नगर शिक्षा समितिद्धरा नगरका ८ विद्यालयको घटुवा, ६ विद्यालयको स्थगमन

बागलुङ, ५ वैशाख – बागलुङ नगर शिक्षा समितिमार्फत गरिएको अध्ययनले न्युन बिद्यार्थी संख्या भेटिएको बिद्यालयहरु चालु शैक्षिक बर्षका लागि स्थगन गरिएको छ । आगामी बर्षसम्म बिद्यार्थी संख्या बढाएर तोकिएको मापदण्डमा पुग्ने अवस्था आएमा फिर्ता हुने र अन्याथा खारेज हुने गरी स्थगनको निर्णय गरिएको नगरपालिकाका श्रोतव्यक्ति ढकबहादुर पुनले बताए ।
कक्षा १ मात्र चलेको स्थानमा कम्तिमा छ जना, १ देखि ३ सम्म चलेको स्थानमा कम्तिमा १५ जना र १ देखि ५ कक्षासम्म चलेको स्थानमा कम्तिमा २५ जना बालबालिका भएमा संचालन गर्न शिक्षक दरबन्दी दिने नगरपालिकाले निर्णय गरेको पुनले बताए । त्यो भन्दा साह्रै न्युन बिद्यार्थी भेटिएमा स्थगन गरेर शिक्षकलाई अन्य बिद्यालयमा खटाइएको उनले जानकारी दिए ।

पुनका अनुसार, नगरपालिकाको वडा नं. १३ को आदर्श प्रावि, वडा नं. १२ को कोटभैरव, कृष्ण प्रावि र कालीगण्डकी प्राविलाई स्थगन गरिएको हो । त्यस्तै बानपा ६ सिमको भगवती प्रावि, वडा नं. १० को जनता प्रावि पनि स्थनमा परेको हो । त्यस्तै नगरपालिकाले ८ वटा बिद्यालयको कक्षा घटुवा गराएको छ । दुईचार जना बालबालिका भएका बिद्यालयलाई पनि कानूनी रुपमा खारेजी नगरी स्थगन गरेर बिद्यार्थी खोजी गरेर पढाइ संचालनको अवसर दिने योजना अनुसारकै निर्णय भएको नगरप्रमुख जनकराज पौडेलले बताए ।

स्थगन गरिएका बिद्यालयहरुको सम्पत्ति भने वडा कार्यालयालई रेखदेख गर्न आग्रह गरिएको छ । स्थगन भएका विद्यालयका विद्यार्थीलाई भुगोलका हिसाबले पायक पर्ने अर्को विद्यालयमा व्यवस्थापन गरिने र शिक्षक कर्मचारीलाई जगेडा राखी काजमा खटाईने पौडेलले बताए । घटुवा भएका कक्षामा पढ्ने बालबालिकालाई पायक पर्ने विद्यालयमा नै व्यवस्थापन गरिने छ ।
बिद्यालय स्थगन भएपछि कार्यरत स्थायी शिक्षक र कर्मचारीलाई नजिकका बिद्यालयमा काम गर्न खटाएको उनले बताए । ‘जुन बिद्यालयमा धेरै बिद्यार्थी छन्, ती बिद्यालयमा काम गर्न पठाएका छौं’ स्रोतव्यक्ति पुनले भने, ‘केही समयमा बैज्ञानिक रुपमा शिक्षक दरबन्दी मिलान पनि गरिने छ ।’ पुनका अनुसार, वडा नं. ८ को भैनडाँडा आधारभूत बिद्यालयलाई कक्षा ६, ७ र ८ खारेजी गरेर प्रावि बनाइएको छ ।

त्यस्तै वडा नं. ६ को सदाशिव प्राविको कक्षा ४ र ५ घटुवा भएको छ । ज्योतीपुष्ष प्रावि र बसुन्धरा प्राविको कक्षा ४ र ५ काटिएको हो । त्यस्तै रानीभूमी प्रावि, बराह प्रावि, माछापुच्छ«े प्रावि लगायतमा समेत कक्षा ४ र ५ हटाएको हो । सरस्वती सामुदायिक प्राविको भने कक्षा १ मात्र राखिएको हो । अब ती बिद्यालयमा बालबिकास केन्द्र मात्र संचालन हुनेछन् ।