प्रथम उपराष्ट्रपति चिल्ड्रेन प्रतियोतिा अन्र्तगत तेक्वान्दोका खेलाडि छनौ

बागलुङ, ८ जेठ – जारी प्रथम उपराष्ट्रपति चिल्ड्रेन प्रतियोगिताको दोस्रो दिन मंगलबार तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । ९ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको तेक्वान्दो प्रतियोगितामा तीन प्रकारको तौल समूहमा छात्र र छात्रा छनौट भएका छन् । छात्रा र छात्र तर्फ छनौट भएका ६ जना विद्यार्थीहरु आगामी जेठ ११ गते हुने प्रदेश स्तरीय उपराष्ट्रपति चिल्ड्रेन कप प्रतियोगिता खेल्नेछन् ।

छनोट हुनेमा छात्र तर्फ ३५ के.जी तौल समूहमा अमर आर्दश माबिका नवदिप बोहोरा, ३८ केजी तौल समूह तर्फ अमर आर्दशकै रोजिन गुरुङ र ४१ केजी तौल समूहमा पनि अमर आर्दशकै युजिन रामझाली छनौट भएका हुन् । त्यसैगरी छात्रा तर्फ ३२ के.जी तौल समूहमा यूएस एकेडेमीकी प्रकृति केसी, ३५ केजी तौल समूह तर्फ एकमात्र सहभागिता रहेको यूएस एकेडेमीकी सोनिया ढकाल र ३८ केजी तौल समूह तर्फ कालिगण्डकी माबिकी झरना थापा छनोट भएका हुन । प्रतियोगिता अन्र्तगत एथलेटिक्स, मार्सलआर्ट, कवड्डी र टेवल टेनिसका खेल खेलाइने छ ।