कांग्रेस कमजोर हुँदा गणतन्त्र कमजोरः भण्डारी

बागलुङ, १७ जेठ – कांग्रेस नेता शंकर भण्डारीले गणतन्त्रको लागि प्रमुख भूमिका खेलेको कांग्रेस कमजोर हुँदा लोकतन्त्र र गणतन्त्र पनि कमजोर भएको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस बागलुङले पैयुपाटामा आयोजना गरेको जागरण अभियानको क्रममा बोल्दै भण्डारीले कांग्रेसको नेतृत्व कमजोर बन्दा देशलाई समेत घाटा भैरहेको र जनताले दुःख पाईरहेको बताए । पूर्व सभापति गिरिीजाप्रसाद कोइरालाको योगदानलाई सम्झेर कार्यकर्ताले संगठन निर्माणमा लाग्नुपर्ने समेत कार्यकर्तालाई निर्देशन दिए ।

धेरै बिकास र नीतिगत परिवर्तन कांग्रेसकै पालामा भएपनि जनतामा लैजान नसकेकोले कम्प्युनिष्टहरुले पपुलर नारा लगाएको उनको आरोप छ । कार्यक्रममा कांग्रेस जिल्ला सभापति दिपेन्द्रबहादुर थापाले शान्ति स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका आम कार्यकर्ताले बुझ्नुपर्ने बताए । कार्यक्रममा पूर्व राज्य मन्त्री चम्पा खड्का, पूर्व सभापति प्रकाश शर्मा पौडेल, सचिव नवराज पौडेल, महासमिति सदस्य भीम श्रीष, कल्पना हमाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।