रिक्सारोहणमा शेरबहादुर देउवा

शेरबहादुर देउवा अर्थात् रिसका पिरामिड ती बितेका केही दिनदेखि राष्ट्रिय राजनीतिमा चर्चित बनिरहेका छन् । त्यसो त उनी सदाबहार चर्चित नेता हुन् तर यसपालि ती फरक शैलीमा चर्चित बनिरहेका छन् । सामाजिक संजालमा काँग्रेसीजनहरु उत्सव मनाईरहेका छन्, सत्ताबाट विमुख हुँदाको तिर्सनाले व्याकुल काँग्रेसीजनका आँतलाई शितल हुने गरी काँग्रेस सभापति शेबदेले जागरणको नाममा देश दौडाहा शुभारम्भ गर्न पुगे यहि मेसोमा ती रिक्सामा बसेर मधेश शयर गरे र सत्ताको तिर्सनालाई मेट्न आप्mनो नेतृत्वमा छाया मन्त्रीमण्डलको गठन गरेर व्याकुल काँग्रेसीहरुलाई काँग्रेस जीवित हुनुको आभाष दिए । बेथितिको शिकार बनिरहेको काँग्रेस नीति, थीति र विधि भन्दा बढ्ता नेता प्रधान पार्टी हो, नेताका सनकका भरमा इतिहास निर्माण गरिरहेको काँग्रेस जब देश दौडामा निस्कियो शेरबहादुर देउवा रातारात चर्चित र सर्वपुज्य नेता बन्न पुगे, तिनका विरुद्ध न ह न न रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्ण सिटौला, गगन थापा ती मौन बसेर शेरबहादुर देउवाको रिक्सारोहण नियाली रहेका छन् । शक्तिमा विराजमान भइरहन खोज्ने शेरबहादुर देउवाको लोभी मनको अन्तरमा बाँचिरहेको तृष्णाले उनलाई आफनै जागरणको मर्ममाथी प्रहार गरिरहँदा पनि हुस्सु काँग्रेसीजनहरु खुशियाली मनाइरहेका देखिन्छन् यसले प्रमाणित गर्छ काँग्रेस शीर्पm कम्युनिष्ट विरोधीहरुको विशाल झुण्डमात्र हो त्यससँग राजनैतिक पार्टी हुनका लागि आवश्यक दर्शन, नीति, थीति र विधिको अभाव रहेको छ ।

राष्ट्रिय जागरणले काँग्रेसको आन्तरिक पार्टी जीवनका थुप्रै धुमिल पक्षहरु र मुलुकका समस्या र ओली सरकारका गलत कार्यहरुमाथी हस्तक्षेपकारी भूमिका खेल्नुपथ्र्यो तर बिचरा यो अभियान केवल काँग्रेस जीवित हुनुको आभाष बाँडेर खुशियाली मनाउनमै मग्न देखिन्छ । एकप्रकार काँग्रेसको ऐतिहासिक कर्मकाण्डीय प्रवृत्तिको निरन्तरतामा यो राष्ट्रिय जागरण केवल काँग्रेसीहरुको लागि सामाजजिक संजालमा रिक्सामा विराजमान भएर अघिपछि सुरक्षाकर्मी र आप्mना कार्यकर्ता शुभेच्छुकको लर्को लगाएर धुलाम्मै सडकमा गुडिरहेका देउवाको फोटो टाँसेर तिनलाई देवत्वकरण गर्ने र ओली सरकारका विरुद्ध आवेग, आक्रोस र घृणा पैmलाउने माध्यम मात्र बनिरहेको छ । ती फेसबुकको भित्तोमा शब्दको वान्ता गरिरहँदा तिनको जिरह छ नेता हुनु शेरबहादुर देउवा जस्तो, महङ्गा गाडीमा शयर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीसँग नाम जोडेर जब काँग्रेसीजनहरु सडकमा शेरबहादुर देउवाको महानताको कथा कथिरहेका हुन्छन् त्यहि सडकको एककिनारामा जीवनको गाडा गुडाउन अभिशप्त नागरिक लज्जाले शिर झुकाईरहेको हुन्छ । राजनीतिमा नैतिकता बेश्याको पेटिकोट भन्दा सजिलै उचाल्न काँग्रेसहरु किमार्थ लज्जाबोध गर्दैनन्, देउवाको रामकहानी देख्दै र सुन्दै आएका नागरिकहरु ती देउवाको वैभवपूर्ण जिन्दगीसँग अपरिचित छैनन्, रिक्सारोहणको किस्सा र फोटो छापेर सामाजिक संजालमा देउवाको भक्तिभाव र उत्सव मनाउने काँग्रेसहरुको यहि प्रवृत्तिले शेरबहादुर देउवाहरु लोकतन्त्रको लोरी गाएर त्यसको सारलाई हत्या गरिरहेका हुन्छन् ।

