निसीखोलामा निशुल्क शिविर

बागलुङ, १३ वैशाख – निसीखोला गाउँपालिकामा दुईदिने बृहत निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । कर्मफ्लाईट्स फाउन्डेसन पोखरा नेपाल तथा निसीखोला गाउँपालिकाको संयुक्त आयोजनामा संचालित उक्त शिविरको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले उद्घाटन गरेलगत्तै पहिलो दिन नै ६ सय ३७ जना विरामीले स्वास्थ्य सेवा लिएका छन् ।

शिविरमा वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. सुबिन व्यन्जनकार, नाक कान घाँटी विशेषज्ञ डा. आकाशमणि भण्डारी, स्त्रीरोग विशेषज्ञ डा. सरिता गुरुङ, मेडिकल अफिसर डा. मनोज धमला र डा. कबिम गैरे लगायतले बिरामीहरुको स्वास्थ्य परीक्षण गरिहेका छन् ।