बडिगाडमा जिप दुर्घटना हुँदा ३ जना गम्भिर घाइते

बाग्लुङ ,६ बैशाख  – बाग्लुङको बडिगाड गाउँपालिकाको  राक्सेमा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । निसिको  झिवाखोलावाट वुटवलको लागि छुटेको ग १ ज ७०७२ नम्बरको नम्बरको जीप  मध्यपहाडी लोकमार्ग छेउको विद्युत पोलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइतेमध्ये निसिखोला घर भइ हाल वुटवल वस्ने वर्ष २५ का उषा शाही, निसिखोला ४ का २९ वर्षकी शोभा चन्द र ६३ वर्षका चन्द्रलाल शर्माको अवस्था गम्भीर रहेको प्रहरी चौकी खर्वाङका प्रमुख प्रहरी सहायक निरिक्षक मनबहादुर कार्कीले बताए ।

 दुर्घटनामा वुटवल ११ का २६ वर्षिय गीता चन्द थापा, सोहि स्थानका ३ वर्षिय सदीक्षा थापा, निीिखोला ४ का ९ वर्षिय निसा चन्द, सोहि स्थानका १२ वर्षिय सक्षम रेग्मी, ३५ वर्षिय पुरन बुढा मगर, १८ वर्षिय इश्वरी प्रसाद पौडेल, ५ वर्षिय तेज कुमारी रेग्मी, निसीखोला गाउँपालिकाका वडा नं. ३ का १८ वर्षिय निरज शाही र चालक बडीगाड गाउँपालिका वडा नं. १ का रिम थापा घाईते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको खर्वाङमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।