१४ औं छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस बागलुङमा पनि विविध कार्यक्रम गरी मनाईयो

बागलुङ, २२ जेठ – १४ औं छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस मंगलबार बागलुङ पनि विविध कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा बागलुङमा बजारमा आयोजित अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सामाजिक मुल्य र मान्यतका कारण मानिस–मानिस बिचको बिभेद कायम रहेको बताए । कार्यक्रममा बोल्दै नेकपा प्रदेश कमिटीका सदस्य राजिव घिमिरेले छुवाछुत मुक्त समाज निर्माणका लागि कयौं संघर्षहरु भएको भन्दै संघर्षबाट प्राप्त उपलव्धीको संस्थागत गर्नुपर्ने बताए ।

आन्दोलनको आँधीबेरीबाट आएको परिवर्तनलाई व्यवहारिक बनाउन नसकेका कारण छुवाछुत जस्तो प्रथा कायम रहेको उनको धारणा थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुक बहादुर छेत्रीले देश छुवाछुत मुक्त राष्ट्र घोषणा भएपनि समाजमा अजै छुवाछुत भेदभाव मुक्त हुन नसकेकोप्रति दुःख व्यक्त गरे । छुवाछुत तथा जातिय विभेदलाई न्युनिकरण गर्नका लगि निगरानी केन्द्रको स्थापना गरी छुवाछुत तथा जातिय विभेदलाई अन्तय गर्नुपर्नेमा उनको जोड थियो । समाजमा कू–प्रथाको रुपमा रहेको छुवाछुतलाई न्यूनीकरण गर्नको लागि हरेक व्यक्ति सचेत हुनुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्माले समाज परिवर्तनका लागि चेतनाको आवश्यकता औंल्याए । जातिय आधारमा छुवाछुत गर्नेलाई उचित कानुनको प्रयोग गरी हदै सम्मको कारवाहीको व्यवस्था हुनुपर्ने उनको भनाई थियो । नेकपा नगर कमिटी अध्यक्ष धन बहादुर परियार, नेपाली काङग्रेस बागलुङका कोषाध्यक्ष उमेश गौतम, बागलुङ नगरपालिका वडा नं ५ वडा अध्यक्ष शिव प्रसाद सापकोटा, बा.न.पा २ वडा सदस्य सुरज बोसेल, दलित अधिकारकर्मी लक्ष्मण श्री, एडमन्ड नेपालका सचिव विन्दु परियार, जनवर्गिय संगठनको तर्फबाट टिका कुमारी वि.क लगायतले बोलेका थिए ।
उनीहरुले छुवाछुत मुक्त समाज निर्माणको लागि हातेमालो गर्नुपर्नेमा जोड दिए । दलित सञ्जाल बागलुङ नगर कमिटीले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम बागलुङ नगरपालिका कार्यपालिका सदस्य नविन किसानको अध्यक्षता, दलित अधिकारकर्मी लाल बहादुर परियारको स्वागत र कार्यपालिका सदस्य लक्ष्मी बोहराको सञ्चालनमा सम्पन्न भएको थियो । प्रशिक्षार्थी