निसिखोलामा जलेर ३ वर्षिय बालकको मृत्यु

बागलुङ, ७ वैशाख – बागलुङको निसीखोलामा गोठमा आगलागी हुँदा एक जना बालकको मृत्यु भएको छ । निसीखोला गाँउपालिका–२ छरछरेका स्थानीय बासिन्दा बिमल सुनारको गोठमा आगलागी हुँदा उनको ३ वर्षिय छोरा विशाल छोराको मृत्यु भएको छ । विहान ९ बजेको समयमा आमा करेसा बारी गएको अवस्थामा मृतक विशाल सुनार र उनको ५ वर्षिय दाई विनोद सुनार खेल्ने क्रममा भाई विशाल सुनारको मृत्यु भएको वाडका अध्याक्ष कुविर वि.कले जानकारी गराएका छन् । आगोलाई स्थानीयले नियन्त्रणमा लिएका छन्। घटना पश्चात इलाका प्रहरी कार्यालय झिवाखोलाको प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।