बुढो कल्कीको रुख

बागलुङ, १८ जेठ – मध्ये शहरमा रहेको प्रगतिनगर चोकमा घटेको एउटा घटना थियो यो । घटनाको प्रकृतिले त्यसक्षेत्रको सुरक्षा प्रमुख इन्सपेक्टर हरिओम कार्कीको चेहेरामा स–साना पसिनाका थोपाको उपस्थिति प्रष्ट देख्न सकिन्थ्यो । उ गम्भीर मुद्रामा घटनास्थल वरपर आफ्ना आँखा दौडाइरहेको देखिन्थ्यो र घटनास्थलमा मान्छेहरुको भीड बढ्दै गईरहेको थियो । यसरी जम्मा भएका मान्छेहरुमा केही संख्यामा शहरका चर्चित मिडिया हाउसका पत्रकारहरु समेत देखिन्थे । विक्रम सम्वत् २०७२ साल कात्र्तिक २८ गते शनिवारको दिन थियो । बिहान करिब करिब पाँच बजेको सेरोफेरोमा नाइट ड्युटीको बिहानी पखको गस्ती सक्काएर त्यस इलाकाको प्रभागमा फर्किएको इन्सपेक्टर हरिओमको अगाडी उभिएर सञ्चारको हवल्दार रामलाल चौधरीले घटनाको फेहरिस्त प्रस्तुत गरिरहेको थियो । सर प्रगतिनगर चोकमा एउटा युवक र युवती एउटै डोरीको पासो लगाएर कल्कीको रुखमा झुण्डिएर आत्माहत्या गरेछन् ।
हँ इन्सपेक्टर हरिओम झल्याँस्स हुँदै प्रस्तुत भयो ।
फेरी आत्माहत्या ! कल्कीको रुखमा झुण्डिएर ?
हो साब । हवल्दार चौधरीले प्रष्टिकरण दिँदै बोल्यो ।
प्रगतीनगर चोक र कल्कीको रुख एकसाथ इन्सपेक्टर हरिओमका आँखा अगाडी फनफनी नाचिरहेका थिए । उप्m ! उसले नमिठो गरी उच्छवास् निकाल्यो मुखबाट । उ यहाँ आएको पुगनपुग नौ महिना भएछन् यी नौ महिनामा यसरी नै प्रगतिनगर चोकमा रहेको बुढो कल्कीको रुखमा झुण्डिर तीन जोडीले आत्महत्या गरे र एउटी युवतीले जम्मा सात जनालाई बुढो कल्कीको बोटले यी नौ महिनामा निल्यो । त्यसबाहेक दशकौँदेखि बुढो कल्कीको बोटले यसरी नै निलेका मानिसहरुको सङ्ख्या कति पुगे होला ? उसले मनमनमा सोच्यो । अब साला यो बुढो कल्कीको रुखलाई त्यसस्थानबाट हटाउनु पर्छ । यो आत्माहत्याको जडलाई नै उखेलेर फालेपछि यी सब टन्टाबाट पुलिसले फुर्सद पाउनेछ । प्रगतिनगर चोकतिर हिँड्ने बेला इन्सपेक्टर हरिओमले सङ्कल्प ग¥यो । अघिभर्खर ऊ यहि बाटोबाट गएको थिएँ । शहर सुनसान थियो र मस्त निद्रामा थिए सडक बालबालिका तथा तिनका बगलमा भुस्याहा कुकुरहरु । तिलस्मी शैलीमा घटेको यो घटनाले हरिओमको दिमाग चाटीरहेको थियो । को होलान् यी जोडी ? किन यसरी यिनले यति निष्ठुरी निर्णय गरे होलान् ? घटनास्थलमा उभिएर वरीपरीको वातावरणलाई नियालीरहेको हरिओमले सोचिरहेको थियो । किन यसरी बढीरहेको छ आत्माहत्याको यो क्रम ? किन मान्छेहरु जीवनमा यति विघ्न यस्तो कु्रर निर्णय गरिरहेका छन् ? उ प्रश्नभित्र अल्झिरहेको थियो र प्रश्न उसलाई लखेटिरहेका थिए ।
घटनाको प्रकृति मुचुल्का उठाईसकेपछि प्रहरी जवान राजाराम सारुमगर फटाफट रुखमा चढ्यो र डोरीको गाँठो फुकाएर लासलाई भुईँमा झा¥यो । इन्सपेक्टर हरिओमले असई सितारामलाई सोध्यो असई साहेव कति वर्षका होलान् यी युवायुवतीहरु अन्दाज गर्नुस् त ।

