कालिगडलाई आधुनिक ‘ग्राण्डर मेसिन’ वितरण

बागलुङ, २५ वैशाख – जिल्ला सदरमुकाममा रहेको बागलुङ नगरपालिकाले परम्परागत पुख्र्यौली पेशालाई आधुनिकीकरण गर्ने भन्दै आरन सुधारको काम थालेको छ । बागलुङ नगरपालिका वडा नं–९ का १३ जना कालिगडहरुलाई आधुनिक ‘ग्राण्डर मेसिन’ हस्तान्त्रण गर्दै नगरले आरन सुधारको काम थालेको हो ।

चालु आर्थिक बर्षमा वडा कार्यालयको सिफारीसमा कृयाशिल कालिगडहरुलाई आधुनिक आरन अर्थात ‘ग्राण्डर मेसिन’ मेसिन वितरण गरीएको वडाअध्यक्ष गाणेश थापाले बताए । पराम्परागत पुख्र्यौली पेशालाई अपनाई अझै आफ्नो जिविको पार्जन गरीरहेका तित्याङका आरन संञ्चालकहरुलाई ‘ग्राण्डर मेसिन’ वितरण गरीएको हो । लक्षित क्षेत्रको बजेट मार्फत आधुनिक आरान सुधार कार्यक्रममा सहयोग गरिएको वडा अध्यक्ष थापाले बताए ।

वडामा रहेका आरनहरलाई उपयोगिताको आधारमा छनौट गरेर मेसिन हस्तान्त्रण गरिएको हो । पराम्परागत शैलीलाई परिवर्तन गरेर आधुनिकीकरणमा लैजान यो सहयोग गरिएको उनले बताए । आधुनिक आरनमा धुँवा नहुने, छिटो काम हुने र सजिलो हुने बताइएको छ ।