पोषणको भण्डार मोरिङ्गा (सितलचिनी) को परिचय र फाईदा

मोरिङ्गा, ड्रम स्टिक, सितलचिनी र मधेसमा मुनगा वा सहजन नामको वनस्पति एक अत्यन्तै चमत्कारी वनस्पतिको रुपमा पर्दछ । यो बिरुवा सबै प्राणीका लागी निकै उपयोगी र लाभकारी छ । प्राचीन कालमा ऋषिमुनिहरुले यसलाई जीवन बुटिको रुपमा लिने गरेको धार्मिक ग्रन्थहरुमा पनि उल्लेख गरेको पाइन्छ । सितलचिनी अर्थात सितल चिनीका फूल, पात, फल लगायत सबै थोक जिवन उपयोगी हुन्छन् । यसलाई अंग्रेजीमा मोरिङा ओलिफेरा भनिन्छ । सितल चिनी सन्सार भरी चमत्कारी बिरुवाको रुपमा लिने गरिन्छ ।

निकै जिवनोपयोगी जडिबुटीको रुपमा मान्ने गरिन्छ र यसलाई बिदेशमा सब्चियुट अफ फुडको रुपमा मान्ने गरिन्छ । यसको क्याप्सुल तथा ताजा जुस र ग्रिन टीको रूपमा चिन, जापान, अमेरिका, फ्रान्स, क्यानडा, रसिया जस्ता देशमा निकै महँगो बिक्री हुने गरेको पाइन्छ । यसको फलको तेलले कपाललाई टुट्फुट हुन नदिने र सिल्की बनाउने गर्छ । यसको फलले पानी शुद्ध गराउन पनि प्रयोग गरिन्छ । यसको बोक्राले शरीरमा भएका विभिन्न एलेर्जीहरु जस्तै दाद, लुतो आदिमा पिसेर लगाउदा फाईदा गर्छ । यसको पात नियमित खाली पेट्मा सेवन गर्ने गर्नाले पेट सम्बन्धी दीर्घ रोगहरु सन्चो हुने र यसले अनुहारमा चमक ल्याउनुका साथै कालो पोतो र डण्डिीफोरलाई निकै उपयोगी मानिएको छ ।

अनुसन्धानकर्ता डा. स्टोनका अनुसार यसले ३०० भन्दा बढी रोगहरुलाई निर्मुल नै गर्छ । यसमा दूध, अन्डा गाजरहरु भन्दा पनि धेरै गुना बढी भिटामिन हुने र यसले शरीरलाई निकै फुर्तिलो बनाउँछ । समग्रमा यही भनौं जिव र जिवनलाई आवस्यक पर्ने सम्पुर्ण तत्वहरू यसमा पइन्छ । एक अध्यनले यसलाई यौन शक्तिबर्धक खाद्यपरिपुरकको रुपमा पनि मानिएको छ । छिप्पेको फललाई उमालेर प्रयोग गर्यो भने नियमित साँझ सुत्ने बेला निरन्तर प्रयोग गर्यो भने यौन शक्तिबर्धक रूपमा पनि उपयुक्त मानिएको छ । यसको उपयोगले अन्धोपना नियन्त्रणसहित धेरै किसिमका फाइदा हुन सक्छ । मोटोपन र पेट घटाउनलाई यसको प्रयोग गरिन्छ ।

यसको पातलाई मिक्सरमा पिसेर रस बनाएर एक चम्चा मह र आधा कागती हालेर बिहान खाली पेटमा सेवन गर्यो भने बोसोको मात्रा घट्ने र आफुले चाहे जस्तो शरीर बनाउन मिल्ने हुन्छ । यो जिम गर्ने युवाहरुलाई नि निकै उपयोगी मानिएको छ । यसले रजस्वला भएका महिलाहरुको गडबडिलाई नि निकै फाईदा हुनुका साथै पाटेघर सम्बन्धी रोगलाई नि फाईदा गर्ने गर्छ । एक फुड रिसर्च एनालसिस सेन्टरद्वारा गरिएको अनुसन्धान अनुसार, प्राकृतिक गुणले परिपूर्ण सितलचिनीमा यति औषधीय गुण हुन्छ, यसको कुनै पनि रूपमा सेवनले थुप्रै रोगबाट मुक्ति पाउन सकिन्छ ।