करिव पच्चिस वर्षको केटा हुनुपर्छ र बीस बाइसकी केटी हुनुपर्छ सर । असई सितारामले नअल्झिई फटाफट जवाफ फर्कायो र लासको खानतलासी गर्न शुरु ग¥यो ।
बैशाख बाह्रको आमविनाशकारी भूकम्पले ढालेका घरका इटा तथा सिमेन्टका असरल्ल फालिएका टुक्राहरु र अव्यवस्थित फोहोरका थुप्राहरुले निलिरहेको सडक रमितेहरुको भीडमा हराईरहेको थियो । इन्सपेक्टर हरिओमले भीडमा एकपटक वरीपरी आँखा डौडायो र सोध्यो तपाइँहरु मध्ये कसैले यिनीहरुलाई चिन्नु भएको छ ? भीड मौन थियो ।
इन्सपेक्टर अल्लि अस्वभाविक भाषामा चिच्यायो । सुन्नु भएन तपाइँहरुले यिनीहरुलाई तपाइँहरु कसैले चिन्नु भएको छ ?
भीडबाट छैन भन्ने जवाफ आएपछि निराश बनेको इन्सपेक्टर हरिओम सोचमग्न देखिन्थ्यो । उ सम्भावित टन्टाले पिरोलिईरहेको थियो । वेवारिशे लाशले पुलिसलाई पु¥याउने हैरानी उसले धेरै पटक ब्यहोरेको छ ।
सर ! लाशको खानतलासी गरिरहेको असई सितारामले गम्भिर मुद्रामा उभिईरहेको इन्सपेक्टर हरिओमको अगाडि उभिएर जानकारी गरायो केटाको खल्तीमा चिठि भेटियो ।
हो ! असई सितारामको कुराले इन्सपेक्टरको चेहेरामा मडाईरिई रहेको चिन्ता एकाएक हराएर गयो । हतार हतारमा उसले असईको हातबाट सेतो कागज लिएर आदेश दियो शव वाहन बोलाएर लाश हस्पिटल लगेर पोष्टमार्टम गर । यसपछि उ पुलिसको भ्यानमा चढेर भीडबाट हराउन पुग्यो ।
‘‘साला दुनियाँमा बाँचिरहनु भनेको पलपल मरिरहनु हो भन्ने सोचेर हामी दुईले आत्माहत्या गर्ने निर्णय गरेका छम्’’ ।
इन्सपेक्टर हरिओमले यो वाक्य धेरै पटक पढ्यो । उसको चेहेरा गम्भीर देखिन्थ्यो । विशेषत मृतक जोडीको लामो कहानीले उसलाई बसन्त विद्रोह र त्यसले ल्याएको राजनैतिक परिवर्तनमा के–के नपुग भए जस्तै लागिरहेको थियो । दशवर्षे माओवादी युद्धप्रति पनि उसले असन्तुष्टि जनाउन पुग्यो । समाजका स्थापत्य मुल्य, मान्यता र संस्कार संस्कृतिकाप्रति उसले गहिरो असन्तुष्टि जायर ग¥यो र सुसाइट नोटका हरफहरुमा आँखा डौढाउन पुग्यो ।

सुर्केटारको कथाः
पश्चिम नेपालको एउटा पहाडी गाउँको नाउँ थियो सुर्केटार । भिरालो पाखोमा खेत र बारीका फोक्टाहरुको बाक्लो उपस्थितिले हो या अन्य कारणले गाउँको नाउँ सुर्केटार रहेको थियो । सुर्केटारका मुख्य बासिन्दाहरुमा ब्राम्हण, क्षेत्रि, दलित र कताकति मगरहरुको बसोबास रहेको थियो । बाहुन गाउँ सामुदायिक वनको छेउमा केही समथर जमिनमा घना रुपमा रहेको थियो । बाहुन गाउँमा पनि भिन्न थर र गोत्रका ब्राम्हणहरुको बसोबास रहेको थियो । पौडेल, गौतामे, ढकाल, सापकोटा, पोखरेल बस्तिमा उलेख्य रुपमा थिए । बस्ती जस्तै राजनैतिक रुपमा पनि बस्तीका मानिसहरुको रोजाई फरक फरक थियो । विशेषत ब्राम्हण क्षेत्रिहरु काँग्रेस या एमाले र कताकति राजाको वरीपरी मुलुकको शासन सत्ता घुम्नु पर्छ भन्ने मान्यता राख्थे भने मगर बस्ति र दलितहरुमा माओवादीप्रतिको मोह अल्लि बढी नै देखिन्थ्यो । यद्यपी चुनावका दिनसम्म मुलुकले गरेको अभ्यासले तिनका हात कता कता चिप्लिहाल्थे र ती चुक्थे आप्mनो विचारबाट । परम्परादेखिको यो क्रम अभैm भङ्ग हुन सकिरहेको थिएन ।

