बागलुङमा जेठ २५ गते देखि क्विक्स कप अन्तर माध्यमिक विद्यालय प्रतियोगिता हुने

बागलुङ, १४ जेठ – जेठ २५ गते देखि बागलुङमा क्विक्स कप अन्तर माध्यमिक विद्यालय छात्रा, छात्र फुटवल प्रतियोगिता हुने भएको छ । जिल्ला फुटबल संघ बागलुङका पदाधिकारीहरु बसेको बैठकले छात्र तथा छात्रा फुटबल प्रतियोगिता जेठ २५ गतेदेखि गर्ने निर्णय गरेको अध्यक्ष रामराज गुरुङले जानकारी दिए । वैठकको निर्णय अनुसार जिल्ला फुटबल संघ बागलुङका उपाध्यक्ष रेशम गोतामेको मूल संयजकत्वमा ६ सदस्य सञ्चालन उपसमिति गठन गरेको छ । जसअनुसार खेल व्यवस्थापन उपसमितीको संयोजकमा राहुल बोहोरा, स्वयसेवक तथा स्वास्थ्य उपसमितीको संयोजकमा राजकुमार वोसेल, मैदान व्यवस्थापन उपसमितीको संयोजकमा विकास थापा, रेफ्री व्यवस्थापन उपसमितीको संयोजकमा प्रकाश शर्मा, छात्रा खेल व्यवस्थापन उपसमितीको संयोजकमा रुविना थापा र आर्थिक तथा प्रचार प्रसारको संयोजकमा सूर्य लामिछाने रहेका छन् ।

जेठ २३ गते सम्म खुला गरीएको नाम दर्तामा छात्र तर्फ बागलुङ जिल्लाको २२ देखि २४ विद्यालय र छात्रा तर्फ ४ विद्यालयको सहभागिता रहन सक्ने फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले बताए । अखिल नेपाल फुटवल संघ एन्फाको राष्ट्रिय कार्यक्रम अन्र्तगत रहेको क्विक्स कप प्रतियोगिताका लागि प्रथम चरणमा नेपाल अधिराज्यका अधिकांश जिल्लामा छनोट प्रतियोगिता गर्न लागिएको हो । सोही छनोट प्रतियोगिता अन्र्तगत बागलुङ जिल्लामा गरी गण्डकी प्रदेशका ८ जिल्लामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । जेठ २५ गते देखि सञ्चालन हुने छनोट प्रतियोगिता असार २ गते सम्म सञ्चालन हुने र प्रतियोगितामा विजेता हुने टोली साउन १९ गते देखि हुने गण्डकी प्रदेश स्तरीय क्विक्स कपमा सहभागितामा सहभागि हुने छ ।