नवदम्पत्तीद्वारा विवाह खर्च कटाएर बालबालिका लाई पोशाक बितरण

पोखरा, २७ वैशाख – विवाहको खर्च कटाएर यहाँका एक जोडी दम्पत्तीले बिद्यालयका बालबालिका लाई पोशाक बितरण गरेका छन् । पोखरा महानगरपालिका वडा नं. २० का इन्जिनियर श्याम पौडेल र रोट्रयाक्ट क्लब अफ पर्वत पोखराकी अध्यक्ष दुर्गा शर्माले आफ्नो बिबाह उत्सवको अवसरमा पोखराको भलामकै महेन्द्र राष्ट्रिय आधारभूत बिद्यालयका ४२ जना बालबालिका लाई पोशाक बितरण गरेका हुन् ।

शुक्रवार आयोजित एक कार्यक्रममा उनीहरुले बालबालिकालाई समय समयमा थप सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । अधिकांस दलीत बालबालिका पढ्ने यो बिद्यालयमा पढ्ने धेरै बालबालिकाहरु आर्थिक रुपमा बिपन्न भएकोले छनौट गरिएको शर्माले बताईन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित सुवास मल्ल र नवदम्पत्तीले बालबालिका लाई सामाग्री हस्तान्तरण गरेका थिए ।

बालबालिका लाई पोशाक बितरण गर्दा बिद्यालय नियमित बनाउन हौसला थपिएको प्रधानाध्यापक नारायण गौतमले बताए । गत मंसिर २९ गते उनीहरुको बिबाह भएको थियो । रोट्रयाक लगायतका सामाजिक संस्थामा आवद्ध भएका युवाले सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोगी क्रियाकलाप नियमित गर्दै आएका छन् ।