दामोदर प्रसाद पोखरेल गाउँका चोखा र कहलिएका पण्डितमा गनिन्थे । उहिल्यै उनका बाले उनलाई बनारस पु¥याएर संस्कृत विद्या आर्जन गर्ने अवसर दिएका थिए । पढाईमा ती शास्त्री थिए । कोही कोही त उनलाई शास्त्री बाजे पनि भनेर चिन्थे । वरीपरीका सात गाउँमा तिनको महिमा र चर्चा राम्रै थियो । उनै दामोदर प्रसाद पोखरेल बाजेका तीन भाई छोरा र दुई बहिनी छोरी मध्ये कान्छो छोरो थियो सुयोग प्रसाद पोखरेल । सुयोग पढाईमा अब्बल थियो र बाबुको शास्त्रिय पेशाको इतर विचार राख्ने गथ्र्यो । पोखरेल बाजे सधैं उसलाई कचकच गरिरहन्थे यसले धर्मकर्म सबै फाल्ने भो शिव शिव । ए सुयोगेकी आमा हैन तैँले कस्तो कुलंघार सन्तानलाई कोखाँ हुर्काइछेस ए !
बीउ त तिम्रै हो नी बुढा सधैं मलाई किन कचकच गर्चौ ए ! जीवनले निर्माण गरेका सतका कुरुप पर्खाल भत्काएर एक बिहान दामोदर प्रसाद पोखरेलकी स्वास्नी चन्द्रावति पोखरेल जङ्गिन पुगी । तिम्रो छाउरालाई मैले कुलताँ लाई भनीचु र ?

गाउँ घराँ निस्कनै नहुने पारो । कोही नपार चमारेकी छोरीसँ सल्केको छ । दिउँसै वना–वना आँलो हालेर बस्चरे । सर्किनीको पोई त्यसका खुट्टा भाँचेर चम्चाले भात ख्याउँचु बोरु । दामोदर बाजे स्वास्नीको प्रतिकारको इतर आप्mनै शैलीमा फतफताई रहेका थिए । रौसी, चुरोट, भैंसीको मासु जे पाए पनि भो मुख बार्दैन । बाहुनको छोरो भर । त्यल्लाई सहराँ अङ्गे्रजी पढ्न पठार आप्mनै खुट्टामा बन्चरो हानियो बा ! पिँडीको थाममा आडेस लागेर बसेको दामोदर बाजेको जेठो छोरो विष्णु प्रसाद पोखरेलले आक्रोसको अर्को तीर प्रहार ग¥यो ।
विष्णु प्रसाद पोखरेल अयोध्यामा संस्कृत विद्या आर्जन गरिरहेको थियो । उ अहिले एकमहिने विदामा घरमा आएको थियो । दामोदर बाजेको सपना पनि अनौठो थियो । ती जेठो छोरोलाई संस्कृतको विद्धान बनाउन चाहन्थे र आप्mनो चाहनाको कठपुतली तिनले विष्णु प्रसादलाई बनाईरहेका थिए । माहिलो भीष्म पोखरेल र कान्छो सुयोगलाई उनले जिल्ला सदरमुकाममा रहेको बोर्डिङ स्कुलको होस्टेलमा भर्ना गरेका थिए । उनको सपना थियो यी दुई भाइ डाक्टर र इन्जिनियर बनुन । टपरा टकटकाएर र पुराण भनेर आर्जन गरेको पैसालाई तिनले छोराहरुको शिक्षाको लागि धक फुकाएर खर्च गरिरहेका थिए । दुई छोरीहरुको विहावारी भईसकेको थियो र ती आप्mना श्रीमानसँग घरैमा सुखमा थिए ।

