विकास पत्रकारिता र फिचर लेखन तालिम

बागलुङ,१२ जेठ – बागलुङ जिल्लामा क्रियाशील पत्रकारहरूको लागि विकास पत्रकारिता र फिचर लेखन पत्रकारिता तालिम सुरु भएको छ। नेपाल पत्रकार महासंघ बागलुङ शाखा र बागलुङ नगरपालिका र ताराखोला गाँउपालिका कार्यालयकाे सहयोगमा सुरु गरेको पत्रकारिता तालिमले समाचार लेखनमा राम्रो प्रभाव पार्ने बागलुङ नगरपालिकाका उमप्रमुख सुरेन्द्र खड्काले बताए । स्थानीय तहमा बेथिति भएमा त्यसको समाचार लेख्न सकेमात्र सुधार हुने खड्काले बताए ।पत्रकारको हकहितको लागि जहिले पनि नगरपालिकाले सहयोग गर्न तयार रहेको समेत उद्घाटन समारोहमा उप प्रमुख खड्काले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारीले पत्रकारिता पेशा चुनाैतीकाे पेशा भएको हुदा जिम्मेवार भएर पत्रकारिता गर्न सके समाज परिवर्तन हुने बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीषकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य नेपाल पत्रकार महासंघका उपाध्यक्ष उषा पाैडेल संचालन सचिव राम थापाले गरेका थिए ।

दुई दिनसम्म चल्ने तालिममा बागलुङ जिल्लाका क्रियाशील २५ जना पत्रकारको सहभागीता रहेको छ ।तालिमको सहजिकरण राष्ट्रिय समाचार समितिका सम्पादक एकराज पाठक र पत्रकार केशब शरण लामिछाने र शिवशरण ज्ञावलीले गर्ने छन् ।