दुव्र्यसनमा बालबालिका !

बागलुङमा ६७, पर्वतमा ३० र म्याग्दीमा ११ जना दुव्र्यसनीमा

बागलुङ, २१ जेठ – अघिल्लो बर्षको साउन २३ गते म्याग्दीको बेनी नगरपालिकामा एक बालक लागुऔषधसहित फेला परे । चार सय ग्राम गाँजासहित उनलाई जिल्ला प्रहरी कर्यालय म्याग्दीले नियन्त्रणमा लियो । आवश्यक प्रकृया पुरा गरेर अदालत पेश भएका उनी साधारण तारेखमा रिहा भए । लागुऔषधको प्रयोगकर्ता भनेर आरोप लागेका उनलाई अदालतले उमेर नपुगेका कारण सजाय तोक्न नसकेको प्रहरीको अनुमान छ ।नाम गोप्य राखिएका बालक १३ बर्षका थिए । गत बर्ष म्याग्दीमा ११ जना दुव्र्यसनी प्रहरीले नियन्त्रणमा लिएको थियो । एक महिला र अरु सबै पुरुष दुव्र्यसनीमध्ये अधिकांशको उमेर १८ बर्षको आसपासको थियो । लागुऔषधको प्रयोगमा बालबालिका पनि रहेको तथ्यांक म्याग्दी प्रहरीसँग छ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध प्रयोगको नियन्त्रणका लागि परामर्श अभियान नै चलाएको छ । बागलुङमा भेटिएका ६७ जना दुव्र्यसनीमध्ये अधिकांश सिकारु छन् । उनीहरुमध्ये कयौं उमेर नपुगेका बालबालिका रहेको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरिक्षक कृष्णहरी शर्माले बताए । जिल्ला प्रहरी कार्यालय पर्वतको तथ्यांकमा ३० जना दुव्र्यसनी छन् । उनीहरुमध्ये दुई जना १८ बर्ष उमेर नपुगेका बालबालिका हुन् ।

लागुऔषध दुव्र्यसनीमा साविकको धौलागिरी अञ्चलमा बालबालिकाको संख्या बढ्दै गएको भेटिएको छ । तीन जिल्लाको गत बर्षको तथ्यांकलाई हेर्दा दुव्र्यसनी बालबालिकाको संख्या बढेको पाईएको हो । पर्वतको बाहेक म्याग्दी र बागलुङमा कति जना बालबालिका दुव्र्यसनी छन् भनेर नखुलाईएको भए पनि १८ बर्ष उमेर नपुगेका बालबालिका धेरै रहेको प्रहरीले बताउँदै आएको छ । लागुऔषध प्रयोगकर्तालाई सुधार केन्द्र पठाउनेबाहेक कानुनी उपचार गर्ने अधिकार नभएका कारण दुव्र्यसनीलाई कारवाही गर्न नसकिएको बागलुङ जिल्लाका प्रहरी प्रमुख कृष्णहरि शर्मा बताउँछन् । एक महिना पहिला मात्रै बागलुङ प्रहरीले ६ जनालाई अदालत पेश गरेको छभने ८ जनालाई सुधार केन्द्र पठाएको छ । बालबालिका तथा युवा पुस्ता लागुऔषध दुव्र्यसनीमा फसेको भन्दै सोमबार बागलुङमा आयोजित एक कार्यक्रमका बक्ताहरुले चिन्ता व्यक्त गरे । प्रशासन, प्रहरी र सरोकारवालाको अलवा दुव्र्यसनी रोक्न समाजको भूमिकाका बिषयमा उनीहरुको गुनासो थियो । गृह मन्त्रालय, लागुऔषध नियन्त्रण शाखाले आयोजना गरेको ‘लागुऔषध प्रयोग तथा अबैध ओसारपसारबिरुद्ध सरोकारवालाहरुको लागि एक दिने अभिमुखीकरणमा सहभागीले लागुऔषध प्रयोगको कहालीलाग्दो तथ्यांक प्रस्तुत हुँदा चिन्ता व्यक्त गरेका हुन् ।

कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख, प्रहरी नायव उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले कतिपय सामाजिक मान्यता र परम्पराका कारण लागुऔषध दुव्र्यसनी बढेको बताए । ‘देशभरिमै धेरै मेला महोत्सव हुने जिल्ला हो म्याग्दी’ उनले भने ‘यस्तै अवसरको बहानामा लागुऔषधको प्रयोग र कारोवार हुने गरेको छ ।’ यहाँका दुव्र्यसनीले प्रयोग गर्ने अधिकांश लागुऔषध बाहिरबाट आउने गरेको छ । लागुऔषधको प्रयोगलाई घटाउन र युवा तथा बालबालिकालाई जोगाउन स्थानीय सरकारको भूमिका महत्वपुर्ण हुने गृह मन्त्रालयका सह–सचिव झंक प्रसाद ढकालले बताए । प्रशिक्षार्थी