दिलगंगा पुरस्कार दिइने

बागलुङ, १० वैशाख – दिलगंगा प्रधान स्मृति कोषले ५० बर्ष अगाडिको बागलुङ अध्ययन र शैक्षिक जागरण ल्याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ । तत्कालिन समाजको अवस्था रुपान्तरण गर्न योगदान पु¥याएका पृथ्वी नारायण क्याम्पस पोखराका पूर्व उपप्राध्यापक अधिवक्ता तथा पूर्व कानुन न्याय तथा समाजकल्याण राज्य मन्त्री राधेश्याम कमारो र उत्तरगंगा माविका पूर्व अध्यक्ष तथा निसीभुजी क्याम्पसका संस्थापक धिरप्रताप सिंहलाई सम्मान गर्ने भएको हो ।

लेखानी मावि र विद्यामन्दिर मा.वि मा २०६४ सालको एस.एल.सि परिक्षामा उच्चतम अंक ल्याउने विद्यार्थीहरुलाई पनि पुरस्कार प्रदान गर्ने कोषका अध्यक्ष साहित्यकार काजी रोशनले बताए । रोशनको अध्यक्षतामा वसेको वैठकले उक्त निर्णय गरेको हो । आगामी २०७६ वैशाख १८ गते हुने कार्यक्रममा उक्त सम्मान र पुरस्कार अर्पण गरिने छ ।