जिपी फाउण्डेसनको क्यालेन्डर प्रकाशित

बागलुङ, २ जेठ – जिपि कोइराला फाउण्डेसनले नेपालको लोकतान्त्रिक आन्दोलन र शान्तिप्रकृयालाई समावेश गरेको बार्षिक क्यालेन्डर प्रकाशित गरेको छ । फाउण्डेसनको बागलुङ शाखाको अगुवाईमा प्रकाशित क्यालेन्डरमा नेपालको लोकतान्त्रिक आन्दोलन तथा गणतन्त्रको स्थापनाको सन्दर्भमा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिका झल्काउने प्रयास गरेको अध्यक्ष महेन्द्र कंडेलले बताए ।

जिल्लाको पर्यटकीय क्षेत्रहरको पहिचान, जिल्लाको लोकतान्त्रिक आन्दोलनको पृष्ठभूमि र महत्वपूर्ण घटनाक्रमको फोटो तथा लोकतान्त्रिक जनआन्दोलनका बिभिन्न चरणहरुका तस्बिर पनि यहाँ समावेश छन् । फाउण्डेसन गठनपछि लोकतान्त्रिक आन्दोलनको महत्व, विपि, गिरिजाप्रसाद कोइराला र कांग्रेसका संस्थापकहरुको भूमिका बारेमा पनि अन्तरक्रिया समेत गरिएको छ । स्थानीय र संसदीय निर्वाचनपछि कमजोर भएको कांग्रेसको छविलाई उचो बनाउन फाउण्डेसनले निरन्तर अभियान संचालन गरेको समेत उनले बताए । क्यालेन्डरमा कांग्रेस र भातृ संगठनका दिवश, स्थापना, अन्य महत्वपूर्ण तिथि मितिहरु समेत समावेश गरिएको छ ।