विकासका हरेक क्षेत्रमा महिला सशक्तीकरण

आफैले आफ्नो जीवनको लक्ष्य निर्धारण गरी आफुभित्रको ज्ञान,सीप,क्षमता र दक्षता प्रयोग गर्न सक्ने अवस्था सृजना गर्नु महिला सशक्तीकरण भन्ने बुझिन्छ । सशक्तीकरणको माध्यमबाट नै महिलाहरु आफ्नो अधिकार कानुनी व्यवस्था आदिको वारेमा सचेत भई उपरोक्त कुराहरुको प्राप्तिको लागि सक्षम हुनु र महिला पुरुषबीच कुनै भेदभाव नराखी महीलाहरुलाई पुरुष सरह सामाजिक ,आर्थिक, शैक्षिक, राजनीतीक, सार्वजनीक क्षेत्रको उच्च पदमा राख्ने निर्णयहरुको हरेक क्षेत्रमा समान सहभागित गराउनु पर्छ भन्ने मान्यताका साथ विभिन्न कार्यक्रमहरुमा सहभागी गराइएको हो ।

त्यसैगरी महिलाहरुलाई आफ्ना् हक,अधिकार,क्षमता सम्भावनाहरुको विषयमा निर्णय गर्न सक्ने क्षमतामो बोध गराउनु वा क्षमतावान बनाउनु नै महिला सशक्तीकरण हो भने जबसम्म महिला र पुरुषबीच समाजमा विद्यमान विभेदको अन्त्य गरिदैंन तबसम्म महिला पुरुष बीचमा समानता ल्याउन विभिन्न कार्यक्रमहरुको हरेक चरण र पक्षमा समतामुलक अवधारणाको प्रयोग गरिनु पर्दछ । हाल नेपालमा पनि महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरी गरिबी निवारण उद्धेश्यले जिल्ला विकास समिती,स्थानीय विकास अन्र्तगत हरेक क्षेत्र, गाउँ ,ठाउँमा सामाजिक परिचालनका हरेक चरणलाई महिला सशक्तीकरणमा जोड दिएको छ । जसमा महिला पुरुषबीच समविकास गर्नका लागि महिलाको क्षमता अभिवृद्धि तथा सशक्तीकरणलाई प्राथमिकता दिंदै स्तरीकरणका सामाुदायिक संस्थाहरु गठन गर्ने , नेतृत्व चयन गर्ने,बचत निर्धारण गर्ने संस्थाको नीती तथा नेतृत्व तहमा पुर्याउने लक्ष्य रहेको छ । अहिलेको अवस्थामा महिलाहरुले आफ्ना आवश्यकता ,अधिकार सम्भावनाहरुको बारेमा छलफल गर्ने एउटा माध्यम पाएका छन् ,त्यसैगरी बचत लगानी गर्दा पनि महिला सामुदायिक संस्था छ भने पिछडिएका महिलालाई जस्तै विपन्न ,उत्पीडित ,जनशक्ति तथा महिलालाई विशेष प्रावधान दिएको छ ।

उद्यम विकास योजना गर्दा ग्रामीण भेगमा छनोट गर्दा महिलाहरुलाई समूह सदस्यबाट भएको बचतको लागानी र असूलीका साथै उद्यम विकास योजना र आयमूलक कार्यक्रममा सहभागी गराई क्रण सुविधा तथा तालिमहरु सञ्चालन भइरहेको छ । जसले गर्दा महिलालाई आर्थिकरुपमा सक्षम बनाउन मदत पुर्याई उनीहरुको आर्थिक सशक्तीकरणमा जोड दिएको छ । यसका साथै उक्त योजनाहरु कार्यान्वयनका लागि गठन गरिने उपभोक्ता समूह÷समितीहरुमा पनि कम्तीमा ३० प्रतिशत महिला समावेश गरी उनीहरुको आर्थिक सशक्तीकरणमा पनी गाउँ विकास कार्यक्रमले निकै ठूलो सघाउ पुगेको छ , किनकि आर्थिक ,सामाजिक,राजनैतिक हरेक तहमा सकारात्मक परिवर्तन देखिएको र विभिन्न क्रियाकलापमा प्रतिनिधित्व गर्ने पुरुष र महिला अग्रसर भएका छन् । त्यसैगरी कुनै पनि संस्था वा कार्यक्रमले सञ्चालन गर्नु अघि लैंगिक विभेदका कुरा गरिन्छ जुन यस प्रकार उल्लेद गरिएको छ ः–
संस्था वा कार्यक्रमको लक्ष्य ÷ उद्धेश्य
लैंगिक विभेदको निर्देशिका
कर्मचारी भर्ना नीति
सरुवाको नीति
बढुवाको नीति
प्रोत्साहनको नीति
यौन दुव्र्यवहार सम्बन्धी नीति
नीति र व्यवहारमा फरक
निर्णय प्रक्रिया

निर्णय प्रक्रियामा लैंगिक समानता आदिको बारेमा उल्लेख गरिएको छ ,किनकि गाउँमा विकास कार्यक्रमको हरेक तहमा महिला सशक्तीकरणलाई जोड दिइएको भएता पनि आशातीत रुपमा महिला सशक्तीकरण हुन नसक्नुका कारण ः–
परम्परागत , धार्मिक, सामाजिक संस्कार
घरायसी कार्यबोझ
अति आर्थिक विपन्नता
कानुनी अड्चन

अशिक्षा जस्ता कारणले गर्दा आज महिलाहरु पछि परेको अवस्था छ भने यस्ता समस्या उत्पन्न गराउने तत्वहरु ः–
आर्थिक अवस्था
शैक्षिक अवस्था
सामाजिक अवस्था
सांस्कृतिक नीती नियम
कानुनी अवस्था
पितृ सत्तात्मक प्रणाली
राज्य व्यवस्था
नेतृत्वको अवस्था

प्रथा एवं गतिविधिहरुले लैंगिक मूल प्रवाहीकरणमा समस्या उत्पन्न गराएका छन् जसले गर्दा महिलाहरु खुलेर आफ्नो हक अधिकार लिन सकेका छैनन् भने हिंसात्मक कृयाकलाप चुपचाप सहेर बसेका छन् । तसर्थ, लैंगिक समानतालाई अंगीकार गर्दै सामाजिक स्रोत साधन तथा अवसरको बाँडफाडलाई समानतामूलक बनाउन समाजका मूल्य, मान्यता विकास कार्यक्रमको छनोट महिलाको समानसहभागिता सुनिश्चित गर्ने कार्य नै महिला सशक्तिकरण हो यसले सामाजिक परिचालनमा आधारित गाउँ विकास कार्यक्रमले महिलाहरुलाई आफ्नो हकअधिकार ,क्षमता सम्भावनाहरुको पहिचान गरी स्रोत साधनमा पहुँच दिनलाई महिला सशक्तीकरणका साथसाथै सामाजिक ,आर्थिक , राजनैतिक अवस्थामा समेत सुधार ल्याउन ठोस पहल गनुपर्दछ । त्यसैगरी निर्णय प्रक्रियामा महिलाहरुको सहभागिता वृद्धि गर्ने , लैंगिक मैत्री वातावरणको सिजृना गर्ने उनीहरुको पहुँचका लागि सम्पूर्ण क्षेत्रमा सुनिश्चित गर्ने तबमात्र महिलाहरु सक्षम र सबल बन्नेछ ।