कुरुप सोचले नेपाली समाजको भविष्यको सुखद स्वरुपलाई निशेध गरिरहेको देखिन्छ ।

नेपालको संविधान २०७४ को प्रस्तावनामा समाजवादको खम्बा गाडेर हाम्रा अगुवाहरु ती अतितकालीन दुःखको व्याख्या गर्दै त्यसको हिसाब उठाउनमा व्यस्त छन् आजपनि, तिनको अन्तरको अभिष्ट शीर्पm पद, प्रतिष्ठा र पैसा मात्र देखिन्छ । पद, प्रतिष्ठा र पैसाका लागि देशको नेतृत्व गर्ने अगुवाहरु हिन्दी सिनेमाको खलनायक शैलीको लवजमा आफुलाई प्रस्तुत गरिरहेका छन् । नागरिक मतको न सत्तालाई महत्व छ न विपक्षलाई ती शीर्पm आरोप प्रत्यारोपको दुन्दुभि मच्याईरहनमा आनन्दानुभुति लुटिरहेका छन् । नागरिक मतको सम्मान र त्यसको गरिमाको ख्याल गर्नुपर्नेहरु केवल सञ्चार माध्यममा आरोप प्रत्यारोप र मपाइत्वलाई जीवनको दर्शन बनाउन मग्न छन् कारण फेरी पनि नेपाली समाजमा थुप्रो असन्तुष्टि, वितृष्णा, आवेग र विद्रोहले उभिने स्थान बनाईरहेको छ ।

वर्तमान ओली नेतृत्वको सरकारप्रतिको आम नागरिकको आशा, भरोशा, विश्वास त्यसको निधारमा जर्बजस्त असफलताको तिलक लेपन गर्न कम्मर कसेर लागेका विपक्षीहरु र स्वयम् अफवाह र असम्भव विकासे नारा लगाएर असफलताको पगरी गुथीरहेको सरकार र नेकपाका नेताहरुको काम गर्ने शैली त्यसले नेकपालाई ओराली झारिरहेको देखिन्छ । भाषणमा अल्झिरहेका प्रधानमन्त्री ओली र तिनको तिलस्मी जादुगरी लबज तिनको आभुषण हो भन्दा फरक परोइन, ती जति तिलस्मी र जादुगरी भाषामा आफुलाई प्रस्तुत गर्छन् तिनको करनी र कथनीकाबीच वर्तमान सरकारले निर्माण गरेको भीमकाय खाडलको एकछेउमा उभिएको नागरिक विस्मातभाव्ले जीवनका अतितकालिन दिनहरुको स्मरण गरिरहेको छ, २०४६ सालपछि बेलगाम शैलीमा ओली बाजे किस्सा पस्किरहेका छन्, नागरिक तिनका किस्साको यतिधेरै प्रशंसक बनिरहेका छन्, अभाव, भोक, दरिद्रता, रोग, शोकमा बाँचिरहेका नागरिकका लागि ओली वाणी अमृततुल्य छन्, ती आँपका रुखमुन्तिर उभिए आँप विदेशीलाई बेचेर सुख किनिदिन्छु भन्छन् बबुरो नागरिक मख्ख, सुन्तलाको रुखमुन्तिर उभिए सुन्तलाको जुस निकाल्ने उद्योग खोलेर बेरोजगारलाई रोजगारी दिन्छु भन्न किमार्थ ढिलो गर्दैनन् बेरोजगारले किलकिले समातेर एकबारको चोला बेताल नाचिरहेको बेरोजगार युवक उ हुर्रे शैलीमा ताली बजाउन मग्न देखिन्छ, ताल तलैया र नदिखोलाका छेउमा उभिए ती पानी जहाजका मुहुनीदार किस्सा झिकेर तालीका पर्रा पट्काईदिन्छन्, ओली जहाँ टेक्छन् त्यहाँ तिलस्मी विकासे वाणी गुञ्जन्छन् यो ओली दैयन्दिनी हो, यहि दैयन्दिनीका एकछेउमा छन् सरकारका कटुवाले मन्त्री गोकुल बाँसकोटा, अच्छा खास्सा ज्युडालका कटुवाल सापको भाषा शैली त्यो ओलीवाणीलाई पनि फिक्का साबित गर्ने खालको छ, एजेण्डाबिहिन काँग्रेसका नेता, कार्यकर्तालाई सामाजिक सञ्जालमा रत्यौली खेल्ने व्ययवस्थापनमा माहिर उनी एजेण्डा र कामविहिन वेरोजगार काँग्रेसीहरुको लागि दिनचर्या व्यतित गर्न कटुवाल सापले राम्रै भूमिका खेलिरहनु भएको छ । जीवनका महत्वपूर्ण संवत्सरहरु पत्रकारितामा व्यतित गरेका मुन्छेको भाषा, शैली हेर्दा ती मन्त्री कम हाँस्यकलाकार बढी देखिन्छन् । चौतर्पिm रुपमा सरकारको आलोचना भइरहेको समय हरेक दिन नयाँ नयाँ उपद्रो गर्ने सरकारी मुन्छेहरुको फेहरिस्त सामाजिक सञ्चालमा टाँस्सिईरहेका छन् र सरकार हरेक विषयवस्तुलाई मजाकको रुपमा ग्रहण गरिरहेको छ ।