गाइ खाने विद्याले त्यसको गिदी लिदी बनायो । विष्णु प्रसादको आक्रोस अभैm सेलाएको थिएन । भीष्मेले बेलाँ घराँ भन्यो भए त्यल्लाई रोक्न सकिन्तो की तो पनि चुपो लार बसो ।
अब कसो अरम् ? जा जा विष्ने कान्छाबालाई बोलार ले । तै केही उपाय निकाल्छ की त्यल्ले । थकित दामोदर प्रसादले आशाको धिपधिपे दियोमा तेल थप्ने यत्न स्वरुप छोरा विष्णु प्रसादलाई आदेश दियो ।
कान्छा बा अर्थात दामोदर प्रसाद पोखरेलको कान्छो भाई गंगाप्रसाद पोखरेल । गाउँको राजनीतिमा उसको उपस्थिति विशेष मानिथ्यो । उमेरले साठीको वरीपरी रहेको उ काँग्रेसको जिल्लास्तरसम्म चिनिएको नेता थियो । खासमा उ काँग्रेसभित्र वीपीको समाजवादको पक्षधर थियो । मौजुदा काँगे्रसको समग्र नीति र संस्कृतिप्रति उसको तीब्र असन्तुष्टि थियो । त्यही असन्तुष्टिको कारणले उ काँग्रेसमा उपेक्षाको शिकार बनिरहेको थियो ।
दामोदरप्रसादले भाइ गंगाप्रसादसँग सुयोग काण्डलाई यसरी वर्णन ग¥यो । तँ के भन्छस् कान्छा ? हाम्रो कुलाँ यस्तो सैतान नि जन्मेको रै’च । जाँड, रौसी, भाँग धतुरो, अगयको मांस, सुँहुर त्यल्ले नखाको के होला । हुँदा हुँदा ओढारेकी चन्द्रे सार्कीकी छोरीसँ सल्क्याछरे । जस्थेर सुकै त्यसैकाँ बास छ । तो छुसी चमारे र त्यसकी छोरीलाई थाना थुन्नी हो की ?

दाई दामोदर प्रसादको कुराले भाइ गंगाप्रसाद गम्भीर देखियो । प्रचलित कानुनको जानकारी राख्ने राजनैतिक व्यक्ति भएको नाताले छुवाछुत र विभेदप्रति संविधानमा लेखिएका बुँदाहरुप्रति उ सजग थियो । यद्यपी उ आपैm पनि प्रचलित मुल्य मान्यता र संस्कार संस्कृतिप्रति भिन्न मत राख्ने गथ्र्यो । जमानामा आइएसम्म पढेको उ केही समय गाउँमै माष्टरी पनि गरेको थियो । र अहिले विशुद्ध किसानीले उसले जीवन चलाउँदै आइरहेको थियो । कानुनले छुवा छुत अन्त अरो दाजै पुलिसकाँ जाँदा हाम्लाई नै अप्ठ्यारो पर्च त्यसो नअरम् भो सुयोगेलाई एकपटक म सम्झाम्ला की ? गंगाप्रसादले समस्याको समाधानबारे आप्mनो मत जाहेर ग¥यो । तो सुँहुर सर्किनीले मोनी लाइचे । मान्च भनेओ छस तैँले । दामोदर प्रसादले निराश मुद्रामा भन्यो । कान्छा बा घराँ बासै हुन्न त्यसको । विष्णु प्रसादले छोटो गुनासो राख्यो भाइप्रतिे । कसरी सम्झाम्ने ।
मुन्छे नराम्रो हैन । विद्धान पनि छ । बोली वचन आदर सत्काराँ हाम्रो कुलाँ तो जस्तो कोही छैन । खाने चिजाँ मुख बारेन र सर्किनीसँ सल्कियो भनेर त्यल्लाई गाली मात्र अरेर हुन्न दाजै म त्यल्लाई भेटेरै कुरा अर्चु । जाँदा जाँदै गंगाप्रसादले भन्यो । त्यही दिन साँझ सुर्केटारमा हल्ला हावा जसरी पैmलियो दामोदर पोखरेलको कान्छो छोरो सुयोग प्रसाद पोखरेलले चन्द्रे सार्कीकी छोरी पूर्णिमालाई उडायो रे ।
पँधेरामा पधेर्नीले पहिलो बक दिए । सुयोगे बाहुन र पूर्णिमा सर्किनी गाउँबाट भागे । छि छि छि । तिनले सनातन मान्यताको जगमा टेकेर घृणाले नाक खुम्च्याए । क्रमश……….
(लेखक बागलुङे प्रगतिशिल लेखक संघ बागलुङका अध्यक्ष हुन् ।)