लागूऔषधः कता जाँदैछ हाम्रो समाज ?

लागुऔषध दुव्र्यसनी पक्राउ परेका समाचार दिनहुँ अखबारहरुमा आउँछन् । प्रहरीले लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिन्छ र आवश्यक परामर्श दिएर छोड्छ । प्रहरीले पक्राउ गरेर छोडेका वा कारवाहीको प्रक्रिया थालेकाहरुको मात्रै तथ्यांक रहन्छ तर प्रहरी र समुदायको आँखा छलेर लागुऔषधको दुव्र्यसनीमा फसेकाहरुको संख्या भयावह छ । सन् २०१८ को तथ्यांकलाई केलाउने होभने नेपालका दुव्र्यसनीको संख्या ४ हजार ६ सयको हाराहारीमा रहेको छ । जसमध्ये १ सय ९५ जना महिला रहेको तथ्यांक छ । यो प्रहरीले निकालेको तथ्यांक हो । प्रहरीको नजरमा नपरेका दुव्र्यसनीको संख्या त्यो भन्दा दोव्वर रहेको आँकलन गर्ने गरिएको छ । दुव्र्यसनीहरुको संख्या दिनदिनै बढ्दै गईरहेको भएपनि यसलाई नियन्त्रण तथा रोक्नका लागि प्रहरीको बाध्यात्मक सक्रियता वाहेक अरु सरोकारवालाले सक्रियता देखाएको पाईंदैन । लागुऔषधको प्रयोग व्यक्तिका लागि मात्रै होईन सिंगो समाजकै लागि घातक हो । अझै लागुऔषधको दुव्र्यसनीमा बालबालिका फसेको कहालीलाग्दो तथ्यांकले त हाम्रो समजलाई नै जिस्काई रहेको भान हुन्छ ।

प्रहरीले बेला–बेलामा सार्वजनिक गर्ने तथ्यांक र त्यसको न्युनिकरणका लागि अपनाउनुपर्ने उपायहरुलाई मात्रै नियाल्ने होभने समस्याका चाङ लाग्छन् । लागुऔषध दुव्र्यसनीहरुको सुधारका लागि देशका कयौं गैह्रसरकारी संस्थाहरुले काम गरे, अहिले पनि कति गरिरहेका छन् । करोडौं रुपैयाँ सकियो तर अवस्था जस्ताको तस्तै छ । दुव्र्यसनमा रहेकाहरुलाई प्रहरीले पक्राउ गरे पनि कारवाही गर्न पाउने अधिकार छैन् । उमेर नपुगेकालाई मात्रै सुधार केन्द्र पठाउन पठाउँछ । सुधार केन्द्रमा पुगेकामध्ये पनि कयौंले फर्केपछि पुनः दव्र्यसनको बाटो अंगालेको पाईने गरेको छ । नेपालमा लागुऔषध प्रयोगकर्ताहरु परम्परागत नभई आधुनिक मेडिसिनको प्रयोग गर्ने धेरै रहेको पाईन्छ । गाउँघरमा उत्पादन हुने परम्परागत गाँजा चरेसभन्दा औषधिजन्य पदार्थको दुव्र्यसनी धेरै छन् । लागुऔषध दुव्र्यसनमा लाग्नेहरु पारिवारिक, सामाजिक र साथीभाईको लहैलहैमा लाग्नेहरु छन् । बिषेश गरेर परिवारको नजर नपुगेका बालबालिका तथा तनाव व्यवस्थापनको बहानमा दुव्र्यसनमा लागेका युवाहरुको जमात त्यहाँ छ । प्रहरीले पक्राउ गर्ने, कारोवार गरेको पाए कानुनी कारवाही गर्ने र प्रयोग मात्रै गर्ने गरेको भए परामर्श दिएर पठाउने गरेको छ । अन्य कुनै मुद्धा आकर्षित भएमा मात्रै दुव्र्यसनीका बिरुद्धमा मुद्धा दर्ता हुन्छन् ।

लागुऔषध दुव्र्यसनीको नियन्त्रण र यसको निवारण राज्यका निकाय वा प्रहरीको मात्रै जिम्मेबारी होईन, हामी सबैको साझा जिम्मेबारी पनि हो । आफ्ना बाल बच्चाको बिषयमा कम्तिमा सामान्य निगरानी राख्ने होभने लागुऔषधको प्रयोग गर्नबाट बाबालिका तथा युवा युवतीलाई जोगाउन सकिन्छ । यसको लागि घर बिद्यालय र समाजमा हुने हरेक क्रियाकलापमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, लागुऔषधको प्रयोगले हुने बेफाईदाको बिषयमा जानकारी गराउने । यसबाट मानव जिवनमा परेको असर र उसको सामाजिक जीवनको बिषयमा गहिरो गरी जानकारी गराउँदा मात्रै दुव्र्यसनमा लाग्नेहरुले यो बाटो त्याग्न सक्छन् । सुधार केन्द्र र प्रहरीको कस्टडीले मात्रै दुव्र्यसनीको मानसिकता परिवर्तनको कल्पना गर्नु मुर्खता हो । त्यसैले हरेक घर, हरेक टोल, हरेक समुदाय र हरेक वडा तथा पालिका तहमा लागुऔषध दुव्र्यसनीको बिषयमा चर्चा चलाउनु आवश्यक छ । समाजकै कलंकको रुपमा चित्रित हुने यस्तो लागूऔषध दुव्र्यसनीको नियन्त्रणका लागि जनताको नजिकको सरकारले कार्यक्रम बनाउनु पर्छ । आफ्ना बाबालिकाको धेरै विश्वास गर्ने र समय नदिने परिपाटी हरेक परिवारबाट अन्त्य हुनुपर्छ । लागुऔषध प्रयोगको न्युनिकरण र नियन्त्रणका लागि हरेक नागरिकले आ–अफ्नो तर्फबाट आवाज उठाउँदै चेतनाको बिगुल फुक्नु अहिलेको आवश्यकता हो । समयमै यसलाई रोक्न नसके हाम्रो समाज नकारात्मक बाटोमा अग्रसर हुने निश्चित छ ।