सितलचिनीमा भिटामिन ए र बी बढी मात्रामा पाइन्छ । भिटामिन सी समेत पाइन्छ । यी तीनै भिटामिन उच्च मात्रामा हुने कमै प्राकृतिक खाद्यपदार्थ छन् । यसमा फलाम, प्रोटिन, फाइबर, क्याल्सियम, फास्फोरस एवं खनिज तत्त्व प्रचूर मात्रामा हुन्छ । यसको नियमित सेवन गरे रक्तअल्पता र आँखाको रोगबाट मुक्ति पाउन सकिने सेन्टरको अनुसन्धानमा उल्लेख छ । यस्तै, छिमेकी राष्ट्रका राष्ट्रिय कृषि अनुसन्धान परिषदका अनुसार, सितलचिनी हेमोग्लोबिन बढाउनमा सहायक हुन्छ । एन्टिबायोटिकको गुणले भरिपूर्ण हुन्छ । यसको फुलले दाल झान्नाले शरीरमा आइरनको मात्रा परिपुर्ती हुने भनिएको छ ।

मुख्यतः पेटसम्बन्धी सबै प्रकारका विकारबाट छुटकारा पाउन सितलचिनीको सेवन निकै उपयुक्त मानिन्छ । यसले पाचन क्रियालाई बलियो समेत बनाउँछ । कपाल झर्ने समस्याबाट मुक्ति पाइन्छ । आँखाको ज्योति बढाउँछ । यसमा भिटामिन ए पर्याप्त हुने भएकोले रतन्धो रोग लाग्दैन । रतन्धो भिटामिन ए कै कमीले गर्दा हुन रोग हो । गठिया र मोटोपनाले पीडितहरूको लागि त यो उपयोगी छ । यो वायुनाशक हुन्छ । यसैले गर्दा सितलचिनी खानाले बोसो कम हुन्छ । बोसो कम हुँदा मोटोपना कम हुन्छ, गठिया निको हुन्छ, । यो पीडानाशक प्राकृतिक औषधि पनि हो । यसले सुन्निएको कम गर्छ । सितलचिनी वीर्यवर्धकसमेत मानिन्छ । आयुर्वेदले यसलाई नपुंसकताको उपचारमा प्रभावकारी मानेको छ । सितलचिनीको बोटको उचाइ १० मिटरसम्म हुन्छ । आयुर्वेदका थुप्रै औषधि तयार पार्न सितलचिनीको जरो, बोक्रा, फूल, बीउ र फल नै उपयोग गर्न सकिने बहुउपयोगी बिरुवा हो ।

एक आर्युेवेदाचार्यका अनुसार सितलचिनी सोइजनमा मानव शरीरलाई आवश्यक पर्ने ९० भन्दा बढी पोषकतत्व,४६ किसीमका एन्टीअक्सीडेन्ट, ३६ प्रकारका एन्टीफालामेन्टरी, ८ प्रकारका अत्यावश्यक एमिनो एसिड जस्ता पौष्टिक तत्वहरु पाइन्छ । आयुर्वेद चिकित्सा विज्ञानमा यसलाई महाऔषध भनिन्छ जसबाट ३०० भन्दा बढी प्रकारका रोगहरुको उपचार गर्न सकिन्छ । नेपालमा बालबालिकालाई कुपोषणबाट बचाउन अनेक कार्यक्रम ल्याइन्छन्, कति प्रपञ्च रचिन्छन् । घरवरिपरि भएका भोजन, बिरुवाको वास्ता नगरेर बालबालिकालाई बाहिरबाट आएका हर्लिक्स, ब्रोन भिटा जस्टा फोकटका नाम मात्रका भिटा बुस्टर खानेकुरा दिइन्छ । तर, मोरिङ्गा अर्थात् सितलचिनी जस्तो वनस्पतिको वास्ता गरिँदैन । सितलचिनीमा मानव शरीरलाई आवश्यक पर्नेभन्दा बढी किसिमका पोषण तत्व र ४६ किसिमका एन्टी अक्सिडेन्ट पाइने स्वास्थ्य मन्त्रालयका पोषणविद्लाई त थाहा हुनुपर्ने नै हो । अंग्रेजीमा मोरिङ्गा भनिने यो वनस्पतिलाई सायद विदेशी आएर राम्रो छ भनेपछि मात्र हाम्रा देशका नीति–निर्माताको आँखा खुल्छ कि जस्तो मलाई लाग्छ ।  
यो वनस्पति न्युनतम १० डिग्री सेन्टिग्रेड तापक्रम हने हल्का बलौटे माटो तराई तथा मध्यपहाडमा लिची र आँप हुने ठाउँमा सजिलै लगाउन सकिन्छ । नेपलकै कृषि विकास मन्त्रालयले नै उपलब्ध गराएको तथ्यांकअनुसार तराईका १३ जिल्लाको ६७ हेक्टरमा वार्षिक पाँच सय ५४ मेट्रिक टन सितलचिनी उत्पादन हुन्छ । यसको कलिलो कोसा बजारमा बिक्री हुन्छ र तरकारी खाइन्छ । तर, अन्य भागमा यसको उपयोगिताबारे आमउपभोक्तालाई अझ कसैले जानकारी दिएकै छैन ।
सितलचिनीको फल पोषणयुक्त हुन्छ । यसमा कीरा पनि खासै लाग्दैन । व्यावसायिक उत्पादनमा धेरै सम्भावना रहेको सितलचिनी खेती सुरु गरियो, त्यहाँ करिब पाँच सय बोट सितलचिनी रोपिएको कुरा पत्रपत्रिकामा सानो समाचारका रूपमा मात्रै आयो । यस्तो महत्वपूर्ण कुरा, जसले देशको जनस्वास्थ्यमा सकारात्मक असर पार्न सक्छ, त्यसै बिलायो । सितलचिनीको जरालाई कम पानी भए पुग्ने हुँदा थोरै पानी पर्ने ठाउँमा समेत यसलाई लगाउन सकिन्छ । यसलाई पाउडर बनाएर, बालबालिकालाई दिँदा उनीहरूको शरीरमा पौष्टिक तत्व पुग्छ ।
 तर, यसमा स्वास्थ्य मन्त्रालयको ध्यान पुग्न सकेको पाइँदैन । भिटामिन ‘ए’ को कमीले बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुन्छ, अनि राती आँखा नदेख्ने समस्यासँगै झाडापखाला लाग्ने, श्वासप्रश्वासको समस्या हुने गर्छ । यसरी झाडापखाला र श्वासप्रश्वासको समस्या भएपछि बच्चालाई खान मन नलाग्ने, कुपोषण बढ्दै जाने र अन्तमा मृत्यु नै हुन्छ । सितलचिनीले कुपोषण हुन दिँदैन भने कुपोषण भइसकेका बालबालिका वा वयस्कका लागि सञ्जीवनीको काम गर्छ । तर हामी धेरैलाई यसको गुण थाहा छैन । तराईको त घरघरमा र सडकका छेउमा पनि यो वनस्पति पाईन्छ ।

