विश्व वातावरण दिवस बागलुङमा पनि मनाईयो

बागलुङ, २३ जेठ – जिल्ला सदरमुकाम बागलुङ बजार लगायत जिल्लाका बिभिन्न स्थानमा बुधबार बिबिध कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाईएको छ । बुधबार बिहान जिल्ला सदरमुकाम बागलुङ बजारका चोक तथा सडकको सरसफाई गरेर दिवस मनाईएको थियो । बागलुङ बजारका चोक तथा सडक सरसफाई कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकरकाज पौडेल, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, जिल्ला प्रहरी प्रमुख कृष्णहरी शर्मा लगायत जिल्लाका सरकारी तथा गैह्रसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिले सहभागिता जनाएका थिए ।

यसैबीच, बागलुुङको ताराखोला गाउँपालिका–१ भुुस्कातमा २० औ सरसफाई सप्ताह विविध कार्यक्रमसहित मनाउन सुरु गरिएको छ । सप्ताहको पहिलो दिन बुधबार जनप्रेम माविमा आयोजना गरिएको लोकगीत प्रतियोगितामा सुुस्मिता विकको समुुह प्रथम, दिपा गुुरुङको समुुहको द्धितिय र धनमाया विकको समुुह तृतिय भएका छन् । कार्यक्रममा बोल्दै स्वास्थ्य प्रवर्धक मेनुुका पुुनले पूर्ण सरसफाई वातावरण भएमा दिगो विकास लक्ष्य प्राप्तमा सहयोग पुग्ने बताइन् । उनले सबै लागेर वातावरण सरसफाईमा सहयोग गर्न सके कुुनै पनि सरुवा रोग नलाग्ने जानकारी दिइन् ।

कार्यक्रममा समाजसेवी दलबहादुर गुुरुङ, पशुु प्राविधिक कमला आचार्य र शिक्षक हरिप्रसाद शर्माले बोलेका थिए । जनप्रेम माविबाट सुरु भएको ¥याली गाउँ परिक्रम गरी वडा कार्यालयमा पुगेको थियो । कार्यक्रम वडा प्रतिनिधि रुपा विकको अध्यक्षता, शिक्षिका तेजुु गुरुङको स्वागत र शिक्षक तेज बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।