काँग्रेसको उपादेयता अझै नसकिएकोले काँग्रेस अझै बाँचिरहनुपर्छ भन्ने गैर काँग्रेसहरु तिनको पिरलोको कथा बेग्लै छ ती प्रश्न सोधिरहेका छन् काँग्रेसका आङ्गमा टाँस्सिएका हजार बेथितिको बारे तर रक्सी, मासु, खानेपानीका पाइप, स–साना कृषि औजार, करारका जागीर आदि इत्यादिका माध्यमबाट राजनीतिक फसल उठाईरहेका काँग्रेसीहरु ती रौद्र रुप धारण गरेर इतिहासको गलत व्याख्यामा आफुलाई उभ्याईरहेका छन् की राणा काँग्रेसले फालो, पंचायत काँग्रेसले फालो, राजा काँग्रेसले फालो जब काँग्रेस राणा, पंचायत र राजाका विरुद्ध लडिरहेका थियो तिमी माइकाल कहाँ थियौ र प्रश्न गर्छौ ? यो भन्दा दुर्गन्धित तर्क अरु के होला ? राजनीति या समाजविकासक्रमलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिले त्यसको महत्व र आवश्यकतालाई आत्मासाथ गर्न नसक्नुको कारण लोकतन्त्र र समाजवादको जामा पहिरेर शेरबहादुर देउवाहरु काँग्रेसको दोहन गरिरहेका छन्, देशदौडाको पहिलो खुटकिलो उक्लिरहँदा त्यसको सुन्दर रुपभित्र लुकिरहेको कुरुप सारले प्रमाणित गरेको छ शेरबहादुर देउवा ती सत्ताको तृष्णालाई छाया सरकारको नाटक मंचन गरेर मेट्ने यत्नमा छन् लोकतान्त्रिक अभ्यासको नाममा काँग्रेसको आन्तरिक जीवनको कुरुप पाटोलाई ती खुल्ला सडकमा छताछुल्ल पोखिरहेका छन् की काँग्रेसहरु सत्ताविना बाँच्न सक्दैनन् सत्ताको लागि ती दुनियाँका सबै पाप, सम्वन्ध र सम्झौताहरु गर्न समय खेर फाल्दैनन् तिनको जीवनको अन्तिम अभिष्ट शीर्फ सत्ता हो, सत्ताको लागि ती चैतर्फि गोयबल्स शैलीमा हल्ला फिंजाएर सरकारले गरेका राम्रा कामहरुलाई ढाक्न चाहन्छन्, सरकारका कमीकम्जोरीमा राजनीतिको रोटी सेक्नु प्रतिपक्षको धर्म हो, राजनीतिविनाको राजनीतिको रिक्सारोहण गरेर एकछिन नन्दिभिरिङ्गीबाट वाहवाही बटुलेर राजनीतिको फसल उठाउँछु भन्ने देउवाको भ्रम र पाइन्टमा मुतेर पुषको जाडो छल्छु भन्ने मुर्खको सोच त्यसको बीचमा उभिएर नागरिक लज्जाबोध गरिरहेको छ, शेरबहादुर देउवा ती मन्द मन्द मुस्कुराउँदै रिक्सारोहणमा सत्ताप्राप्तिको सपना बुनिरहेका छन् अफशोच !

तिनका चेहेरामा न लज्जाबोध छ न हिनताबोध न नै ती मुलुकप्रति कहिल्यै चिन्तित र दुखित देखिन्छन्, अकुत सम्पति र महङ्गा गाडीका मालिक शेरबहादुर देउवा र तिनका कारिन्दा तिनले सामान्य नैतिकताको ख्याल गर्नु जरुरी छ की सत्ताको लागि दुनियाँलाई देखाउन रिक्सारोहण गरेर नागरिको मनमा तिप्रतिको सम्मान र आकर्षण किमार्थ बढ्न सक्दैन, स्वार्थले निर्माण गरेको भ्रममा बाँचिरहेका र सडक र सामाजिक संजालमा उफ्रिरहेका आम काँग्रेसीहरुलाई प्रश्न गर्न बन्देज छ या ती प्रश्न गर्ने सामाथ्र्य राख्दैनन् र ती चुपचाप शेरबहादुर देउवाको रिक्सारोहणमा सत्ताको आयु सकिदै गएको भ्रममा बाँचिरहेका छन् ? नागरिकले प्रश्न गरिरहेको छ काँग्रेसको जिउमा लागेको सुकेनाशको कारक खोज, देशदौडाको नाममा आप्mना अपराध र पापहरुको हिसाब लुकाएर न पार्टी निर्माण हुनसक्छ न सत्ताको प्राप्ति चेतना भया !