यो वनस्पतिको विशेष गन्ध हुन्छ । संस्कृतमा यसलाई तीक्ष्णगन्धा पनि भन्दारैछन् । भारत वा नेपालमा यसलाई कसैले मरुङ पनि भन्छन् । विज्ञका अनुसार सितलचिनी जस्तो गुण भएको बिरुवा अर्काे पाउन गाह्रै पर्छ । अनुसन्धानबाट पत्ता लागेको छ कि यसमा रहेको प्रोटिन भटमास, दूध, अन्डामा पाइने जत्तिकै गुणकारी हुन्छ र अझ कतिले त भटमासमा भन्दा बढी गुणयुक्त प्रोटिन यसमा पाउँछन् भन्ने पनि पाईन्छ । गर्भवती आमालाई भिटामिन, फोलिक एसिड, भिटामिन सी आदि खान तपाई हामी स्वास्थ्यकर्मीले भन्छौँ । सितलचिनी खाउँ र कुपोषणबाट बालबालिकालाई बचाऔँ कसैले भन्दैनौँ । किनभने तपाँई हामीलाई नै थाहा छैन, हाम्रो भान्छा घरका खानेकुराबाट पनि धेरै प्रोटिन पाइन्छ भनेर सिकाइएको छैन । घरको खानेकुराले शरीरमा प्रोटिन पुग्दैन भन्ने विज्ञापनमा विश्वास गर्छौं । अनि बट्टाका प्रोटिन किन्छौँ, घर आँगनको सितलचिनी होइन । यो वनस्पतिबारे विश्व स्वास्थ्य संगठनले पनि पछिल्लो चार दशकदेखि अनुसन्धान गर्दैछ । अनुसन्धानबाट पत्ता लागेको छ कि सितलचिनीको पातमा कार्बोहाइट्रेट पनि हुन्छ । अर्थात् यसको पातको तरकारीले शरीरमा ऊर्जा पनि दिन्छ । यसका साथै पातमा भिटामिन सी, पोटासियम आदि पनि पर्याप्त पाइन्छ । याद राख्नुस कृतिम प्रोटिन र क्यालसियम हराले ह्रृदयामा नकारत्मक प्रभाव प्रर्दछ ।

