पूँजी बजारबारे अन्तरक्रिया कार्यक्रम

बागलुङ, १५ जेठ – जिल्लामा पूँजी बजार तथा वस्तु विनिमय बजार सम्बन्धि जनचेतना अभिबृद्वि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्डको आयोजना, राष्ट्रिय वाणिज्य संघ बागलुङको सह आयोजना तथा दिब्या सेकुरिटीज एण्ड स्टक हाउसको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले पहिलेभन्दा शेयर कारोबार सहज बनेको र सर्वसाधारणको समेत पहुँच पुग्न थालेको भन्दै खुसी व्यक्त गरे । प्रजिअ क्षेत्रीले शेयर कारोबार तथा जनचेतनामूलक कार्यक्रम जिल्लाका ग्रामीण भेगमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले शेयर बजारमा क्रमस सुधार हुँदै गएको र अब अनलाइनमार्फत कारोबार गर्ने तैयारी सुरु भएको जानकारी दिए । कार्यक्रममा धितोपत्र बोर्डका अम्विका प्रसाद गिरीले कार्यपत्र प्रस्तुत गरेका थिए । लगानीकर्ताकोतर्फदेखि शिक्षक घनश्याम रिजालले बोलेका थिए । सहभागीको जिज्ञासा र गुनासोको धितोपत्र बोर्डका रेवत बहादुर कार्किले सहजीकरण गरेका थिए । साथै उनले नेपालमा भएको शेयर बजार, स्टक एक्स्चेन्ज तथा शेयर क्षेत्रका बिषयमा सहभागीलाई जानकारी गराएका थिए । कार्यक्रम नेपाल राष्ट्रिय बाणिज्य संघ बागलुङका अध्यक्ष भवनराज बरालको अध्यक्षता, दिब्या सेकुरिटीज एण्ड स्टक हाउसका शाखा इन्चार्ज कुमार शर्माको स्वागत तथा धितोपत्र बोर्डका राजीव जिसीको संचालनमा सम्पन्न भएको थियो ।