जन्मदिनमा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

बागलुङ, ७ जेठ – बागलुङ नगरपालिका–७ का मेघराज शर्माले आफ्नो ४७ औं जन्मदिनको अवसरमा मानवसेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग गरेका छन ।
आफ्नो परिवारका साथ मंगलवार विहान आश्रम पुगेका शर्माले चामल, दाल, तरकारी, नून, तेल लगायतका खाद्यान्न सामाग्री आश्रमका कर्मचारी खिमा थापालाई हस्तान्तरण गरे ।
‘जसलाई आवश्यक छ, उसैसंग खुशी बाँडौं’ भन्ने सोचका साथ आफ्नो जन्मदिनको अवसरमा अन्य खर्च नगरी मानव सेवा आश्रमलाई सहयोग गरेको शर्माले वताए ।
शर्मासंगै आश्रम पुगेका उनकी श्रीमती फुल कुमारी शर्मा, छोरीहरु रन्जिता शर्मा र रिया शर्माले आश्रम रहेका सवै जनालाई एक एक वटा विस्कुट वितरण गरी शुभकामना ब्यक्त गरे ।

आश्रमका कर्मचारी खिमा थापा र त्यहाँ आश्रित सवैजनाले शर्माको जन्मदिनको शुभकामना ब्यक्त गर्दै दिघार्युको कामना गरे । शर्मा बागलुङ नगरपालिकामा कार्यरत छन ।
मानव सेवा आश्रम बागलुङले हाल ३० जना वेसाहरा ब्यक्तिहरुलाई आश्रय दिइरहेको छ । बागलुङ नगरपालिका कार्यालयले त्यसको अभिभावकत्व ग्रहण गरेको छ ।