मिनीटेलर हलो मर्मत सम्बन्धि तालिम

बागलुङ, १५ जेठ – बागलुङ नगरपालिका–३ रात्माटामा सात दिने हाते ट्याक्टर (मिनीटेलर हलो) मर्मत तालिम सुरु भएको छ । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पर्वतको आयोजनामा सुरु भएकोे तालिमको उद्घाटन समारोहमा बोल्दै केन्दका प्रमुख डम्मर जि.सी.ले यस प्रकारका तालिमले कृषकहरुको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने बताए । साथै जिसीले कृषकहरुलाई तालिमबाट प्राप्त सिपलाई प्रयोग गरी व्यवसायी मूलक बन्न आग्रह समेत गरेका थिए ।

केन्द्रको आयोजना तथा बागलुङ नगरपालिका, काँठेखोला गाउँपालिका र धौलागिरी मेसिनरी एण्ड टुल्स सप्लायर्सको समन्वयमा सुरु भएको तालिममा बागलुङ नगरपालिका र काँठेखोला गाउँपालिका गरी ४० जना कृषकहरुको सहभागिता रहने छ । कार्यक्रम बागलुङ नगरपालिका वडा नं ३ कृषि समितीका सचिव वैकुण्ठ सापकोटाको स्वागत र केन्द्रका प्रशासन अधिकृत प्रकाश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।