एक शब्दमा भन्ने हो भने विभिन्न प्रकारमा भिटामिन र सूक्ष्म पोषण तत्व राखेर प्रकृतिले सित्तैमा दिएको उपहार हो यो । तर पौष्टिक उपहार नै अपहेलित छ । अनि, स्वास्थ्य मन्त्रालयचाहिँ बालबालिका र गर्भवती आमालाई क्याल्सियम र प्रोटिन खानुपर्छ भनेर महँगो औषधि बाँड्दै हिँड्छ । तर, समुदायलाई करेसा वरिपरि सित्तैमा पाइने सितलचिनी खान भनेर सिकाउँदैन । विदेशीले किनेर दिए भने सिकाउँछ कि ? सितलचिनीको बीउबाट बनाइएको तेलचाहिँ ओलिभ तेल जत्तिकै राम्रो हुन्छ । ओलिभ तेल त ठूला पसलमा धेरै पैसा हालेर किन्छन् तर सितलचिनीबाट बनाइएको तेलबारे कसैले वास्ता नै गर्दैनन् । सितलचिनी नहुने ठाउँमा पनि यसको पातलाई सुकाएर तरकारीमा वा दालमा प्रयोग गर्न सकिन्छ । यस्तो वनस्पति पाइने नेपालका बालबालिका कुपोषण हुनु भनेको त घरको आँगनमा सुनखानी भएर दरिद्र जीवन बिताउनुजस्तै हो । दक्षिण एसियामा पाइने यो वनस्पति हजारौँ वर्षदेखि घरेलु औषधिका रूपमा प्रयोग हुँदै आएको छ । आयुर्वेदमा यो वनस्पतिले तीन सयजति रोगको उपचार गर्छ भनिएको छ । यसलाई कतिले त जादुको रूख पनि भन्छन् । सायद यसको पौष्टिकता र औषधीय गुणका कारण अमेरिका र युरोपमा समेत यसको लोकप्रियता बढेकै छ । अफ्रिकाका केही देशमा पनि यसको प्रयोग गरिन्छ । यसलाई जादुको रूख भनिनुको कारण सायद यसमा धेरै प्रोटिन, गाजरमा भन्दा बढी भिटामिन ए, केरामा भन्दा बढी पोटासियम र दूधमा भन्दा बढी क्याल्सियम भएर हो कि ? यसमा रोगसँग लड्ने शक्ति हुन्छ, आमाको दूध बढाउने तत्व हुन्छ भनेर आयुर्वेदमा लेखिएको छ । केही अनुसन्धानले यसको प्रयोगबाट उच्च रक्तचाप घट्न सक्ने सम्भावना देखाएको छ । यसैले अमेरिकामा त यसको क्याप्सुल र पाउडर नै बनाएर बेचिन्छ ।

बेंग्लोरमा गरिएको एक अनुसन्धान अनुसार कुपोषित बालबालिकालाई सितलचिनीको पाउडर खानासँगै खुवाउँदा उनीहरूको स्वास्थ्यमा धेरै सुधार भयो । त्यसैले केही समयपछि नेपालमा पनि केही व्यक्ति सितलचिनीको पाउडर खान सुरु गरे । आफ्ना शिशुलाई र परिवारलाई विभिन्न प्रकारका कुपोषणबाट बचाउन सितलचिनी प्रयोग गर्न सुरु गर्ने कि ? कुपोषणबाट बच्न सरकारको वास्ता नगरेर आफ्नै बारीको वस्तु प्रयोग गर्नु बुद्दीमानी होईन र ? सजिवन अत्यन्त लाभदायक सब्जी हो । भनिन्छ, सजिवनले शिरदेखि पाउसम्म औषधीय गुण बोकेको हुन्छ । नेपालमा सहजै पाइने भए पनि सजिवनको औषधीय गुणका बारेमा भने कमैलाई मात्र थाहा छ । छिप्पिएको सजिवनको कोसामा छेक्रा हुने हुँदा धेरैले मन पराउँदैनन् तर कलिलोमा भने निकै मुलायम हुन्छ । भारतबाट सुरु भएको सजिवनको खेती विस्तारै एसिया हुँदै रसिया पुग्यो र संसारभर छायो । यो सब्जीको औषधीय गुण यति धेरै छन् कि, सायदै अन्य कुनै सब्जीमा पाइएला । सजिवन दक्षिण भारतमा व्यापक प्रयोग गरिन्छ भने नेपालमा पनि यसको खेती गर्न थालिएको छ । सजिवनको पात पनि औषधीय गुण बोकेको वनस्पतीमा पर्छ, जसलाई सितलचिनी भनेर चिनिन्छ । वनस्पती वैज्ञानिकहरुका अनुसार सजिवनका सम्पूर्ण अंगमा औषधीय गुण हुन्छ ।