एभरेष्ट एकेडेमीमा ११ सदस्यीय युवा रेडक्रस सर्कल गठन

बागलुङ, १ जेठ – न्यू एभरेष्ट एकेडेमी बागलुङका बिद्यार्थीहरुको मंगलबार सम्पन्न भेलाले रोजिना जिसीको अध्यक्षतामा ११ सदस्यीय युवा रेडक्रस सर्कल गठन गरेको छ । सर्कलको उपाध्यक्षमा रोशन कँडेल, सचिवमा पर्सना परियार, सह–सचिवमा दिपेश केसी, कोषध्यक्षमा अस्ना बोहरा र सह–कोषाध्यक्षमा निशा खड्का चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सोनिया परियार, गणेश सापकोटा, पुजा सापकोटा, डेनिस क्षेत्री चयन भएका छन् ।

एक जना पछि चयन गर्ने गरी खाली राखिएको प्रिन्सिपल कृष्ण अधिकारीले जानकारी दिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बागलुङका उप–कोषध्यक्ष जीवनाथ शर्मा, नेपाल रेडक्रस सोसाईटी बानपा–१ का सभापती तेजेन्द्र आचार्य, कोषध्यक्ष कृष्णबहादुर क्षेत्री र समन्वय सभापति डिल्लीराज आचार्य लगायतले बोलेका थिए । विद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक माधव शर्माले गरेका थिए ।