नेकपा जैमिनी नगर कमिटीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

बागलुङ, २२ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जैमिनी नगर कमिटीको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेकपा जैमिनीको आयोजनामा सम्पन्न कार्यक्रममा नगर समितिमा रहेका ७७ जना मध्य छुटेका ८ जनालाई नेकपा प्रदेश कमिटि सदस्य श्री प्रसाद शर्मा ले सपथ ग्रहण गराएका छन् । अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि शर्माले सपथ ग्रहण गराउदैँ पार्टीको निति ,सिद्धान्त विधिमा आधारित भै जनहितमा काम गर्न, पार्टीको गोपनियता लाई कायम गर्दै सुखी नेपाली समृद्ध नेपाल निर्माण जुटनका लागि सम्पुर्ण कमिटी तथा जनप्रतिनिधि हरुलाइ निर्देशनात्मक आग्रह गरेका थिए ।

कार्यक्रममा प्रदेश कमिटि सदस्य लाल बहादुर परियार, जैमिनी नगर प्रमुख लिला राना र नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नेकपा जैमिनी नगर कमिटीका अध्यक्ष इन्द्र थापाको अध्यक्षता, जैमिनी नगर कार्यपालिका सदस्य लक्ष्मी किसान नेपालीको स्वागत र सचिव झमन पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।