मुलुक यतिबेला रत्यौलीको हो हो र हा हा जस्तो बनिरहेको छ । प्रमुख प्रतिपक्ष उसँग एजेण्डा के छ मुलुक निर्माण गर्न ? परम्पराको फेरसमातेर पुराणको बैतरणी शैलीमा उ राजनीतिको नदि तर्ने र सत्ताको कुर्चिमा विराजमान भएर फरमान जारी गर्ने सपना देखिरहेको छ नागरिकमाथी । काँग्रेससँग जीवनमा गाउनको लागि त्यहि थोत्रो लोरी मात्र जीवित छ जुन उ जन्मेदेखि आजपर्यन्त शीर्पm गाउनको लागि गाईरहेको छ, काँग्रेसको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्ने यो लोरीको मानकमा उसको जीवनको अतितलाई तुलना गर्दा त्यो पुरै अक्षरमाथीको घोर अन्याय र मजाक हो । काँग्रेसको जीवनमा न कहिल्यै राष्ट्रियता दुखेको छ, न कहिल्यै प्रजातन्त्रले बास गरेको छ न कहिल्यै ती समाजवादी बन्ने प्रयत्नमा लागेका छन् ती केवल शब्दसँग राजनीतिको थर्किमा लङ्गुरबुर्जा खेलिरहेका छन् र मुलुकलाई ती राणा काँग्रेसले फालो, पञ्चायत काँग्रेसले फालो र राजा पनि काँग्रेसले फालो त्यसैले काँग्रेसले शासन गर्न पाउनु पर्छ भन्ने भ्रम बाँडेर भातपानीको जोहोमा मग्न देखिन्छन् । शेरबहादुर देउबादेखि युवा नेता भनिने विश्वप्रकाश र गगन थापासम्म आउँदा ती केवल मुखियाली शैलीका आदेश, सस्ता हिन्दि सिनेमाका खलनायक शैलीका दौडाहा र असभ्य भाषा प्रयोग गरेर सत्ताको तिर्सनालाई मेट्ने उपक्रममा छन् । तिनका मनमा मुलुक बने हाम्रो सत्तारोहणको सपना चकनाचुर हुन्छ भन्ने भ्रम शिवाय अर्थोक रित्तो छ । निर्वाचनबाट अनुमोदित सरकारले निर्वाध काम गर्न पाउनु पर्छ भन्ने सामान्य चेतनालाई बलात् लात हानेर काँग्रेस सडक, सदन र सामाजिक सञ्जालमा सरकार विरुद्ध अफवाह पैmलाउन मग्न देखिन्छ । काँग्रेसले हेक्का राख्नुपर्ने जनअनुमोदित सरकारका हरेक क्रियाकलापलाई नकरात्मक पाइन लेपेर सरकारको शाख गिराउनुको परिणाम स्वयम काँग्रेसको जीवनमा थप ग्रहण लाग्नु हो, नागरिक ती चेतनाको आलोकमा काँग्रेसको चिन्तन, सोच, दृष्टिकोण, लक्ष्य भन्दा धेरै माथी पुगिसकेका छन्, तिनलाई सत्ताको राजनीतिको बारे सायदै बुझाईरहनु पर्ला । राजनीति केवल मारामार, काटाकाट, घृणा, आवेग, आरिश मात्र हैन भने २०४६ सालदेखि २०७४ सालसम्मको राजनीतिक अस्थिरताबाट मुक्ति खोजिरहेका नागरिकको सम्मान गर्नु सरकारी कम्युनिष्ट र काँग्रेसको पहिलो दायित्व हुनेछ । चेतना भया !