सरसफाईमा साथ दिन नगरप्रमुख सडकमा

बागलुङ, ९ वैशाख – बिद्यार्थीहरुले फोहोर उठाउने र सरसफाईको काम गरिरहेका स्थानमा बागलुङ नगरप्रमुख जनक पौडेल सडकमै गएका छन् । बजारका चोकचोकमा थुप्रिएको फोहोर उठाइरहेका बिद्यार्थीलाई साथ दिन उनी सडकमा पुगेका हुन् । उनले तीन महिना देखि सरसफाईको काम गरेका बिद्यार्थीलाई साथ दिने पनि बताए । चिल्ड्रेन लाईफ बोर्डिङ र धौलागिरी बहुमुखी क्याम्पसका केही बिद्यार्थीले नियमित फोहोर उठाईरहेका थिए ।

नगरपालिकामा कार्यरत एक जापानी स्वयंसेवकले पनि उनीहरुको साथ दिएर सफाई अभियान गरिरहेकी छिन् । ती बिद्यार्थीहरुले कालिका पानीको जार काटेर ३ सय बढी डस्बिन बनाएर पोलपोलमा राखिसकेका छन् । नगरपालिका प्रमुख जनकराज पौडेलले बिद्यार्थीको अभियानलाई सहयोग गर्ने प्रतिवद्धता जनाएपछि सफाई अभियानले गति लिने आशा पलाएको एक बिद्यार्थी सिता सापकोटाले बताईन् । फोहोर उठाएकै स्थानमा पुगेर पौडेलले कर्मचारी संन्यत्रमार्फत गरिएको फोहोर मैला संकलनबाट आफू सन्तुष्ट नभएको टिप्पणी पनि गरेका थिए ।